space for add
space for add

समाचार

मिटिङ प्वाइन्ट : किन 'सम्मानित’ भएन राजनीति ?

गते ००:०० मा प्रकाशित

मिटिङ प्वाइन्ट : किन 'सम्मानित’ भएन राजनीति ?

विष्णुप्रसाद काफ्ले
अचेल राजनीतिलाई सम्मानित बनाउने र आर्थिक समृद्धिको चर्चा निकै हुने गरेकोछ । सबै दलले हमेशा दोहोर्‍याइरहेका यी दर्ुइ कुरा हासिल गर्ने मुल जिम्मेवारी पनि उनिहरुकै हो जसको वरिपरि नेपालको राजनीति घुमिरहेको छ । दुवै कुरा अन्योयाश्रति हुन् कुनै एउटा मात्रै कल्पना गर्न सकिदैन । राजनीतिलाई सम्मानित बनाउन आर्थिक समृद्धि हासिल हुनु पर्‍यो अनि आर्थिक क्रान्तिको अभियानमा आम जनतालाई सम्लग्न बनाउन राजनीति र नेतृत्वप्रति विश्वास, भरोसा र सम्मानको सिर्जना हुनु पर्‍यो । यसको अगुवा, साझेदार वा सहयोगी भनेका राजनीतिक दलहरु नै हुन् । सपारे पनि बिगारेपनि लोकतान्त्रिक व्यवस्थाप्रति आस्था रहीरहेसम्म राजनीति, दल र नेताका विकल्प स्वयम् तिनीहरु नै हुन् । त्यसैले अब मुलुकलाई समृद्धीको मार्गमा अघि बढाउने हो भने राजनीतिलाई पनि सम्मानित र पवित्र सेवाका रुपमा रुपान्तरित गर्नु अनिवार्य छ । अनि तलदेखि माथिसम्म र सबैतिर यो विषयमा गम्भीरतापर्ूवक बहस गर्दै व्यवहारिक अभ्यासमा अवलम्बन गर्दै जानु पर्दछ ।
तर अहिले राजनीत्रि्रतिको भरोसा घट्दै गएको छ । विशेषतः युवाहरुको पछिल्लो पिँढि राजनीतिबाट विकषिर्त र विमुख मात्रै होइन बेखबर पनि छ । आम मान्छे मात्रै होइन स्वयम् राजनीतिमै जीवन विताएको नेताले पनि आफ्ना छोराछोरीलाई राजनीतिमा लागेको हर्ेन चाहदैनन् । आफू राजनीति गर्ने र आफ्ना सन्तती यसमा भरसक नलागून् भन्ने नेता कार्यकर्ता धेरै देखिन्छन् । अर्कातिर आफूलाई नि राजनीतिमा लागेर ठीक गरे भन्नेहरु औलामा गन्न सकिने मात्रै छन् । धेरैजसोले अनौपचारिक कुराकानीका क्रममा आफ्नो भावना व्यक्त गर्ने गर्दछन्-'कुनै परिस्थितिमा राजनीतिको दहमा हाम फालियो । जानेर नजानेर पनि बाँच्नका लागि पौडिनै पर्‍यो । पछि यतै लत बस्यो । मैले राजनीति नगरेको भए यसो गर्थे उस्तो हुन्थे होला' । त्यस्तै कुराकानीका क्रममा एकजना पुराना राजनीतिकर्मीले भनेको एउटा भनाई उल्लेख गर्न मन लाग्यो । उनी भन्छन्-'भालुको कन्पट झै भो । चढेपछि ओर्लनै गाह्रो । ओर्लियौ यसैले खान्छ, नओर्लियौ कतिञ्जेलसम्म कान निमोठीरहने -' बडो मार्मिक र पीडादायी छ । किन यस्तो भयो होला त - सोझो र सरल उत्तर छ-राजनीति र आर्थिक समृद्धिलाई सँगसँगै नलैजानु । राजनीतिकर्मीहरु आर्थिक रुपमा पराश्रति भए र सेवाभन्दा नि स्वार्थ, शक्ति र प्रभावका आधारमा चल्नुपर्ने बाध्यात्मक विवशताको जञ्जीरमा बन्दी भए । मूलुक दलका सिमित नेताको बन्दी बन्यो । राजनीति र सत्तालाई कमाउ धन्दाका बनाउदै भ्रष्टाचार मौलायो । राजनीतिक आवरणमा गैरराजनीतिक क्षेत्र पनि सदाचारी हुन सकेन । राजनीतिका विकृति र विसङ्तीहरु यहिबाट शुरु भए । जसले सिङ्गो राजनीतिलाई धुमिल बनाइदियो ।
