समाचार

इलाममा सुगन्धित बेसारको व्यवसायिक खेतीः प्रशोधन केन्द्र खोल्न किसानको माग

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता 

लाम, १३ बैशाख ः अदुवाले बजार पाउन छाडेपछि इलामको कन्यामस्थित टारगाउँका किसान उस्तै प्रकृतिको बेसार खेतीतर्फ आकर्षित भएका छन् । कन्याममा बिगत ५ वर्षयता किसानले नयाँ जातको बेसार खेती गरेर आय आर्जन गरिरहेका हुन् ।
स्थानीय अकवरे कृषि समूह गठन गरि २०५९ सालदेखि बेसार खेती शुरु गरेको किसान एवम् समुहका अध्यक्ष पदम गिरी बताउँछन् । गिरीका अनुसार अहिले त्यहाँका प्रत्येक घरका बारीमा बेसार देख्न सकिन्छ । एक घर बराबर ८ क्वीण्टल बेसार उत्पादन गर्ने गरेको उनको भनाई छ । किसानले एक किलो बेसार रोपेमा वर्षदिनमा २२ किलोसम्म उत्पादन लिन सकिने बताए ।
बेसार अदुवासँग मिल्दोजुल्दो बर्षे बाली भएपनि बेसार खेतीमा कमै रोग लाग्ने प्राविधिकहरू बताउँछन् । हाल सुगन्धाय जातको बेसार इलाममा लोकप्रिय बनेको छ । वास्ना आउने, रङ्ग पनि गाढा हुने र अदुवाको जत्रा पाना फल्ने बेसार इलामका साङ्रुम्बा, सोयाक, चिसापानी र पञ्चकन्यामा व्यवसायिक रूपमा खेती गर्न थालिएको छ । जिल्ला कृषि विकास कार्यालय इलामका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लका अनुसार हाल किसानले उत्पादन गरेको बेसार बीउ बिस्तारमै खपत हुने गरेको छ । यो वर्ष बेसारको विउ प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री भएको छ ।
बेसार आफैँमा एन्टिबायोटिकको रूपमा प्रयोग हुने र यसको खेतीमा सिञ्चाइ कमै लाग्ने भएकाले रोग पनि त्यति धेरै नलाग्ने प्राविधिकहरू बताउँछन् । प्रत्येक घरका भान्सामा प्रयोग हुने बेसार पर्याप्त मात्रामा उत्पादन गर्न सके देश भित्रै बजार पाउन सकिने देखिन्छ । जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक सहयोग गर्नुका साथै बेसारको प्रशोधनका लागि सहयोग गर्ने बताएको छ । किसानहरूले पर्याप्त बेसार उत्पादन भएपछि आधुनिक प्रशोधन केन्द्रको माग गरेका छन् । किसानहरूलाई सामुहिक रूपमा बेसार खेती गर्नका लागि कमर्सीयल एग्रीकल्चर एलायन्सबाट केहि स्थानमा अनुदान सहयोग गरिएको उक्त संस्थाका अधिकृत दुर्गामणी न्यौपानेले जानकारी दिए । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...