space for add
space for add

समाचार

मिटिङ प्वाइन्ट

२०७३ बैशाख २६ आइतबार गते ०७:४८ मा प्रकाशित

मिटिङ प्वाइन्ट

विष्णुप्रसाद काफ्ले
विभिन्न अध्ययनहरुले भूकम्प, बाढी, पहिरो, डूबान, खडेरी, आगलागी, चट्याङ, हावा हुण्डरी लगायतका प्राकृतिक एवम् अन्य विपद्का दृष्टिले नेपाल निकै जोखिमपर्ूण्ा रहेको देखाएका छन् । विभिन्न समयमा नेपालमा भूकम्पले धनजनको ठूलो क्षति गराएको छ । अघिल्लो वर्षो विनासकारी भूँइचालोले थल्याएको नेपाल अझै तङ्ग्रीन सकेको छैन । मर्ने त मरेर गए भूँइचालो प्रभावित हजारौं पीडितहरु अझै पनि जोखिमपर्ूण्ा जीवन विताइरहेका छन् । सामाजिक आर्थिक एवम् वातावरणीय क्षति लेखाजोखा र परिपर्ूर्तिको एउटा पाटो त छुट्टै छदैछ, जीवन धान्ने आधारभूत आवश्यकताको पर्ूर्तिसम्म अझै हुन सकेको छैन । बरु यसपछि गएका सयौं पराकम्पहरुले अझै जनजीवन त्रसित पारिरहेकै छ । सरकारी, गैरसरकारी निकाय, अन्तरराष्ट्रिय दातृ समुदाय, नीजि संस्था तथा नागरिक लगानीकर्ताहरु समेतले उच्च प्राथमिकता दिएर काम गर्दापनि पूनर्निर्माणमा अपेक्षित प्रगति हासिल हुन सकेको छैन । यो भूँइचालोका कारण नेपालको विकास धेरै वर्षछि धकेलिएको भनाई सम्बन्धित विज्ञहरुबाट सुनिदै आएको छ ।
यसरी नै वर्षोनीको बाढी र पहिरोबाट क्षति पनि भूकम्प भन्दा कम छैन् । केवल यसले एकैपटक निम्तिने भूकम्प सिर्जित धनजन तुलनामा सिमित क्षेत्र र स्तरमा क्षति पुर्‍याउने मात्रै हो । केहिवर्षपहिलेको कोशीको बाढी, कास्कीमा आएको हिमपहिरोको बाढी, सिन्धुपाल्चोकमा नदी नै थुन्ने गरी गएको विनासकारी पहिरो, दार्चुलाको महाकाली नदीमा बाढी, बाँके बर्दिया जिल्लामा हुने गरेको वर्षोनीको डुबान र अघिल्लो वर्षमात्रै ताप्लेजुङको विभिन्न गाविसमा गएको पहिरो पछिल्लो समयमा उच्च विपत्तिहरु हुन् । जसका कारण सयौंको ज्यान गएकोछ भने हजारौं विस्थापित भएका छन् । लाखौं जनजीवनलाई प्रत्यक्ष प्रभाव पारेको छ । यसबाहेक पनि नेपालको धेरै ठाँउमा बाढी र पहिरोले ठूला विनास गरेको पाइन्छ । विशेष गरी मधेश बाढी, नदी कटान र डुबानको चपेटामा हरेकवर्षकतै न कतै परिरहेको देखिन्छ भने पहाडी र हिमालीक्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । चुरे क्षेत्रको वन विनाससँगै मधेशमा बाढी, पहिरो र डुवानको असर दिनप्रतिदिन बढ्दै गएको विपत्तिका घटनाहरुले देखाएको छ ।
इलाम जिल्लाकै कुरा गर्ने हो भने पनि यस्ता प्राकृतिक विपत्तिहरुले ठूलै क्षति गरेको पाइन्छ । २०६८ साल असोजको भूकम्पले कसैको ज्यान नगएपनि उत्तरपर्ूर्वी क्षेत्रमा धनसम्पत्ति र पर्ूवाधारको उल्लेखनीय क्षति गरेको थियो । जिल्लाको दक्षिणी चुरे र समथर क्षेत्रमा नदीकटान र बाढीको प्रकोप उच्च रहेको छ । दानाबारी, चुलाचुली, चिसापानी, महमाई, शान्तिपूर लगायतका क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् भने धुसेनी, कोल्बुङ, इभाङ, साङरुम्बा लगायतका गाविसहरु पहिरोको जोखिममा रहेका छन् । अधिकांश डाडामा अवस्थित बजार तथा बस्ती, र जिल्लाका विभिन्न क्षेत्रका वनजङ्गल