समाचार

गोर्खा र पारिजात फाइनलमा प्रवेश

२०७३ भदौ २ बिहिबार गते १०:३२ मा प्रकाशित

गोर्खा र पारिजात फाइनलमा प्रवेश

प्रयास लिम्बू
ताप्लेजुङ, १ भदौ
:
पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार पथरी स्पोर्टिङ क्लब मोरङलाई १-० गोलअन्तरले हराउँदै गोर्खा स्पोर्टिङ क्लब दमक झापा फाइनलमा पुगेको छ । फाइनल यात्राका लागि गोर्खा स्पोर्टिङका जर्सर्ीीं. ११ सुजल श्रेष्ठले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । मनाङ मर्सर्ाादीका खेलाडी श्रेष्ठले गरेको उक्त गोल नै निर्ण्ायक बन्यो । 
बाँकी खेल अवधिभर पथरी स्पोर्टिङ क्लबले गोल गर्न सफल भएन । यसअघि रोयल फुटबल क्लब सिलगुढी भारतलाई गोर्खा स्पोर्टिङ क्लब दमकले १-० गोल र फिदिम स्पोर्टिङ क्लब पाँथचरलाई ३-० गोलअन्तरले पराजित गर्दै पथरी स्पोर्टिङ क्लब मोरङ् सेमी फाइनलमा पुगेका थिए । 
यस्तै कञ्चनजंघा च्यालेन्ज कपअर्न्तर्गत महिलातर्फबुधबार रोयल फुटबल क्लब सिलगुढी भारतलाई २-१ गोलले हराउँदै पारिजात महिला फुटबल टिम झापा फाइनलमा पुगेको छ । झापाका तर्फाट जर्सर्ीी. ८ की सम्झाना लावतीले खेलको चौंथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो भने सोही टिमकी जर्सर्ीीं. १० रेखा पौडेलले १७ औं मिनेटमा थप एक गोल गरेकी थिइन् ।उता सिलगुढी भारततर्फाट जर्सर्ीीं. १५ की सुस्मिता लेप्चाले खेलको १२ औं मिनेटमा गोल गरिन् । यता बुधबारको खेलमा पुरुषतर्फगोर्खाका गोलकर्ता श्रेष्ठ र महिलातर्फपारिजातकी रेखा पौडेल र्सवश्रेष्ठ खेलाडी घोषित भए । यस्तै बिहीबार पुरुषतर्फस्थानीय संर्घष्ा स्पोर्टिङ क्लब तानपा ५ र बुधबारको विजेता गोर्खा स्पोर्टिङ क्लबबीच तथा महिलातर्फसूर्योदय युथ क्लब जाँते र बुधबारको बिजेता पारिजात महिला फुटबल टिम झापाबीच फाइनल फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको समापनमा अखिल नेपाल फुटबल संघ -एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठको उपस्थिति रहने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...