राजनीत्रि्रति चौतर्फी नकारात्मक टिप्पणी भइरहेका छन् । राजनीति, दल र नेताको उछितो काड्नेहरुको जमात बढेको बढ्यै छ । राजनीतिलाई खराब कार्यका रुपमा चित्रित गरिदै आएको छ । कसैले भन्या सुन्या छ राम्रो काम गर्दा राजनीति गर्‍यो भन्ने- तर कहिँकतै नराम्रो काम भयो, चित्त बुझेन वा नराम्रो नतिजा आयो वा कसैले धोका दियो भने धेरैको मुखबाट फुत्त निस्किन्छ-'यहाँ राजनीति भयो' । पछिल्लो समय राजनीति र राजनीति गर्नेहरुलाई तारिफ भन्दा गाली गर्ने नै बढ्ता देखिन थालेको छ । आफ्नो नीजि जीवनको पर्वाह नगरी सम्पर्ुण्ा समय र उर्जा राजनीतिमा लगाएकाहरुलाई पक्कै पनि वाक्क लाग्दो हो । खराब खहरेको भेलले इमान्दार राजनीति गर्नेहरुको इमान बगाइदिदा पीडा पनि लाग्दो हो । महाधिवेशनको बेला काँग्रेस नेता रामचन्द्र पौडेलले त आफ्नो पीडालाई उत्कर्षा पुर्‍याए । भने-'राजनीति, दल र नेतालाई गरिएको गाली र उछितो काडेको सम्भिmदा कहिलेकाहिँ आत्महत्या गरौं झै लाग्छ ।' भलै उनी स्वयम्ले यस्का लागि के कति गरे त्यसको लेखाजोखा होला तर यस्ता पीडाहरु औपचारिक तहमा नै राख्नु पर्ने नेतृत्वको मनोभावनाले राजनीतिको मान र शान स्खलित हुदै गएको भन्न कठिन हुदैन । धेरै राजनीतिकर्मीहरु पनि यस्तै मनोविज्ञानबाट गुज्रीरहेका होलान् ।
अहिले हरेक दलहरुले आर्थिक समृद्धि, उत्पादन र श्रम कार्यमा नेता कार्यकर्ताहरुलाई सम्लग्न गराउने, कृषिको व्यवसायीकरण, विविधीकरण, औद्योगिकरण र बजारीकरण गर्ने, पर्यटन, जलस्रोत र जडिबुटी जस्ता आय र रोजगारमूलक कार्यहरुलाई आर्थिक क्रान्तिको प्राथमिकतामा राख्ने, युवाहरुलाई स्वदेशमा नै रोजगारी र आम्दानीका अवसरहरु प्रदान गरी आर्थिक वृद्धि गर्ने, सुशासान र सदाचारलाई पर््रवर्द्धन गर्ने लगायतका आकर्ष एजेण्डाहरु अघि सारेका छन् । युवाहरुका लागि उदमशीलता र उद्यम विकासका धेरै नाराहरु अघि सारियो । हरेक सरकारले आर्थिक क्रान्तिलाई प्राथमिकतामा राखेको कुरा गरे । हरेक दलले आफ्ना दस्तावेजहरुमा आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा रुपमा अर्थ्याए । तर यसको व्यवहारिक कार्यन्वयनतर्फो इच्छाशक्ति र तयारी भने शुन्यप्राय अवस्थामा रहेको देखिन्छ । लामो समयदेखि केवल आश्वासन र दस्तावेजमा मात्रै यस्ता विषय सिमीत भएका कारण युवापुस्ताको राजनीति प्रतिको विकर्षा आएको हो । सबैको होइन आफ्नै दलभित्रका अगुवा नेता कार्यकर्ताहरुलाई मात्रै पनि एउटा स्वनिर्भर व्यक्तिका रुपमा विकास गर्न सके देशको समृद्धिमा ठूलो टेवा पुग्ने थियो । पक्कै हो-यो कुनै एउटा दर्ुइटा फर्मुला वा रेडिमेड प्याकेजका रुपमा बनाइहाल्न सकिने र लागू भइहाल्ने कुरा होइन् र रातारात सबै चट् पार्ने सञ्जीवनी बुटी पनि होइन । तर कमसेकम शुरुसम्म भयो भने यो क्रमशः विस्तार हुदै गएर एक दिन हामीले सोचेको समृद्धि र सम्मानित राजनीति स्थापित हुने थियो भन्ने हो ।
आर्थिक क्रान्ति वा समृद्धि मुखले बोलेर वा कुनै भाषणमा आएर हासिल गरिने वा सम्पन्न हुने कुरा होइन् । व्यवहार र जीवनशैलीमा देखिनु र अनुभव गरिने कुरा हुन् । राजनीतिमा होलटाइमरका रुपमा सम्लग्न ठूलो हिस्सा अहिले पनि उत्पादन वा श्रमबाट टाढा नै रहेको छ । आर्थिक रुपमा स्वनिर्भर नभएपछि विभिन्न स्वार्थ समूहका पछि कुद्नु पर्ने वा त्यसकै गोटी हुनु पर्ने बाध्यात्मक विडम्बना छदै छ । यसले राजनीतिलाई समृद्ध राष्ट्र बनाउने पवित्र सेवाबाट विमुख गर्राई अनुचति कमाउ गर्ने माध्यमका रुपमा विकृत बनाउदै लगेको छ । त्यसैले राजनीतिलाई जनताको नजरमा भरोसायोग्य सम्मानित सेवाका रुपमा कायम गरीराख्ने हो भने राजनीतिक