आगलागीको जोखिममा रहेका विगत र वर्तमानका विपदजन्य घटनाहरुले देखाउँछ । जिल्लाको झण्डै ८० प्रतिशत घरधुरीको जीविको कृषि तथा पशुपालनमा आधारित भएकाले सुख्खा तथा खडेरीको समस्या उच्च रहन्छ । अहिलेकै वर्षो हिउँदमा समेत लामो समय पानी नपर्नाले कृषि बालीनालीमा नकारात्मक असर पुर्‍याएको छ भने भएका पानीका मुहानहरु सुक्दा खानेपानीको समेत समस्या देखा पर्न थालेका छन् । इलामका मुख्य बजार र घनाबस्तीहरु डाँडामा रहेकाले अधिकांश बजार र बस्तीहरुमा खानेपानीको अभाव देखिएको छ । सिँचाईको कमीले कृषि बालीको उत्पादनमा प्रत्यक्ष असर पुगेको छ । लामो समयपछि पानी पर्न थालेको छ तर यसले फेरी बाढी वा पहिरोको चिन्ता आम मानिसमा थपिदिएको छ । केहि समय अघि मात्रै पनि इलामका उत्तरी क्षेत्रमा हावाहुण्डरी र चट्याङका विपद्हरु देखिएका छन् । वर्षोनी चट्याङ, आँधीबेहरी, हावाहुण्डरीका कारण धेरैको ज्यान गएको छ भने हजारौं परिवार प्रभावित भएका छन् ।
प्राकृतिक विपद् कहाँ, कतिबेला, कस्तो प्रकारको वा कुनस्तरको आउला पहिल्यै यकिन हुदैन । विगतका घटनाक्रम र अभिलेखका आधारमा केहि पर्ूवानुमान् गरिने सम्म मात्रै हो । तर सधै विगतको क्रम वा स्वरुपमा नै विपद् सिमित हुन्छ भन्ने हुन सक्दैन । हमेशा विपद् अपत्याशित र अनपेक्षित नै हुने गर्दछ । २०६९ असोज १४ गते राती मेची राजमार्गको कोल्बुङस्थित हाँसपोखरी नजिकै गएको पहिरो र यसले निम्त्याएको धनजनको क्षति, अधिल्लोवर्षशान्तिपुर, लक्ष्मीपुर, गोदक, चिसापानी लगायतका क्षेत्रमा गएको पहिरो र हावाहुण्डरी सिर्जित नोक्सानी सामान्यरुपमा हर्ेदा अनपेक्षित र अपत्यारिला जस्ता लाग्छन् । अघिल्लोवर्षताप्लेजुङ जिल्लाका विभिन्न गाविसका गएका पहिरो उस्तै रहे । लामो समय पानी नपर्दा आगलागीका ठूलो घटनाहरु भएका छन् भने लामो खडेरीपछि एकैपटक खण्डवृष्टि वा अतिवृष्टिका रुपमा ठूलो झरी पर्दा कुनै अनुमान नै नगरेको वा गर्नु नपर्ने स्थानमा समेत ठूलो विपत्ति आएका छन् ।  विगतमा त्यस्ता विपत्ति आएका ठाँउहरुमा पुग्दा अहिलेपनि त्यस्तो हुने ठाँउ हो र या त्यस्तो भएको होला र जस्तो लाग्दछ । तर विपत्ति आएकै थियो । बरु हमेशा विपदको विपत्त्रि्रति सचेत, चनाखो र तयार हुनु नै उत्तम हुन्छ ।
विपद्को सघनता भन्दापनि प्राविधिक एवम् व्यवास्थापकीय कमजोरी र लापर्बाहीका कारण वर्षोनी ठूल्ठूला विपत्तिहरु निम्तिएका छन् । विपद्पर्ूवको सानो तयारी गर्न नसक्दा विपद् पश्चात् ठूलो मात्रामा धनजनको क्षति भएको देखिन्छ । बारम्बार उच्च भूकम्प र भूकम्पसिर्जित विपद् आइरहने जापान, इन्डोनेशिया, अमेरिका, चिली, इक्वेडर, फिजी, टोङ्गा, इरान, र्टर्की, अफगानिस्तान, पाकिस्तान, भारत, म्यानमार लगायतका देशहरुको तुलनामा नेपालका भूकम्पको विपत्ति व्यापक रहनुमा पनि प्राविधिक एवम् व्यवस्थापकीय पर्ूवतयारीको कमि रहेको छ । हामी हरेक दिन विश्वका कुनै न कुनै ठाँउमा भूकम्पहरु गइरहेको सुन्दछौ । यद्यपि यसको असर तुलानात्मक रुपमा नगण्य नै रहेको पाउछौं । समुन्द्रतटीय मुलुकहरुमा सामुन्द्रिक