समाचार

सहकारीमा कर तथा वित्तिय साक्षरता कार्यक्रम

गते ००:०० मा प्रकाशित

सहकारीमा कर तथा वित्तिय साक्षरता कार्यक्रम

सन्दकपुर संवाददाता
इलाम, १० बैशाख :
जिल्ला सहकारी संघ लिमिटेड इलामको आयोजनामा बरबोटे गाविस भवनमा उक्त बरबोटे क्षेत्र भित्र स्थापित १७ वटा विभिन्न विषयका प्रारम्भिक सहकारी संस्थाहरुबीच सहकारीमा कर व्यवस्था र वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा दर्ुइवटा कार्यपत्रहरु प्रस्तुत गरियो । सहकारीमा वित्तीय साक्षरता सम्बन्धी विषयको कार्यपत्र स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सह-प्राध्यापक डा. दिलनाथ फुयालले र बर्तमान स्थितिमा राज्यले गरेको सहकारीमा कर व्यवस्था विषयको कार्यपत्र कर दाता सेवा कार्यालय इलामका प्रमुख अनमोल दाहालले प्रस्तुत गर्नु भयो ।
प्रस्तुत दुवै कार्यपत्र माथी सहभागीहरुले आ-आफ्ना जिज्ञासा र टिप्पणी राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका प्रमुख लालबहादुर श्रेष्ठले अत्यन्त राम्रो र समसामयिक कार्यक्रम भएको भन्नुहु“दै सहकारीमा रहेर हामीले गर्ने दिन दैनिक कारोबारको बारे पर्ूण्ा जानकारी नै वित्तिय साक्षरता रहेछ भने । राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष नारायण अधिकारीले लेखा वा श्रेस्तालाई पारदर्शी बनाई अभिलेख व्यवस्थापन राम्रो गर्न सकियो भने संस्था घाटामा जा“दैन । त्यसका लागि इमान्दारिता र सैद्धान्तिक ज्ञान संगै व्यवहार राम्रो हुनर्ुपर्छ भने ।
त्यसरी नै सम्पर्ूण्ा सहभागिहरुको तर्फाट बरबोटे कृषि सहकारी संस्थाका अध्यक्ष धनपति दुलालले जिल्ला संघले यो कार्यक्रम आयोजना गरेर हामी सहकारीकर्मीहरु माझ अत्यन्त राम्रो काम गरेको भन्दै सबै सहभागीहरुको सहमति लिँदै जिल्ला सहकारी संघसग अब लेखा व्यवस्थापन पर्ल्स तालिमको व्यवस्थाको माग गरे ।
जिल्ला सहकारी संघ लि इलामका अध्यक्ष नरेन्द्रनाथ भट्टर्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संघको सदस्य टिका घिमिरेले राखिन् भने कार्यक्रम माथिको प्रकाश अध्यक्ष भट्टर्राईले र सञ्चालन संघको व्यवस्थापक कमल न्यौपानेले गरे ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...