समाचार

हातेमालो कानुनी कठघरामा : ठगीको आरोपमा तीन पक्राउ

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १० बैशाख :
पटक पटकको छलफल मिलापत्र र जिल्ला प्रसासनमा  मुद्धा मामिला झेल्दै आएका हातेमालो बचत कृषक समूहका पदाधिकारी मध्ये तीन जनालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ । कृषक समूहका नाममा वित्तिय कारोबार गरी गाउँ गाउँमा बचत संचालन गरेर रकम ठगी गरेपछि हातेमालो यस अघि पनि पटक पटक विवादमा तानिएको थियो । हातेमालो संचालनमा मुख्य भुमिकामा रहेका सचिव राजु खाम्दाक, उपाध्यक्ष चित्रकला खतिवडा र सहयोगी कोषाध्यक्ष नेत्रकला पौड्याललाई प्रहरीले पक्राउ गरेको हो । तर मुख्य हर्ताकर्ता समूहका अध्यक्ष संजिव र्राई समेत हाल फरार रहेका छन् । संस्थामा करिव २० लाख सम्म ठगी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरीएकेा छ ।
शूरुमा गरीवि न्युनिकरणका नाममा गैर सरकारी  संस्था मार्फ उनीहरुले बचत संकलन गरी कार्यक्रम सचालन गरेका थिए । र्सवसाधारणलाई नेर्टवर्क जस्तै वचत जम्मा गर्न लगाएर त्यसको दश प्रतिशत सकलक र अन्य ३५ प्रतिशत सम्म अध्यक्ष सचिव लगायतका केहि पदाधिकारीले कमिशन खाने गरेको अनुषन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । कमिशन बढि र बचतको व्याज दर कम भएपछि सस्था डुव्ने स्थितिमा पुगेपछि उनीहरुले संस्था दर्ता गर्राई वित्तिय कारोबार भने कायमै राखेका थिए । त्यसपछि पनि व्याजदर चर्को लिएको र साँवा फिर्ता नपाएको उजुरी जिल्ला प्रशासन कार्यालयमा पुगेपछि समूहका पदाधिकारीले सहकारीमा समूहलाई दर्ता गराएको पाइएको छ । समूहका पदाधिकारीले पटक पटक ठगीको आरोप खेप्नु परेपछि बचतमा जम्मा भएको रकम फिर्ता गर्ने भनी भाका सहित पटक पटक सामुदायिक प्रहरीमा कागज गरेका थिए । तर पटक पटक भाका नाघेपनि वचत रकम डुव्ने स्थिति आएपछि वचतकर्ताहरुले ठगी आरोपमा प्रहरीमा जाहेरी दिएका थिए ।
समूहका अध्यक्ष सहित केहि पदाधिकारीले चर्को कमिशन लिएर सावाँ रकम नै गायव पारेपछि समस्या आएको पदाधिकारीहरुले बताएका छन् । संस्थाको हिसावकिताव पारदर्शी नभएकोमा पटक पटक असन्तुष्टि राखेर राजिनामा दिएपनि सुनुवाइ नभएको कोषाध्यक्ष रहेकी नेत्रकला पौड्यालले बताइन् । समूहको नाममा विगत तीन वर्षदेखि नै आफू अलग रहेपनि हाल आएर षडयन्त्र पर्ुवक फसाइएको उनको दावि छ । प्रहरीले तीन जना पक्राउ गरेर थप अनुषन्धान गरीरहेको छ । वचतका नामा टोल टोलमा र गाउँमा र्सवसाधारणको रकम संकलक मार्फ जम्मा पार्नेै र त्यो बचत फिर्ता नगर्नु नै सरासर ठगी हो । सहकारी समूहका नाममा गरिने यस किसीमको ठगीमा प्रहरीले फिक्कल लगायतका स्थानमा यसअघि नै कानुनी कारबाहि प्रकृया अगाडि बढाइसकेको जनाएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...