space for add
space for add

समाचार

कथा : समिराको बनारस यात्रा

गते ००:०० मा प्रकाशित

कथा : समिराको बनारस यात्रा

गणेशकुमार भट्टर्राई
विशिष्ठ श्रेणीमा मध्यमा उत्तर्ीण्ा गरेकी आफ्नी कान्छी छोरीलाई वनारस गएर उच्च शिक्षा हासिल गर्ने उत्कट इच्छालाई ठाकुरजीले नकार्न सकेनन् । छोराहरूलाई पढाउने इच्छा उनको अधुरो रहेको छ । छोराहरूको ब्यवहार हर्ेदा उनी मरेपछि तर्पण पिण्ड गर्ने अधिकार छोरामा रहेको कुरामा शङ्का गर्न थालेका छन् । जिवित अवस्थामा बाबुआमालाई वास्ता नगर्ने, कुल र जातिको परम्परा र विश्वासमा कुनै आस्था नराख्ने लठुवा छोराहरू भन्दा एउटै गर्भबाट जन्मिएर एउटै दूधको लाम्टो चुसेकी छोरी पितृहरूलाई तार्न सक्षम हुनेमा ठाकुरजी विश्वस्त हुँदै गएका छन् । कान्छी छोरी भएको नाताले मात्र होइन समिराको आनिबानी र पढाइमा देखिएको तिक्ष्णताले ठाकुर दम्पत्तिलाई सन्तोष दिलाएको छ ।
भारतमा नेपाली चेलीहरूको कमै सुरक्षा हुने अध्यावधी विश्वास गरिँदै आएको छ । कोठीमा वेश्याको रुपमा राख्न नेपाली केटीहरू हिजोआज पनि बेचिने गरेका छन् । ठूलाठूला सहरपिच्छे २/४ वटा वेश्यालयहरू रहेको बताइन्छ र नेपालबाट अबोध बालिकाहरू र महिलाहरूलाई ललाइफुल्याइ उम्काएर लाने गरेका दर्दनाक कथाहरू सुनिने गरेका छन् । समिराले आँट गरेको भएपनि छोरीलाई इण्डियाको लामो बाटो एक्लै पठाउन ठाकुर दम्पत्तिलाई सङ्कोच लागिरहेको थियो । उनीहरू भरपर्दो साथीको खोजीमा थिए । आफैँ पुर्‍याएर आउने आँट पनि उनीहरूमा थिएन भने लामो बाटो लगेर एउटा अपार सहरमा छोरीलाई एक्लै छोडेर आउन उनीहरूलाई हिम्मत थिएन । विराटनगर इण्डिया जाने आउने पर्ूवको एउटा ट्राञ्जिट हो । यसै घुम्दै जाँदा उनीहरूले खोटाङमा नजिकमा चिनजान भएको एउटा मित्र दम्पत्तिलाई भेटे । खोज खबर गर्दै लाँदा उनीहरू बनारसमा गङ्गा स्नान गर्ने र त्यहाँ रहेका सबै तर्ीथस्थलहरू घुम्ने गरी केही दिनका लागि हिँडेको बताए । आफ्नै उमेरका र पहिला वनारस बसेरै संस्कृतको थोरबहुत अध्ययन गरेर यजमानी गर्ने मित्र भएकाले उनीहरूले ती दम्पत्तिलाई हिफाजतले घरमा लगे । समिरासँग चिनजान गराए । राती बनारसका गल्ली, चोक र सहरहरूको बारेमा कुरा भयो । खान बस्न कहाँ उपयुक्त हुन्छ, सङ्गत कस्तो छ, विश्वविद्यालय कुन राम्रो छ, हिन्दू विश्वविद्यालयको कस्तो स्तर छ आदिबारेमा ठाकुरजीले समिराको उपस्थितीमा कुरा गरे । समिरालाई पनि एक प्रकारको ढुक्क भयो । भोलिपल्ट ती मित्र ठाकुरजीकै घरमा बसे । समिराका बाबाआमाले समिरालाई बिदा गर्न आवश्यक सबै चीजहरूको जोहो गरे । बाटामा खाने कुरा ३ जनालाई पुग्नेगरी तयार गरे । भोलिपल्ट गलगलियासम्म पुर्‍याएर रेलमा चढाइ बिदा गरेर ठाकुर दम्पत्ति विराटनगर फिरे ।
