समाचार

स्वरोजगार बनाउन युवालाई तालिम

२०७३ जेठ २९ शनिबार गते १७:१६ मा प्रकाशित

स्वरोजगार बनाउन युवालाई तालिम

प्रयास लिम्बू
ताप्लेजुङ, २९ जेठ
: ताप्लेजुङका युवाहरुलाई स्वरोजगार बनाउनका लागि प्राविधिक तथा सुरक्षा गार्ड सम्बन्धी तालिम प्रदान गरिएको छ । बेरोजगार समस्या चुलिँदै गएको अवस्थामा प्राविधिक ज्ञान प्रदान गरी यहाँका युवालाई स्वरोजगार बन्नमा सहयोग गर्ने उद्देश्यले छुट्टा-छुट्टै दुइ संस्थाले एक महिने तालिम प्रदान गरेको हो ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त संस्थाहरु व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुर र पाथीभरा प्रोफेसनल एजुकेशन प्रालि दमक झापाले ताप्लेजुङका ४० जना युवालाई सुरक्षा -सेक्युरिटी) गार्ड र आधारभूत सोलार तथा इनभर्टरसम्बन्धी तालिम प्रदान गरेको हो । उक्त दर्ुइ संस्थाले सुरक्षा तथा सोलार र इर्न्भर्टरका सामग्री जडान गर्ने जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई स्वरोजगार बनाउनमा सहयोग गर्ने उद्देश्यले तालिम दिलाएको जनाएको छ ।
स्थानीय सहयोगी संस्था युनिभर्सल इन्ष्िटच्युटका प्रोपाइटर विष्णुकुमार हाङ्बाङले जिल्लाका ४० जना युवालाई निःशुल्क तालिमको अवसर प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार सोलार तथा इर्न्भर्टर जडानको तालिममा पाँच जना महिलासहित २० जनाले सहभागिता जनाएका छन् । 
तालिमका सहभागीलाई सोलारका सम्पर्ूण्ा सामग्री र इर्न्भर्टर जडान तथा मर्मतसम्बन्धी सीप सिकाइएको हाङ्बाङले जानकारी दिनुभयो । यस्तै प्रशिक्षार्थीलाई घरघरमा कसरी सोलार जडान गर्ने र ऊर्जाको पनि कसरी वचत गर्न सकिन्छ भन्ने विषयमा समेत तालिम दिलाएको उहाँले बताउनुभयो । सोलार तथा इर्न्भर्टरसम्बन्धी तालिम सम्बन्धित विषयका विज्ञ सीटीइभीटीका मान्यता प्राप्त शिक्षक सुरज ओझाले तालिम दिलाउनुभएको थियो ।
यता सुरक्षा गार्डसम्बन्धी पर्ूव भारतीय आर्मी धनबहादुर पालुङ्वाले तालिम दिनुभएको थियो । हाल नेपालमा भरपर्दो रोजगारको माध्यम हुन नसक्दा यहाँका युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । बैदेशिक रोजगारमा जाने युवा जनशक्तिलाई सुरक्षा गार्डसम्बन्धी तालिम दिलाएमा उनीहरुले आकर्ष तलब सुविधा पाउने भएकाले यो तालिम प्रदान गरिएको हाङ्बाङले बताउनुभयो । उहाँका अनुसार दुवै तालिमका लागि धेरैले इच्छा देखाए पनि सीमित कोटा भएकाले कोटाबमोजिम मात्रै युवाले तालिमको अवसर प्राप्त गरेका छन् । 
यता सीप सिकिसकेपछि कुनै न कुनै तवरबाट स्वरोजगार बन्न सकिनेमा आफूहरु विश्वस्त रहेको तालिमका सहभागीले बताएका छन् । सीप भएपछि गाउँ-गाउँमा गएर सोलार जडानको सेवा दिएर त्यसबाट पारिश्रमिक लिन सकिने र बजारमा व्यवसाय सञ्चालन गरेर पनि आम्दानी लिन सकिने भएकाले स्वरोजगार बन्नेमा आत्मविश्वास भएको उनीहरु बताउँछन् । 
यस्तै सुरक्षा गार्डको तालिम लिएकाले पनि सेक्युरिटीको काममा बैदेशिक रोजगारमा जाँदा सहज रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सकिने महशुस भएको बताएका छन् । यहाँ रोजगारको कुनै आधार नभएका कारण वैदेशिक रोजगारीमा जानु बाध्यता जस्तै भएकाले तालिमले ठूलो राहत पुगेको युवाहरु बताउँछन् । सुरक्षा गार्डमा विदेश जाँदा तलब पनि राम्रै पाइने उनीहरुको भनाइ छ । तालिम सम्पन्न पछि शुक्रबार आयोजित समापन कार्यक्रममा तालिमका सहभागीलाई जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग अधिकृत नवीनकुमार पौडेलले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...