आँधीबेहरीका ठूल्ठला विपत्ति आउँछन् तर  उच्च तयारी र विपद् पश्चालको प्रभावकारी व्यवस्थापनले चाँडै त्यस्ता विपत्तिबाट जनजीवन सहज बनेको उदाहरणहरु पनि उत्तिकै छन् । हामीले जति प्रगति गरेपनि अर्थात् प्रविधिको विकास गरेपनि विपद्को सामना गर्न सक्ने यथेष्ट पर्ूव तयारी गरिएन भने क्षणभरमै यसको शिकार हुनु पर्ने हुन्छ । हामीकहाँ पनि विपद् पर्ूवतयारी र व्यवस्थापनका रणनीतिहरु बनेका छन् तर यसको पर्ूण्ा पालना र योजनाको कार्यान्वयन प्रभावकारी नबन्दा या नपरे नभोगेसम्म त्यसतर्फचासो नदिदा समान्यस्तरको विपत्तिमा समेत ठूलो नोक्सानी व्यहोर्दै आएका छौ । त्यसो भएको हुनाले कुनैपनि बेला आर्इपर्न सक्ने विपद्को तयारीका लागि हरहमेशा तयार रहनु नैे क्षति न्यूनिकरण गर्ने निर्विकल्प उपाय हो भन्ने कुरा सबैले महशुस र स्वीकार गर्नै पर्ने हुन्छ ।
हाम्रो जस्तो देश वा ठाँउमा हुन सक्ने प्राकृतिक विपत्तिले कृषि र खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, भौतिक पर्ूवाध्ार, आधारभूत जनजीविका, खानेपानी, सरसफाई लगायतका क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्दछ । विपत्ति आइपरेपछि आतेश गर्नु वा अत्तालिनुभन्दा पर्ूवतयारीका आधारभूत पक्षहरुमा हाम्रो क्षमता अभिवृद्धि गर्नेतिर बेलैमा लाग्नु बेश हुने छ । हाम्रो सर्न्दर्भमा विपद् सम्बन्धी आवश्यक सचेतना, सुचना, सञ्चार, समन्वय, त्यसको प्रभावकारी व्यवस्थापन र परिचालन, पर्ूवानुमान, तयारी, खोजी, उद्दार, क्षतिको अभिलेखीकरण र पुनर्निर्माण सम्बन्धी न्यूनतम् सीप, प्रविधि र क्षमतायुक्त जनशक्तिको समेत कमी रहेका हुदाँ यस तर्फध्यान जान जरुरी देखिन्छ । विपद् व्यवस्थापन एवम् पर्ूवतयारी योजनालाई एकाङ्की रुपमा भन्दा पनि विकास निर्माणको अभिन्न पाटोको रुपमा परिवार, समुदाय, गाँउ, जिल्ला, क्षेत्र र राष्ट्रियस्तरमा एकिकृत गर्दै लैजानु पर्ने हुन्छ ।
लामो खडेरीपछि अब वषर्ात्को समय नजिकिदै छ । यस्तो बेला ठूलो वषर्ात् वा आँधीबेहरी आयो भने अनपेक्षित समय, ठाँउ र स्तरमा बाढी वा पहिरोजस्ता प्राकृतिक विपत्तिहरु आउन सक्छन् । त्यसैले आइसकेपछि मात्रै पछुताउने विगतको प्रवृत्तिलाई त्यागेर बेलैमा पर्ूवतयारीका रणनीति बनाउनु र सचेत रहनु नै सबैभन्दा बुद्धिमानी हुने छ । यसका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय सरकार, समुदाय,सरोकारवाला, हरेक घरपरिवार व्यक्तिले आआफ्नो तयारीका लागि समन्वयात्मक योजनाका साथ विपत्ति सामनाको सामर्थ्य जुटाउन आवश्यक रहेको छ । विपद् आइपरेपछि मात्रै चेत खुल्ने वा विपत्तिको क्षतिमा रोइकर्राई गर्ने, पर्ूवतयारी र सचेतता नअपनाउने तर भोगेपछि त्यसकै चर्चा गरिरहने परिपाटी रहीरहेसम्म यसलाई सामना गर्ने सामर्थ्य हासिल हुन सक्दैन । हामी प्राकृतिक विपद्लाई रोक्न त पक्कै पनि सक्दैनौ तर पर्याप्त पर्ूवतयारी हुने हो भने कुनै धनजनको क्षतिविनै पनि यसको सामना गर्न सक्दछौ भन्ने सबैले बुझ्न अनिवार्य छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...