space for add
space for add

समाचार

कुम्मायक-कुस्सायक गोल्डकपको उपाधी बिआरसी भुटानलाई

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
पा“चथर, ६ बैशाख
: बिआरसी भुटान यासोक बजारमा जारीजिल्लाको र्सवाधिक धनराशीको प्रथम कुम्मायक-कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी भएको छ । आज आइतबारको खेलमा एपीएफ दमकलाई १-० ले हराउ“दै बिआरसी भुटान विजयी भएको हो ।
आजको खेलको अधिकांश समय दुवै टिमले आक्रामक खेलेका थिए । प्रतिस्पर्धात्मक खेल भए पनि बिआरसीले एउटै मौका सदुपयोग गर्दा विजयी बन्यो । बिआरसी भुटानका बुद्द लामाले २७ औं मिनेटमा गोल गर्दा निर्ण्ाायक हुन पुग्यो ।
बिआरसीका गणेश खड्काले दिएको पासलाई लामाले जाली चुमाउन सफल भए । डिबक्स एरिया बाहिरबाट उनको चोटिलो प्रहार गोलकिपरले रोक्न सकेनन् । एपीएफका प्रदिप चौधरी र राज पौडेलका कैयन् प्रयास सफल नहु“दा हारको सामना गर्नु पर्‍यो ।
स्थानीय पृथ्वी उच्चमाविको खेलमैदानमा सुरु प्रतियोगितामा आइतबारको खेल रोचक बन्यो ।   विपक्षीलाई असफल बनाउन आक्रामक खेल्दा एपीएफको गल्ती दोहोरियो । ८५ औं मिनेटमा एपीएफका सुमन लामालाई फाउल खेलेका कारण रातो कार्ड देखाएर निस्किएपछि अन्तिमतिर रक्षात्मक बन्न पुग्यो । आइतबारको खेलको म्यान अफ दी म्याच बिआरसीका राजु मगरकोटी भए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...