समाचार

स्थानीय निकायको पर्ुनर्संरचना : परनिर्भरता घटाउने खालको होस्

२०७३ श्रावण १६ आइतबार गते १३:४४ मा प्रकाशित

विष्णुप्रसाद काफ्ले
अहिले सबैतिर स्थानीय निकायहरुको पर्ुनर्संरचनाको चर्चा चुलिएको छ । कतै यति संख्याको त कतै उतिको । कतै संख्या बढाउनु पर्ने आवाजहरु आएका छन् भने कतै घटाउने चर्चा समेत आइरहेका छन् । केन्द्रिकृत शासन प्रणालीबाट सङ्घीय अभ्यासतिर रुपान्तरण हुदै गरेको अहिलेको सर्न्दर्भमा यस्ता चर्चा हुनु अस्वभाविक होइनन् । बरु संवैधानिक हैसियत रहने यस्ता स्थानीय निकायहरुको पर्ुनर्संरचनाका बारेमा अहिले जति धेरै बहस र चर्चाहरु हुनु फलदायी नै हुनेछ । एकपटक कुनै संरचनाको निश्चित गरीसकेपछि बारम्बार फेरबदल गरीरहनु व्यवहारिक पनि हुदैन । त्यसो भएको हुनाले त्यस्ता सबैखाले पाटा, पक्ष र सर्न्दर्भहरुको धेरैभन्दा धेरै ख्याल गर्नै पर्ने हुन्छ जसले भोलि सङ्घीयताको अभ्यासबाट अधिकतम् लाभ लिन सकियोस् समृद्धि हासिल हुन सकोस् र स्थायित्वको प्रत्याभूति होस् । अहिले संख्यालाई मात्रै अलि बढी चर्चाको विषय बनाइएको छ । यसले सङ्घीयताको सिद्धान्त, मर्म र मान्यतालाई ओझेल पार्न सक्छ भन्ने कुरालाई समेत ख्याल गर्नु पर्दछ । हिजो विकेन्द्रित शासन प्रणाली हुँदाका बखत् केन्द्रबाट प्रत्यायोजित अधिकारहरुको समेत प्रयोग गर्न धौ-धौ भएको अवस्था थियो । त्यो के कस्ता कारणले गर्दा भएको थियो त्यसको वस्तुपरक र व्यवहारिक समीक्षा र महशुस गर्नु महत्वपर्ुण्ा हुने छ । जसले भोलि नयाँ व्यवस्थाले स्थानीय निकायलाई दिएका अधिकारहरु स्वतन्त्र र स्वायत्त ढङ्गले गर्न सकियोस् र अझै सजिलो होस् ।
अवश्य नै जनसङ्ख्या, आर्थिक सम्भाब्यता, भौगोलिक निरन्तरता, प्रशासनिक सुगमता, सबैखाले पहिचानको प्रतिनिधित्व र आन्तरिक क्षमता लगायतका पक्ष पर्ुनर्संरचनाका लागि प्रमुख आधारहरु हुन् । हिजोका दिनमा साना साना स्थानीय इकाईहरु रहेको अवस्थामा केन्द्रद्धारा प्रत्यायोजित अधिकारहरु स्वायत्त र स्वतन्त्र ढङ्गले उपयोग गर्न सकिएको थिएन । बरु ससाना कुरामा समेत केन्द्र सरकारसँगको निर्भरता बढी नै थियो । अब पनि धेरथोर गरेर उहि प्रकारको विकेन्द्रीत संरचनामा मात्रै जाने हो भने हामीले चाहेको परिवर्तन सम्भव हुदैन । कमसेकम अब बन्ने स्थानीय इकाईहरु संवैधानिक हैसियतका रहने भएकाले संविधानप्रदत्त अधिकारहरु स्वतन्त्र, स्वायत्त र सक्षम रुपमा गर्नका लागि उपयुक्त हुनै पर्दछ । त्यसैले स्थानीय इकाईहरुको संख्याले मात्रै त्यस्तो सक्षमता हासिल गर्न