दल, नेता र कार्यकर्ताहरु पनि एउटा असल 'रोलमोडेल'मा रुपमा स्थापित हुनु पर्ने हुन्छ । हरेक दलका नेता कार्यकर्ताहरुको व्यक्तिगत जीवन चलाउने र परिवार पाल्ने निश्चित उद्यम वा व्यवसाय हुन अनिवार्य बनाऔं । बरु ज्ञान, सीप, प्रविधि र स्रोतको पहुँच बढाउन पहल गरीदिऔं । आम मान्छेले आफ्ना छोराछोरीलाई पनि फलानो नेता जस्तै असल मान्छे हुनु, असल भएर समाज र देशको सेवाका लागि राजनीतिमा लाग्नु भनेर आफ्ना छोराछोरीलाई भन्ने अवस्थाको विकास गरीनु पर्दछ । त्यो भनेकै राजनीतिलाई सामाजिक आर्थिक विकास र जनताको जीवनयापनलाई सुधार गर्ने दिशामा प्रत्यक्ष लगाउनु हो । समाजको आदर्श व्यक्तिका रुपमा राजनीतिकर्मी स्थापित भएपछि राजनीति आफै सम्मानित हुनेछ । जनताको विश्वास र भरोसा बढ्नेछ ।
राजनीतिक दलहरुले आफ्ना एजेण्डा, प्रभाव र सङ्ठनको बारेमा विभिन्न तहमा आयोजना गर्ने राजनीतिक अभियान वा प्रशिक्षणहरुमा उत्पादन वृद्धिका विषयवस्तुहरु समेटिनु पर्दछ । कृषि, पर्यटन र सीप विकास सम्बन्धी विषयमा आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिइयो भने मात्रै त्यो देशलाई काम दिने हुन्छ । मैले केवल उदाहरणका लागि मात्रै यहाँ उल्लेख गर्न खोजेको हुँ । ताप्लेजुङ जिल्लामा कुनै राजनीतिक दलले आफ्ना सदस्यहरुका लागि कुनै प्रशिक्षण गराउदै छ भने त्यहाँको जीविकोपार्जनको एउटा मुख्य आधार अलैंची खेती प्रविधिलाई परिस्कृत र व्यवसायिक गर्ने, त्यहाँका अलैंची किसानका समस्यालाई हल गर्ने विषयवस्तुहरुलाई समेत सङ्गठन निर्माणको तालिकामा समावेश गर्दा नै आर्थिक समृद्धिसँगै राजनीत्रि्रतिको जनभरोसा बढ्नेछ । त्यसैगरी इलाममा नगदेबाली र पशुपालनको कुरा होला, पाँचथरमा जडिबुटीखेती, सिन्धुलीमा जुनार र तरकारीखेती, चितवनमा गाई र कुखुरापालन आदि हुन सक्ला । कुनै जिल्लामा ग्रामीण वा सामुदायिक पर्यटन विकासको कुरा हुन सक्छ । व्यवसायीहरुका लागि बजारीकरणको कुरा हुन सक्छ । शिक्षकहरुका लागि कसरी असल शिक्षण गर्ने विषय अटाउन सक्छ । विविध पेशा र व्यवसायका उन्नयनका विषयवस्तुहरुलाई समेट्न सकिन्छ । युवाहरुलाई उद्यमशीलता विकास, स्वदेशमा नै रोजगारीको सिर्जना, व्यवसायिक अवसरहरुको खोजी, प्रविधि र सीपको विकास एवम् व्यवसायीकरण र श्रम प्रतिको सम्मान लगायतका विषयहरुमा प्रशिक्षित गरेर आर्थिक आत्मनिर्भर बनाउन सकिन्छ । यसका लागि दलहरुले तत् तत् विषयका विज्ञ र अनुभवीहरुलाई परिचालन गरेर अभियान नै चलाउन सकिन्छ । देशको समृद्धिभित्र दल र नेताको समृद्धि अटाउँछ । यसले राजनीत्रि्रति आम मान्छेको आकर्षा र भरोसा बढ्नुको साथै सम्मानित समेत बनाउनेछ । अनि दलहरुले भनेजस्तै लाखौं कार्यकर्ताहरुलाई उत्पादन अभियानमा सम्लग्न गराउन सकिनेछ । यसले एकातिर कार्यकर्ताहरुको आर्थिक आत्मनिर्भरतामा वृद्धि भई राजनीतिलाई विशुद्ध सेवाका रुपमा अङ्गीकार गर्ने र सदाचारी जीवनशैली अवलम्बन गर्न प्रेरित गर्नेछ । राजनीतिलाई विभिन्न स्वार्थ, शक्ति र पैसाका भरमा बनधक बनाउने विकृत परिपाटीको समेत यसले न्यूनिकरण गर्नेछ । राजनीति प्रतिको आकर्षा र सम्मान पनि बढ्छ । राजनीति सङ्लो हुन्छ । राजनीति सङ्िलयो भने अरु सबै नीति र क्षेत्रहरु सुधार हुदै जान्छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...