समाचार

बरु भुल्न सकेँ नशाहरु, तिमीलाई भुल्न सकिनँ

२०७३ श्रावण ७ शुक्रबार गते १२:५० मा प्रकाशित

बरु भुल्न सकेँ नशाहरु, तिमीलाई भुल्न सकिनँ

विजयशेखर भट्टर्राई
इलाम, ७ साउन :

चोट के हो, व्यथा के हो ।
म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी के हो 
मसँग कहिल्यै सोध्धै नसोध ।।

नेपाली सुगम गीत सङ्गीतका नक्षत्र स्वर्गीय अरुण थापालाई बुधबार साँझ इलाममा सम्झना गरियो । १७औँ अरुण थापा स्मृति साँझका अवसरमा सदरमुकामको गौतम बुद्ध सभाहलमा इलामका प्रतिभा भुपेन्द्र र्राईले उनका १७ वटा गीत गाए । भुपेन्द्रले अरुण थापाका स्मृतिका पानाहरु थप्तै गीत गाए भने कवि तथा कार्यक्रमका उद्घोषक विमल वैद्यले उनको जिवनी सुनाए । अरुण थापाका गीत सुन्नलाई सभाहलमा खचाखच दर्शक उपस्थित भएका थिए । 
राष्ट्रिय वन पैदावार व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा संस्थापक सदस्य भुपेन्द्रले अरुण थापाको करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल... बोलको राष्ट्रिय गीतबाट शुरु गरे । उनलाई यो गीतमा साथ दिएकी जीवन सङ्गीनी कृतिका र्राईको प्रशंसा गर्न उनले भुलेनन् । १६ वर्षअगाडि मृत्यु भएका स्वर्गीय अरुण थापाको ऋतुहरुमा तिमी हरियाली वसन्त हौ..., जति माया लाए पनि, जति कसम खाएपनि... जस्ता लोकप्रीय गीतहरु भुपेन्द्रले गाउँदा प्रंशंसा खुवै बटुलेका थिए । 
भुपेन्द्रले गीत गाउनु अघि धेरै भाषण भुषण पनि भए । रोहित खड्काले स्वागत गरेर शुरु भएको यो श्रृङ्खलामा प्राज्ञ कोमल निरौला, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, र गायक जगदीश समालले शुभकामना दिन भ्याए । समालले भ्वाइस रर्ेकर्डमार्फ शुभकामना दिए । निरौलाले अरुणको पातलो ज्यानको स्मरण गरे र कहिलेकाँही जिस्क्याएको प्रसङ्ग कोट्याए ।
अरुण थापाका फ्यान प्रजिअ दाहालले लोकसेवा परीक्षा दिँदा पनि रातभरी उनका गीत सुनेको सुनाए । अरुणका गीत सुनेर सफलता हात पारेको उनले बताए । वन पैदावार व्यवसायी खगेन्द्र दुलालले कार्यक्रममा प्रतिवेदन पढेर संघले वन मास्ने कार्य मात्र नगरेर वन संरक्षणमा समेत लगानी गरेको दाबी गरे । 
अरुण थापाको एकल साँझ आयोजना भएपनि उनको स्मृतिमा आयोजना गरिएको उनको साँझ यो पहिलो भएको उद्घोषक बैद्यले दाबी गरेका छन् । भुपेन्द्रले अविरल १७ वटा अरुण थापाका गीत गाउँदा बीचबीचमा बैद्यले अरुण थापाको पारिवारिक अवस्था उनको गीत सङ्गीतमा प्रवेश र गुमनाम मृत्युको चर्चा गरेका थिए ।
१९५२ सालमा भारतको कोलकातामा जम्मिएका स्व्ा थापाको कर्मथलो पोखराबाट गीत सङ्गीतको यात्रा शुरु भएको थियो । उनका बुबा पोखरामा राष्ट्र वैकका क्षेत्रीय प्रवन्धक थिए । अरुण थापाका तीन दाजुभाइमध्ये तीनै जना गायनमा खुबै चर्चा पाएका थिए । 
अरुण थापा स्मृति साँझको अर्को भव्य स्वरुप भनेको प्रत्यक्ष बाद्यबाधन थियो । व्याकग्राउण्ड म्युजिक र कम्प्युटर मिक्सिङमा गायन प्रस्तुतिमा रमाउने युवा जमातलाई ११ जनाको बाद्यवाधन टोलीले मन्त्रमुग्ध बनायो । किबोर्डमा मिरिकका मिलन र्राई, खर्सर्ााा योगेन तामाङ, भायोलिनमा खर्सर्ााा अरविन राउत, सेक्सोफोनमा मिरिकका राकेश गोले, गिटारमा सोनादका गुलसन र्राई र मिरिककै शरण र्राई दुखी, तवलामा इटहरीका रोसन राना, बाँसुरीमा दानाबारीका मित्र मदन, किजेनमा इलामका दिपेश श्रेष्ठ, वेस गिटारमा इलामकै सन्दिप श्रेष्ठ र मेन्टोलियममा इलामकै सुमन दियालीले साथ दिएका थिए । उनीहरुको वाद्यबाधनमा भुपेन्द्रले चम्किलो कोट पाइण्ट लगाएर प्रस्तुति दिए ।
बरु भुल्न सकेँ नशाहरु तिमिलाइ भुल्न सकिनँ... बोलको रमाइलो गीतबाट माहौल तातेको कार्यक्रममा इलामका थप कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...