सहयोग पुर्याउदैन भन्ने हो । बरु अझै हामीले ससाना इकाईहरु बनायौं भने त्यस्ता निकाय सञ्चालनको आर्थिक भार ठूलाको तुलनामा बढी हुन्छ । सञ्चालन खर्च बढी भयो भने त्यसको सोझो प्रभाव विकास निर्माण र जनतालाई पुर्याउनु पर्ने सेवा सुविधामा पर्नेछ । संवैधानिक अधिकारहरुको स्वतन्त्र र स्वायत्त उपयोग गर्ने हो भने आर्थिक सक्षमता अर्थात् अधिकतम् आत्मनिर्भरता नभई हुदैन । त्यसका लागि स्थानीय इकाईले नै स्रोतको जोहो गर्नु पर्ने हुन्छ । स्थानीय स्तरमा नै स्रोतको जोहो गर्नु भनेको नागरिकले तिर्नु पर्ने कर लगायतका शुल्कमा वृद्धि हुनु हो । त्यसो भएको हुनाले हाम्रो जस्तो सर्न्दर्भमा स्थानीय इकाईहरुको सङ्ख्या बढाउनेतिर भन्दा कम गर्ने तर्फलाग्नु नै उत्तम हुनेछ । तर यसको अर्थ नागरिकले पाउने सेवा सुविधा र समृद्धिलाई नै अप्ठ्यारोमा पारेर थोरै सङ्ख्या बनाउनै पर्छ भन्ने चाहिँ होइन । तर विगतको अभ्यास र बानीको निरन्तरताको नाममा अधिक सङ्ख्यामा जानु पनि रुपमा सङ्घीयता भए पनि सारमा विगतको जस्तो केन्द्र निर्भर परिपाटी भन्दा फरक हुन सक्दैन । यतातर्फसम्बन्धित सबैले ध्यान पुर्याउन जरुरी रहेको छ । 
इलामको सर्न्दर्भमा पनि अहिले स्थानीय इकाईहरुको पर्ुनर्संरचना कसरी गर्ने कतिवटा सम्म स्थानीय इकाईहरु उपयुक्त हुन्छन्, अहिले आयोगले दिएका अधिकतम् सङ्ख्या नै ठीक कि थपघट गर्ने जस्ता चर्चा, बहस र अभ्यासहरु भइरहेका छन् । राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्था, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मी, समूह, समुदाय, विज्ञ लगायत बहुसरोकारवालाहरुसँग यस सम्बन्धी छिनाफानो गर्ने अभ्यासहरु बाक्लै रुपमा भइरहेका छन् । त्यसप्रकारको परामर्श कार्यमा मैले पनि सहभागी बन्ने अवसर पाएको थिए । प्रारम्भिक परामर्श पश्चात् इलामलाई आठवटा स्थानीय इकाईहरु अर्थात् गाँउपालिका र नगरपालिकामा पर्ुनर्संरचना गर्ने प्रस्ताव र केहि विकल्पहरुका समेतमा छलफल भएको थियो । ती सबैका केहि राम्रा र केहि कठिनाईका पक्षहरु रहेका थिए । मलाई लाग्दैन कि यी आठ वटा इकाईहरु थोरै भए वा धेरै भए । मूल कुरा भनेको अब बन्ने इकाईहरु संविधानले दिएका आर्थिक, प्रशासनिक, न्यायिक एवम् विकासात्मक अधिकारहरु स्वायत्त र स्वतन्त्र ढङ्गले उपयोग गर्न सक्षम हुन्छन् या हुदैनन् अनि हामीले काम नलाग्ने भयो भनेर छोडेको विगतको प्रणालीका कमीकमजोरीहरु सुधार हुन्छन् कि हदैनन्, विगतका भन्दा जनताले पाउने सेवा सुविधा र विकास निर्माणको कुरामा स्पष्ट सुधार