space for add
space for add

समाचार

पाथीभरामा डेढ करोड रुपियाँ भेटी सङ्कलन

गते ००:०० मा प्रकाशित

प्रयास लिम्बू
ताप्लेजुङ, ७ बैशाख
: ताप्लेजुङस्थित प्रसिद्ध तर्ीथस्थल पाथीभरामा झण्डै डेढ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले पछिल्लो पटक जम्मा गरेको साढे लाख समेत हालसम्म करिव डेढ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको हो । पछिल्लो पाँच महिनाको अवधिमा आठ लाख ४१ हजार पाँच सय रुपियाँ भेटी रकम जम्मा भएको र त्यसअघि सङ्कलन भएको एक करोड ३२ लाख ४० हजार दर्ुइ सय ५४ रुपियाँ भेटीघाटी रकम रहेको छ ।
पाथीभरामा जम्मा हुने भेटीघाटी व्यवस्थापन गर्न गठन भएको समितिले गएको मङ्सिर दोस्रो सातादेखि चैत मसान्तसम्ममा कुल आठ लाख ४१ हजार पाँच सय रुपियाँ भेटी रकम सङ्कलन भएको मङ्गलबार पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरेको हो । यस अवधिमा सात हजार तीन सय २० भारतीय रुपियाँ, हङ्कङ डलर दर्ुइ सय ६०, कतारी रियाल एक सय ७८, यर्ुर्एइ दिनार एक सय २५, मलेसियन रियाल ६०, पाउण्नस्र्टर्लिङ डलर ८०, अमेरिकी डलर १७, साउदी रियल ३२ र कुवेत, प|mान्स लगायत विभिन्न देशका २० थान नगदी नोटहरु भेटी रकमको रुपमा सङ्कलन भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिका सदस्य-सचिव उदय भट्टर्राईले जानकारी दिए ।
यस्तै टिलसहित विभिन्न गहाना गरेर सुन करिव सात तोला, माना-पाथी लगायत विभिन्न गहाना, सामग्रीसमेत करिव डेढ केजी चाँदी पनि सङ्कलन भएको भट्टर्राईले बताउनुभयो । भट्टर्राईका अनुसार करिव २० क्विन्टल जति सिक्का जम्मा भएको छ । जम्मा भएको सिक्का हाल पाथीभरा मन्दिर परिसरमै थन्क्याएको र समय मिलाएर सदरमुकामसम्म ल्याएर बैङ्कमार्फ सटही गरिने भट्टर्राईको भनाइ छ । उनका अनुसार सङ्कलित भेटी नोट रकम नेपाल बैङ्क लिमिटेड ताप्लेजुङमा रहेको खातामा जम्मा गरिएको छ । यहाँ सटही नहुने विदेशी मुद्राहरु केही समयपछि अत्यत्रै लगेर सटही गरिने र सुनचाँदी पनि परीक्षण पश्चात विक्री गरी आम्दानी बाँधिने उनले बताए ।
यस्तै गएको मङ्सिर पहिलो सातासम्ममा सङ्कलित एक करोड ४० लाख ८१ हजार सात सय ५४ भेटी रकम रहेको छ । उक्त भेटी रकम पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सर्म्वर्द्धन समितिमार्फ सङ्कलन भएको हो । सङ्कलित भेटी रकम जिल्लास्थित नेपाल बैङ्क लिमिटेड, ग्लोबल आईर्एमई बैङ्क, र एनएमबी बैङ्कमा रहेको खाता राखिएको पाथीभरा भेटीघाटी व्यवस्थापन समिति अध्यक्ष तथा पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सर्म्वर्द्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताए ।
उक्त बैङ्कका खाताहरुमा राखिएको रकम भेटीघाटी मात्र नभई सर्म्वर्द्धन समितिका साधारण सदस्य, आजीवन तथा विशेष सदस्य र अन्य चन्दादाता, संघसंस्था लगायतका सहयोगी दाताले दिएको सहयोग रकम समेत भएको कार्कीले बताउनुभयो । कार्कीका अनुसार यस अवधिमा सङ्कलन भएका केही सुनचाँदी लगायतका धातुहरु पनि रहेको छ ।
यस पाथीभरा देवी मन्दिरको विकासका लागि गठित सरकारीस्तरको पाथीभरा क्षेत्र विकास समिति र स्थानीयस्तरमा गठित पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सर्म्वर्द्धन समितिबीच पाथीभरामा सङ्कलन हुने भेटीघाटीको विषयमा पछिल्लो समय विवाद हुँदै आएको छ । तत्कालका लागि उक्त भेटी विवाद समाधान गर्ने उद्देश्यस्वरुप गएको फागुन अन्तिम साता छुट्टै पाथीभरा भेटीघाटी व्यवस्थापन समिति गठन भएको हो ।
सो समिति गठन भएपछि पहिलो पटक मङ्सिर देखि चैतसम्मको भेटी रकम सङ्कलन गरी र्सार्वजनिक गरेको हो । त्यस अघिसम्म स्थानीयस्तरको समितिले भेटीघाटी सङ्कलन गर्दै आएको थियो । यता भेटी विवादसँगै मङ्सिर दोस्रो सातादेखि फागुन अन्तिम सातासम्म मन्दिरको भेटी रकम सङ्कलन नगरिँदा धेरै नोट तथा बहुमूल्य धातुहरु त्यसै खेर गएको थियो । अब दर्ुइ वटै समिति र सरोकारवाला सबैको सामुहिक पहलपछि छुट्टै भेटीघाटी व्यवस्थापन समिति गठन भएकाले पाथीभरामा सङ्कलन हुने भेटीघाटी थप व्यवस्थित गर्दै लगिने समिति अध्यक्ष कार्कीले बताउनुभयो । यसरी ठूलो परिमाणमा पाथीभरामा भेटीघाटी सङ्कलन हुँदै आएको भएपनि सो रकम कहाँ कसरी खर्च हुन्छ भन्ने विषय अन्योल रहेको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...