समाचार

नमुना बन्दै महिला सहकारी

गते ००:०० मा प्रकाशित

इलाम, ५ बैशाख : इलाम फिक्कलकी अमृता र्राईलाई 'महिलाले घरभित्रका बाहेक समाजिक काम गर्दैनन्' भन्ने समाजको गलत धारणाले निकै पिरोल्यो । दक्षता र क्षमता भएका महिलाले प्रयास गर्दा पुरुषसरह काम गर्न नसक्ने कुनै कारण देखिनन् उनले । अनि अठोट गरिन- सामूहिक प्रयासमा महिलाले केही गरेर दुखाउनु पर्छ र समाजको गलत धारणा हटाउनर्ुपर्छ ।
नभन्दै, २०५७ चैत २६ मा स्थानीय केन्द्रकुमारी गौतम अध्यक्ष र अमृतासहितका महिला सदस्य रहेको महिला सिर्जना सहकारी संस्था दर्ता भयो । अध्यक्ष गौतम, अमृता र्राई, सकुन्तला सुबेदी, मुक्तादेवी शर्मा र सावित्रा सुबेदीलगायत २७ महिला सहकारीका सदस्य भए । सहकारी स्थापना भएपछि उनीहरु नियमित बैठक, सहकार्य गर्न थाले । सहकारीले बचत सङ्कलन गर्‍यो र ऋण लगानी । महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यसहित गठन गरिएको सहकारी अहिले उनीहरुको सफलताको माध्यम बनेको छ । आप\mनो जाँगर, सीप र अवधारणा यसै संस्थाका माध्यमबाट प्रस्तुत गरेर जिल्लामात्रै हाइन, पर्ूवाञ्चलकै उदाहरण बनेका छन् उनीहरु ।
पिछडिएका महिलालाई सहकारीका माध्यमबाट उकास्ने उद्धेश्यसहित २७ सदस्यबाट सुरु भएको सहकारीमा अहिले साविक फिक्कल गाविसको सबै वडाका ५२८ महिला सदस्य छन् । उनीहरुले सानो रकमबाट जम्मा गरेको कुल पुँजी अहिले डेढ करोड रुपैयाँबाट उकालो लागेको छ । सहकारीले १ करोड २३ लाख रुपैयाँ गाउँमा लगानी गरेको अध्यक्ष अमृता र्राईले बताइन् ।
सहकारीले तीनसय ६० सदस्यलाई बायोग्याँस प्लाण्ट जडानमा लगानी गरेको छ । आलु, अदुवा, गाईपालन, ब्यापार लगायतका क्षेत्रमा लगानी छ । 'नयाँ सदस्यलाई शुरुमा १० हजार रुपैयाँ सम्म ऋण दिन्छौँ', उनले भनिन्, 'अलि पुराना सदस्यलाई एक लाख रुपैयाँसम्म दिएका छौँ ।' लगानी गरिएको रकम नियमित उठ्ने र बचत पनि नियमित हुने गरेकाले संस्थाले नाफा कमाएको छ । उनले स्थापना भएयता बर्सर्ेे न्यूनतम दर्ुइ लाख रुपैयाँ संस्थालाई नाफा भइरहेको पनि जानकारी दिइन् । पहिला बचतमा ८ र ऋणमा १४ प्रतिशत ब्याज थियो । अहिले बचतमा १२ र ऋणमा १६ प्रतिशत पुगेको छ । संस्थाले आप\mनै आम्दानीबाट १५ लाख रुपैयाँ खर्चमा भवन पनि निर्माण गरिसकेको छ । भवनमा एउटा हल र दर्ुइ कोठा छन् ।
आपसमा सद्भाव र एकता जनाउन सदस्यका लागि साडीचोलोको पोशाक समेत निर्धारण गरिएको छ । कार्यालय आउँदा सदस्यहरु पोशाकमै आउने गर्दछन् ।
अध्यक्ष र्राईले महिलाले सहकारीलाई घरको काम भ्याएर पनि सहयोग गरिरहेकाले सफलता पाएको बताइन् । उनी भन्छिन्, 'हामी नाफामुखीभन्दा पनि सेवामुखी भएर काम गर्न उत्सुक छौँ ।' संस्थाले प्रत्येक वर्षउत्कष्ट ऋण कारोबार गर्ने, बचतकर्ता र नारी दिवसमा बृद्धबेद्धालाई सम्मान गर्ने गरेको छ । संस्थाले गाविस र अन्य संघसंस्थाको सहकार्यमा विकास निर्माणका काममा समेत लगानी गरेको छ ।
सहकारीले ३ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । ब्यवस्थापक मुक्तादेवी शर्मा, सहब्यवस्थापक सकुन्तला सुबेदी र फिल्ड कर्मचारी कमला घलेलाई ९ देखि १२ हजार रुपैयाँसम्म मासिक तलबमा राखिएको छ । यसबाहेक सहकारीले विवधि गतिविधिसमेत सञ्चालन गरिरहेको अध्यक्ष र्राईले बताइन् । उनका अनुसार पुरुष र महिला दुवैको सफलतामा दुवै पक्षको सहयोग अनिवार्य छ ।
उत्कृष्ट काम गरेवापट सरकारी र गैरसरकारी निकायले यो सहकारीलाई दर्जनौँपटक सम्मान र पुरस्कृत गरिसकेका छन् । महिला तथा बालबालिका कार्यालयले २०६० सालमा पर्ूवाञ्चलकै उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको थियो । २०६४ सालमा इलामस्थित डिभिजन सहकारी कार्यालयले पनि उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गर्‍यो । भर्खरै डिभिजनले पाँचथरको फिदिममा आयोजित ५९औँ सहकारी दिवसको अवसरमा पनि यो सहकारीलाई सर्वोत्कृष्ट सञ्चालक समतिका रुपमा सम्मान गरेको छ । (इलामबाट प्रकाशित हुने इलाम पोष्ट दैनिकमा प्रकाशित)


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...