हुन्छ कि हुदैन भन्ने हो । यदि ठूला इकाई बनाउदा ति सबै हासिल हुन सक्छन् भने अहिले आएको भन्दा नि घटाउनु पर्दछ । यदि यसमा केहि संख्या थप गर्दा जनताले बढी सुविधा पाउँछन्, सहज रुपमा इकाईहरु सञ्चालन गर्न सकिन्छ, वित्तीय रुपमा धान्न सकिन्छ र विकासले गति लिन्छ भने यसैमा अडिक रहीरहनु हुदैन पनि । इलामकै कुरा गर्दा कतिपय इकाईहरुमा जनसंख्याको आधारलाई सम्बोधन गर्न नमिल्दा भूगोलहरुलाई समेत कुनै इकाईमा समावेश गरिएको पाइन्छ । तर पर्ुनर्संरचना जनताका सुविधा र विकासको गतिलाई अघि बढाउनकै लागि गरिएको हो भने त्यस्ता अमिल्दा शर्तहरुलाई समेत क्रस गरेर अघि बढ्नु पर्दछ । त्यसैले संख्या भन्दा पहिला यी यस्ता कुराहरुको विस्तृत र सुक्ष्म अध्ययन विश्लेषण गरिनु पर्दछ । बरु केहि समय बढी लागोस् । 
पक्कैपनि विगतमा अभ्यस्त हामीलाई एकैचोटी नयाँ संरचनामा विश्वस्त हुन केहि कठिन नै हुन्छ । एकजना दार्शनिकको भनाई नै छ- मानिसलाई नयाँ कुरा तुरुन्तै अपनाउन केहि अप्ठ्यारो हुदैन तर त्यो भन्दा कठिन चाहिँ पुराना अभ्यास, सोच र बानीलाई त्याग्न हुन्छ । ठीक यस्तै हो अहिलेको स्थानीय वा प्रादेशिक पर्ुनर्संरचनाको कुरा । वास्तवमा हरेक मान्छेमा आफ्नो ठाँउको पहिचानको कुरा ठूलो र प्यारो नै हुन्छ चाहे त्यो भौगोलिक होस्, सामाजिक, साँस्कृतिक वा समुदाय विशेषको होस् । पाँच सात वटा भन्दा बढी गाविस, नगरपालिका मिलाए एउटा नयाँ इकाई बनाउदा पक्कै केहि केहि असजिलो हुन्छ नै । हरेक गाँउको पहिचान आफ्ना आफ्नै भएपनि नयाँ इकाईको एउटा नाम बनाउदा केहि दुविधा हुन्छ नै । तर यी सबै अभ्यास, सोच र बानी मात्रै हुन् जसलाई क्रमशः बदल्दै लैजान सकिन्छ । सबै मान्छेले बनाएका र मानेका कुरा मात्रै हुन् । अहिलेका नामपनि हाम्रा पहिचान विशेषकै छन् । मुख्य कुरा जनताले पाउने सेवा सुविधाको सहजता, उपलब्धता, विकास निर्माणले लिने गति र समग्र रुपमा त्यस्ता इकाईहरुले स्थानीय विशिष्टताका आधारमा उपयोग गर्ने अधिकारको प्रश्न हुन् । 
प्रस्तावित नामहरु जस्तै इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, सुर्योदय नगरपालिका, फाल्गुनन्द गाँउपालिका, गजुरमुखी गाँउपालिका, जोगमाई गाँउपालिका र पाथीभरा गाँउपालिका विविधता र विशिष्टताको पहिचान र एकताका दृष्टिले उपयुक्त नै रहेका छन् । यसलाई अझै सबैको अपनत्व हुने खालका उत्तम विकल्प आएमा परिवर्तन गर्न अप्ठ्यारो मान्नु पनि हुदैन । बरु अहिलेका स्थानीय इकाईका पहिचानमूलक प्यारा नामहरुलाई सो भन्दा मुनिका इकाइहरुको