                                 ंंं
वनारस धेरै टाढा नभएपनि लगभग २४ घण्टाको रेल यात्रा तय गर्नैपर्छ । रेल यात्रा सस्तो हो तर उत्तम होइन भन्ने मान्यता छ । त्यसबखत रेलमा चोरी हुने खतरा बढी मात्रामा थियो तापनि मिलनसार र इमान्दार मित्रसँग समिरालाई पठाउन पाएकोमा ठाकुर दम्पत्ति दुःखित भएनन् । समिरा पनि सम्भावित त्रासबाट मुक्त थिइन् । आफ्नै बाआमासरह उमेरका साथी पाएकोमा उनी सुरक्षित पनि महसुस गरिराखेकी थिइन् । गफ्गाफ बेगरको यात्रा निरस ठानिन्छ । आमाबा सरहका मान्छेसँग कस्ता गफ कसरी गर्नु समिरालाई अन्योल लागिरहेको थियो ।
समिरा खोटाङका श्रीकान्त रेग्मी र उनकी श्रीमतीसँग यात्रा गरिरहेकी थिइन् । उनीहरूले आफ्नै छोरी सरह ठानेर समिरालाई बीचमा राखेर यात्रा गरिरहेका थिए । यात्रुको चाप, संयोग मान्नु पर्छ कमै थियो । उनीहरूको यात्रा सहज र रमाइलो थियो ।
मौन यात्रा श्रीकान्तलाई पनि रमाइलो लागेन उनैले गफगाफको सुरुआत गरे । 'नानी समिरा तिमीले राम्ररी मध्यमा पास गरेकी रहिछ्यौ । पिण्डेश्वरमै नभएपनि संस्कृत विश्वविद्यालयमा शास्त्री र आचार्य जुन बिषयमा पनि नेपालमै अध्ययन गर्न सकिन्छ तर तिमीलाई किन वनारस जान मन लाग्यो -' श्रीकान्तले प्रश्न गरे ।
समिराले भनिन्, 'नेपालमा पढ्न नसकिने त होइन तर वनारस प्राचीन थलो हो जहाँ संस्कृत साहित्य र हिन्दू धर्मको उद्गम र बिकास भएको हो । यस क्षेत्रमा नेपालमा जति फराकिलो वातावरण छ वनारसमा त्यसको सयौँ गुणा उपयुक्त छ । हाम्रो मगजले जति फराकिलो र स्वस्थ यथार्थ भेट्टायो, त्यति नै तिखो हुने महसुस गरेकी छु मैले ।'
'नानी सही भन्यौ तर छोरी मान्छे, अविवाहित छौ, बाआमाका काखमा बसेकी र परदेशको अनुभव नहुँदा तिमीलाई अप्ठ्यारो पर्दैन भन्न त सकिन्न नि ।' समिराले काका संबोधन गरिन् र भनिन्, 'काका, आजको जमानामा पुरुष र महिलामा बिभेद गर्नु र्ब्यर्थ छ । आत्मबल सबै अभिष्ट पूरा गर्ने शक्ति हो । पुरुषमात्र सबल र महिला दर्ूबल हुन सक्तैनन् । केवल महिलालाई कमजोर ठानेर पुरुषहरूको नजर सामुन्ने राख्ने गरेको पुरुषप्रधान आडम्बरी पुरातन सोच मात्र हो । संयोग नै बिपरित भयो भने र काबुबाहिर रहृयो भने मात्र, नत्र परिस्थितीको सामना गर्ने शक्ति पुरुषबराबर महिलाको पनि छ । मेरो पनि छ ।'
