समाचार

गोर्खा स्पोर्टिङ क्लबले चुम्यो उपाधि

२०७३ भदौ २ बिहिबार गते १९:५२ मा प्रकाशित

गोर्खा स्पोर्टिङ क्लबले चुम्यो उपाधि

प्रयास लिम्बू
ताप्लेजुङ, २ भदौ :
ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोर्खा स्पोर्टिङ क्लब दमक झापाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा स्थानीय संर्घष्ा स्पोर्टिङ क्लब तानपा ६ लाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । 
संर्घष्ा स्पोर्टिङ क्लबका जर्सर्ीीं. ७ का क्रिस र्राईले खेलको १८ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएपनि दमक झापाका जर्सर्ीीं. ४ का दिलेन लोक्ताम र जर्सर्ीीं. ११ का सुजल श्रेष्ठले खेलको क्रमशः ६० औं र ८५ औं मिनेट गोल गरेपछि जित गोर्खाको पल्टामा पुग्यो । सुरुमा गोल गरेपनि संर्घष्ाले थप गोल गर्न नसकेपछि उपविजेतामै चित्त बुझाउनुपर्‍यो । 
खेलमा गोर्खाका विशाल र्राई म्यान अफ द म्याच घोषित हुनुभयो भने किशोर गिरी उत्कृष्ट गोलकिपर घोषित भए । र्सवश्रेष्ठ खेलाडी भने संर्घष्ाका छिरिङ गुरुङ भए । यस प्रतियोगिताको उपाधि विजेताले रनिङ कपसहित एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार मात्र पाएको छ । अढाइ तोला सुनजडित दर्ुइ सय २० तोला चाँदीद्वारा निर्मित कप भएकाले यसलाई नेपालकै दोस्रो महङ्गो कप भएको पनि दावी गरिएको छ । उक्त कप जिल्लास्थित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सर्म्वर्द्धन समितिले यहि वर्षउपलब्ध गराएको हो । 
यस्तै लाखेजात्रा सञ्चालन समितिकै आयोजनामा खेलाइएको कञ्चनजंघा च्यालेन्ज रनिङ कपअर्न्तर्गत महिलातर्फो उपाधि पारिजात महिला फुटबल टिम झापाले चुमेको छ । सूर्योदय युथ क्लब जाँते मोरङलाई १-० गोलले हराउँदै झापाले उपाधि जितेको हो । झापाकी जर्सर्ीीं. ६ रञ्जना चौधरीले खेलको २३ मिनेटमा गोल गरेकी थिइन् ।  
महिलाको विजेताले ट्रफी सहित ५१ हजार १११ रुपियाँ र उपविजेताले ३१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता गएको शुक्रबारदेखि सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फआठ र महिलाको पाँच टिमले सहभागिता जनाएका थिए । पुरकार अखिल नेपाल फुटबल संघ -एन्फा) का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले वितरण गरेका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...