पहिचानका लागि निर्धारण गर्दा सबैको पहचिानको सम्मान हुने देखिन्छ । जसकालागि वडाको समेत नामाकारण गर्न सकिन्छ । वडाको नाम निर्धारण गर्दा स्थानीय विशेषका पहिचानहरुलाई समेट्न सकिन्छ । अहिलेकै आधारमा कुनै घरको ठेगाना भन्नु पर्दा पक्कै लामो हुन्छ । जस्तो इलाम जिल्ला, देउमाई नगरपालिका वडा नं..., जीतपुर र अहिलेका आधारमा त्यसको पनि निश्चित क्षेत्र चिनाउने ठाँउ उल्लेख गर्दा धेरै भद्दा देखिन्छ । जसकालागि निश्चित सङ्केत र कोडहरुको डिजिटल प्रणाली विकास गरेमा सजिलो हुनेछ । यी सबै कुराको पर्याप्त तयारी पछि मात्रै नयाँ संरचनाको इकाईको अभ्यासको थालनी गर्नु राम्रो हुन्छ । यद्यपि यी सबै कुरा रातरात मेटिने वा समेटिने कुरा पक्कै होइनन् । विस्तारै आवश्यकताको अभ्यासले सुल्भिmदै जाने कुरा हुन् । 
अन्त्यमा शुरुकै प्रसङ्गतिर जाउँ । कमसेकम अहिले स्थानीय इकाईको पर्ुनर्संरचना गर्दा सङ्ख्यामा मात्रै अल्भिmनु हुदैन । संविधानले नै पहिचान र सामर्थ्यलाई साझा रुपमा राज्य पर्ुनर्संरचनाको आधार मानेको हुँदा सङ्ख्या थोरै थोरै भन्दापनि आगामी दिनमा त्यस्ता इकाईहरुको सहज सञ्चालन गर्दै समृद्धि हासिल गर्ने कुरा हो । तर एउटा निश्चित कुरा चाहिँ के हो भने हाम्रो जस्तो मूलूक जहाँ स्थानीय इकाईहरु स्वायत्त ढङ्गले सञ्चालन गरेको अनुभव कम मात्रै छ, अधिकतम् कुरामा केन्द्रको निर्भरतामा रहेको छ अर्थात् विकेन्द्रीकरणको अभ्यास समेत अपेक्षित रुपमा गर्न सकिएको छैन, यस्तो बेला धेरै स्थानीय इकाईहरु बनाउदा विगतकै परिपाटीले निरन्तरता पाउने छ । र ति इकाईहरु सञ्चालनका नाममा नागरिकहरुलाई करको व्ययभार बढी पर्ने छ । जतिसुकै धेरै अधिकार पाएपनि स्वायत्तता भनेपनि इकाईको आन्तरिक आर्थिक क्षमता कमजोर छ, इकाई सञ्चालनको स्रोत छैन र हमेशा प्रदेश वा केन्द्रको मुख ताक्नु पर्ने अवस्था आयो भने ति इकाईहरु नत स्वायत्त नै हुनेछन् नत त्यहाँका जनप्रतिनिधीले संविधान प्रदत्त अधिकारहरुको उपयोग गर्न नै सक्नेछन् । अनि सधै केन्द्रको आशामुखी निरीह इकाईका रुपमा अहिलेका भन्दा झन् अस्तव्यस्त शासनको अनुभुति गर्नु पर्नेछ । त्यसैले स्थानीय इकाईहरुको पर्ुनर्संरचना गर्दा सकेसम्म परनिर्भरता घटाउने खालको होस् भन्ने हो । जसकालागि सङ्ख्यामात्रै होइन सामर्थ्यलाई पनि उत्तिकै ध्यान पुर्याऔं ।                                    दष्कजलगपबाभि।ष्amि२gmबष्।अिom <mबष्तियस्दष्कजलगपबाभि।ष्amि२gmबष्।अिomश्र


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...