समाचार

कस्तो काम गर्दै छौ“

२०७३ भदौ २ बिहिबार गते १९:३२ मा प्रकाशित

कस्तो काम गर्दै छौ“

धर्म भण्डारी
मानव जीवन एउटा खेतसरह नै हो । हामी खेतमा धेरै प्रकारका ब ाली लगाउछौँ । हामीले जस्तो बाली लगाउँछौ त्यस्तै नै फल फल्दछ । हामी बाली लगाउने समयमा होस गर्दैनौँ । पछि फल पाक्दा पछुतो गरेको धेरै ठाउँ देखेको छु । मानव जीवन पनि एउटा खेत नै हो । हामी जस्तो कर्म गछौर्ँ त्यस्तै फल भोग्नु पर्दछ । दुष्कर्म गर्दा मानिसलाई मजा आउँछ होला, रत नराम्रो काम गर्दछ । एक न एक दिन आफुले गरेको अपराधको फल भोग्नु पर्दछ । त्यतिखेर अति कठोर हुन्छ । भोग्न सारै कठिन हुन्छ ।
मैले बाल्य अवस्थामा नै सुनेको थिएँ पाप नगर्नु पृथ्वीलाई भार हुन्छ । धेरै पाप भयो भने पृथ्वीले थाम्न नसकेर डगमगाउँछिन । पृथ्वी डगमगाउनु भनेको भूकम्प जानु हो । अचेल कति भूकम्पको रूपमा पृथ्वी काँपीरहेकी छन् । पापको परिभाषा लेख्न मन नलागे पनि अलिकति त लेख्नै पर्छ होला । कुरो बुझे देखिन जोगिन खोज्नु हुन्छ की भन्ने लाग्छ । जुन उद्देश्यले भएपनि जीवको हत्या नगर्नु । जीवहत्या नै अपराध हो । जीवमा पनि निर्दोषको हत्या ठूलो अपराध हो । त्यसमा पनि बालकको हत्या अति ठूलो पाप हो । अब गर्नै नहुने सबै शास्त्र पुराणहरूले निषेध गरेको अनि केहि गरे पनि प्रायश्चित हुन नसक्ने अक्षम्य अपराध हो भ्रूण हत्या । भ्रूण हत्या भनेको गर्भ भित्रको बालकको हत्या गर्नु अथवा गर्भपतन गर्नु ।
कहिले काहिँ त म आँफूलाई नै गालि गर्न मन लाग्छ । मैलेपनि एक भोट दिएको थिएँ देशको मूल कानुन बनाउने मान्छे पठाउन । कस्ता मान्छेलाई जिताएर देशको मूल कानुन संविधान बनाउन पठाइएछ । हिन्दु धर्म जस्तो महान धर्म चाहिँ नराख्ने, अनि शास्त्रले जघन्य अपराध भनेर निषेध गरेको भ्रूण हत्या गर्भपतनलाई चाहिँ मान्यता दिएर मूल कानुनमा राख्ने ।
सत्य कुरो तितो हुन्छ । तर सत्य सत्य नै हुन्छ । मैले यहाँ नलेखे पनि सबैलाई थाहा भएकै कुरा हुन् यी सबै । 
अब नेपाली नोठको विषयमा थोरै लेख्न मन लाग्यो । एक बर्षनचलाई नोठ सबै ढुट्टन्िछ । कति बिकामे कागजमा छापेको हो । भारतका नोठ दश बर्षम्म पनि नयाँ नै हुन्छ झन् डलर ता ... । नोठ छाप्ने कसले गर्छ - अलिक बलियो काजगमा छापे देशकै धन हो कि डलर नच्यातिए अनि सुनमा दिया नलागे भईगयो -
अब एउटा रमाइलो उदाहरण पढौँ । एउटा राजाले आफ्नो हात्तिलाई धेरै पद ख्वाएर त्यसमा चढेछ । निकैबेरको यात्रापछि हात्तिलाई पूरा मदलागेछ । अब मदको प्रभावले आँफूमाथिबाट राजालाई संुडले झिकेर मार्न खोज्यो । त्यसबाट उम्केर राजा भाग्न थाले । हात्तिपनि राजालाई खेद्दै पछि पछि लाग्यो । धेरै पर पुगेपछि एउटा रुखमा चढौँ भन्दा रुखको फेदमा गहिरो खाल्डो रहेछ । त्यसमा झरे । तल एउटा लहरो रहेछ त्यसैमा खुट्टा अल्भिmएर झुण्डिए अब खुट्टा माथि टाउको तल भयो । तल भूइमा बिषालु र्सप रहेछन् । मानिसको गन्ध आउने बित्तिकै खानलाई सल्बलाउन थाले । बिचार गरौं त बिचरा राजाको अवस्था तल और्लियौं भने बिषालु र्सपले खाने । र्सपपनि कति दिनको भोको होला । माथि आउँभने मार्नलाई हात्ति पर्खिरहेको छ । अब त्यो रुखको लहरामा कति दिन झुण्डिने । बल्ल-बल्ल टाउको उँभो फिर्काएर हेरेको त एउटा कालो र एउटा सेतो दर्ुइवटा मुसाले, खुट्टा अल्भिmएर आँफू झुण्डिएको रुखको लहरोलाई पो काटिरहेका रहेछन् । अब तल झर्ने निश्चित भयो । तर समयचाहिँं निश्चित भएन । मुसाले लहरो कति खेर काटिसक्छ तल झर्ने त्यहि समय हो । यस्तो कहाली लाग्दो आपद् परेको बेला त्यस रुखमा माथि भिर मौरीले ठूलो चाकामा मह लगाएको रहेछ । त्यस चाकाबाट तप, तप मह चुहिन थाल्यो । चुहिएर राजाको मुखमा पर्न थाल्यो । मुखमा मीठो आउन थालेपछि राजाले त्यो कहाली लाग्दो अवस्था सबै भूल्यो । 
हे मानब ! त्यो राजा अरु कोहि कोइन तिमी स्वयम् होउ । कति दुर्श्कर्म गर्र्छौ । भ्रष्टाचार, घुसखोरी, कालो बजारी, जन युद्धको नाममा मानव हत्या, आन्दोलनको नाममा जनतालाई कति दुःख दिन्छौ । कतिवडा हात्तिले तिमीलाई ... हेर त अख्तियार, पुलिस, सर्वोच्च अदातलदेखि अरु अदृश्य रुपमा तिमीले गरेका दुष्कर्मले नै तिमीलाई सताउन थाल्नेछन् । त्यतिखेर तिमीलाई कठैबरी भन्नेसम्म पनि पाइने छैन । त्रि्रो आयु रूपी लहरो पनि दिन र रात रुपी सेतो र कालो मुसाले काटिरहेका छन् । र पनि नराम्रो काम र नराम्रो भोजन रूपी मह कतिञ्जेल चाटी रहन्छौ । भो अब मनलाई फर्काऊ । बाँकी जीवनलाई परमार्थ र सत्सङ्गमा लगाऊ । एक छिन् स्मसान घाट या आर्यघाटमा गएर हेर त आँफुजस्तै शरीर जलिरहेका छन् । अन्त्यमा सबैको जाने ठाउँ त्यतै नै हो । त्यसैले मानब भएर बाँच्न सिकौँ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...