space for add
space for add

समाचार

दर्ुर्ब्यसनको प्रयोग, दुरुपयोग र निर्भरताको बुझाईमा भ्रम

२०७३ असार ९ बिहिबार गते १९:२६ मा प्रकाशित

आजको सर्न्दर्भ
विमलप्रसाद शिवाकोटी
कुनैपनि घर परिवारमा दर्ुर्ब्यसनको प्रवेश भईसक्दा पनि त्यस घर परिवारका सदस्यहरु आफूमध्ये कुनै दर्ुर्ब्यसनी हो भनी पत्ता लगाउन र पत्ता लागेपनि स्वीकार गर्न मान्दैनन वा हिच्किचाउँदछन् । किनभने मानिसहरु दर्ुर्ब्यसनमा परेको ब्यक्तिको लक्षण थाहा पाउँदैनन् । हरेक परिवारले के बुभ\mनु पर्दछ भने कुनै ब्यक्ति लागू पदार्थको प्रयोग दुूरुपयोग वा निर्भरताको अवस्थामा पुगेको अनुमान गर्ने आधार उसले त्यो पदार्थ प्रत्यक्ष रुपमा सेवन गरेको देखिनु मात्र हो । उसको जीवनमा आएको परिवर्तनले थाहा हुन्छ जस्तैः स्वाभाव र बोल्ने शैलीमा परिवर्तन, पारिवारिक जिम्बेवारी बहन गर्न छाड्नु, पर्ढाई लेखाईमा ध्यान नदिनु, विना कारण झगडा गर्नु, बोलीचाली कम गर्नु, पैसाको लागि हरेक बहाना बनाउनु, घर ढिलो आउनु, खानामा रुचि कम हुनु आदि यसरी दर्ुर्ब्यसनमा परेका ब्यक्ति शारीरिक, मानसिक तथा चारित्रिक परिवर्तनहरु हेरेर त्यो ब्यक्तिको प्रयोग, दुरुपयोग र निर्भरतामध्ये कुन अवस्थामा छ सजिलै अनुमान लगाउन सक्छौँ । 
कतिपय ब्यक्तिहरु रक्सी वा गाँजा सेवन गर्दछन् र त्यो कुरामा दुरुपयोग गरिरहेको वा निर्भरताको अवस्थामा पुगेको छु भनेर स्वीकार्दैनन् । आफूले प्रयोग गरेको लागूऔषध आप\mनो नियन्त्रणमा रहेको र त्यसले आफूलाई दर्ुर्ब्यसनी बनाउन नसक्ने विश्वास या भ्रम पाल्दछन् । यो अवस्थाका ब्यक्तिले के बुभ\mनु पर्दछ भने रक्सी या गाँजाको सेवन गर्न साधारणतया चिकित्सकले सिफारिस गर्दैनन् । मानिसहरु यो पदार्थ आप\mनो नियन्त्रणमा छ भन्ने ठानी सेवन गर्दागर्दै बिस्तारै थाहा नै नपाई निर्भर अवस्थामा पुग्दछन् । कसैले पनि नशा सेवन गर्दा आफू त्यस कुराको दर्ुर्ब्यसनी हुन्छु भनेर सेवन गरेका हुँदैनन् । यस्तो प्रकारको सेवनले शरीरमा यति धेरै नकारात्मक असर गर्दछ कि उनीहरु प्छि बाध्य भएर निर्भर अवस्थामा पुग्दछन् । जब कुनै ब्यक्ति दर्ुर्ब्यसनको कारोबारीहरुले थापेको धरापमा पर्दछन् र निर्भरताको अवस्थामा पुग्दछन् र त्यो ब्यक्ति शोषणमा पनि पर्दछ ।
यदि कुनै ब्यक्तिमा प्रयोग, दुरुपयोग र निर्भरताको सम्बन्धमा ज्ञान भएको खण्डमा त्यसलाई अपराधीहरुले सजिलै सँग फसाउन र झुक्याउन सक्दैनन् । कुनै ब्यक्ति प्रयोग र दुरुपयोगबाटै निर्भर अवस्थामा पुग्दछ । प्रयोग र दुरुपयोग नै नगरे निर्भरताको अवस्थामा पुग्नु पर्ने अवस्था नै आउँदैन । 
त्यसैले प्रत्येक घर, परिवार, ब्यक्ति, समाज र राष्ट्रले लागू पदार्थ प्रयोग कार्यलाई निरुत्साहित र नियन्त्रित गर्दै जाने कार्य गर्नुपर्दछ । किन कि कोही पनि ब्यक्ति यो डरलाग्दो, खतरनाक निर्भरताको अवस्थामा नपुगुन र यसबाट टाढै बसुन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...