समिराका हिम्मतिला कुराले श्रीकान्त चकित भए तरपनि नारीहरूमा भएको कोमलता र पुरुषहरूले महिलामाथि राख्ने गिद्धेदृष्टि सबल हुनेमा उनी यतिचाँडै बिश्वास गर्न सक्तैनन् र भन्छन्, 'छोरी कुरा त ठिक गर्‍यौ, तर महिलाको सुन्दरता र वासनालाई उपभोग गर्न पुरुषहरू चाहे जुन उमेरको होस् लालायित रहन्छ । पुरुष मन नारी रुप प्रकृतिको उर्वरता र सरसताको भोको रहेको हुन्छ । पुरुषहरू महिला र पत्नीहरूको सतित्वको कुरामात्र गर्छन्, यसको हत्यामा उनीहरू नै र्सवदा अग्रसर रहेका छन् । यसको केही अनुभव तिमीले पनि गरेकै हौली । पुरुषहरूमा उनीहरूको हिंस्रक आचरणको कुनै दसी रहँदैन । तर नारीहरूको शरीरमा असर पर्छ र असुरक्षित यौन वा जबरजस्ती यौनसर्म्पर्क भएमा बर्बादी निम्तन्छ । नारीहरूको बिबशता हो यो । यसबाट जोगिन सक्ने आँट तिमीमा छ त -'
'छ काका, किन छैन - पहिलोपल्ट एसएलसी दिँदै म १७ बर्षी थिएँ । म रजवती भैसकेकी थिए । २ बर्षफेल भएँ । पिण्डेश्वरमा ३ बर्षबसेँ । अहिले म २२ बर्षो जवान युवती हुँ । मैले मेरो शरीरलाई आजसम्म कसैलाई क्षणभरका लागि पनि सुम्पिएकी छैन ।'
श्रीमती रेग्मी उङ्दै भएपनि दर्ूइतर्फी गफगाफ सुन्दै थिइन् र मनमा समिराका आँट र निडर भनाइप्रति चकित भैरहेकी थिइन् । स्टेशनमा यात्रीहरूको चाप बढ्यो । उनीहरू सागँुरो गरी बस्न बाध्य भए । बीचमा समिरा छन् । श्रीकान्त समिराको शरीरको न्यानोपनको अनुभव गरिरहेका छन् भने श्रीमतीलाई उनीहरूको साँगुरोपन प्रति थोरै डाह र इष्र्या लाग्न थालिसकेको छ । श्रीकान्तको एउटा हातले समिराको कुममा स्थान पाएको छ,  अर्कोले काखमा । श्रीमती थाहा नपाए झैँ छिन् ।
श्रीकान्त आखिर पुरुष । उनलाई समिराको गठिलो शरीरले आनन्दित तुल्याएको छ । हल्लिएको बाहानामा उनी समिराका छातीमा पुरुष पञ्जा पुर्‍याउन पछि परेनन् । गाला र ओठहरूले चोली बाहिरैबाट उनले समिराका होइन एउटी अक्षतयोनी महिलाको आफ्नै श्रीमतीका आँखा छल्दै रसास्वादन गरिरहेका छन् । रेग्मिनी आमैले थाहा नपाएको नक्कल गर्नु र सबै बुझ्नुबाहेक अरु केही थिएन । समिरासँग गफ नगर्दा बुढीलाई केही सङ्कोच होला भन्ने त्रासले रेग्मी बाले भने, 'समिरा, बनारस पुग्दा लगभग बेलुकाको ९ बज्ने रहेछ । मेरा हितैषी मित्र छन् एकजना तर उनकोमा पुग्न धेरै राती हुने भयो । स्टेशनदेखि अलिक पर एउटा नेपालीले चलाएको लज छ, आउँदा सधैँ म त्यहीँ बस्ने गरेकोले मेरो राम्रो चिनजान छ, त्यहीँ बस्नु पर्ला कि कसो -' यो प्रस्ताव उनकी श्रीमतीलाई पनि थियो । दुबैले एकैसाथ सहमतिको हुन्छ आवाज निकाले । श्रीकान्त पुरुष भएको नाताले समिरा र उनकी श्रीमतीका असली संरक्षक रहेका छन् । दुबै जनाबाट भएको सहमतिमा उनी खुशी भए र पुरुष मनलाई समिरामाथि बिसाउने अवसर जुटाउने सोचमा लागे ।
'समिरा कत्तिको थकाइले सतायो ।' श्रीकान्तले समिरालाई सोधे । 'निदाउन पाइएन थकाइ भन्दा निन्द्राले सताएको छ, सजिलो ओछ्यान भेटियो भने आरामले निदाउन पाइएला ।' समिराले भन्नै नपाइ आमैले उत्तर गरिन् । रेग्मीबालाई योजना कोर्न पर्याप्त आधार मिल्यो ।
                                 ंंं
गन्तब्य भेट्न आँटेपछि रेलले गति मन्द गर्दै गयो । श्रीकान्तले आफ्नी श्रीमती र समिरालाई वनारस आइपुगेको सङ्केत गरे । रेल रोकियो । उनीहरू सरसामान बोकेर उत्रिए । उत्रिने र चड्ने यात्रीहरूको घुइँचो थियो । यति ठूलो भीड समिराले धरान र विराटनगरमा ६३ सालको आन्दोलनमा पनि अनुभव गरेकी थिइनन् । रातीको समय, नजानेको ठाँउ, बिजातीय मानिसहरू, समिरा केही मात्रामा त्रसित भइन् । श्रीमती रेग्मी त झन रुञ्चे हुन पुगिन् र रेग्मीबाको हात समाउन पुगिन् । श्रीमान् श्रीमतीको हातेमालो बीचमा रहेर समिराहरू अगाडि बढ्दै गए । करिब १० मिनट पछाडि एउटा कम्पाउण्डले घेरिएको, मूल गेटमा ठूलो बत्ती बालिएको घर देखियो । श्रीकान्तले चिनारी बोर्डमा नजर लगाए र आफुले खोजेको लज त्यही भएको बताए । उनीहरू गेटभित्र पसे । काउण्टरमा गए । कोठाहरू सीमित रुपमा खाली भएको जानकारी पाए । श्रीकान्त कोठाहरूको निरीक्षणमा गए । एउटा ३ जना आँटिने र अरु १ जनामात्र बस्न सकिने कोठाहरू रहेछन् । कुन र कति कोठा लिनेबारेमा श्रीकान्तले साथीहरूलाई सोधेर मात्र निर्ण्र्ाालिने बिचार गरे र काउण्टरमा आए । समिरा र श्रीमतिलाई सोधे । दुबै अकमकाए । 'एउटै कोठामा सुत्दा...' श्रीमती अनकनाइन् । रेलमा श्रीमानले समिरालाई हालेको अङ्गालो उनले सम्भिmन् । उनले सोचिन्, 'आफु भुसुक्क निदाइएला... ।'
राले सोचिन, 'श्रीमती मस्त निन्द्र्रामा परेको बेला यी पुरुषले मलाई... ।'
दुबै महिलाहरू वाल्ल परे । श्रीकान्त पनि निर्ण्र्ााीन बने । केहीबेर पछि वेटरले छिटो निर्ण्र्ाालिन आग्रह गर्‍यो । श्रीमतीले श्रीमान्सँगै एउटा कोठामा सुत्ने इच्छा जाहेर गरेपछि समिराको लागि अर्को बिकल्प रहेन अलग्गै कोठामा एक्लै सुत्ने भइन् । लज कम्पाउण्डभित्रै भएको होटलमा उनीहरूले खाना खाए । आ-आफ्ना कोठामा उनीहरू छिरे । अलग कोठामा अलग-अलग महिला मनले भोलीको कुरा सोचे । कता जाने, के गर्ने । समिराको त झन ठूलो सोच थियो । उनका साथीहरूको निश्चित कार्यक्रम थियो, गङ्गा स्नान गर्ने र मन्दिर दर्शन गर्ने । श्रीकान्त भने रातीको योजना बुन्नमा तल्लिन भए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...