space for add
space for add

समाचार

राष्ट्रिय सहकारी दिवस मनाइने

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १२ चैत :
चैत २० गतेका दिन राष्ट्रिय सहकारी दिवस इलाममा पनि मनाइने भएको छ । जिल्लाभरका सहकारी संघसंस्थाहरुको सहभागितामा दिवस मनाइन लागेको जिल्ला सहकारी संघले जनाएको छ । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ मनाइने उक्त दिवसममा राष्ट्रिय नारा अङ्कति व्यानरसहित बिहान साढे १० बजे टु“डिखेलबाट प्रभातफेरी निकालेर चोक बजार परिक्रमा गर्ने र जिविसको सभाकक्षमा पुगेर सभामा परिणत हुने कार्यक्रम संघले तयार गरेको छ ।     कार्यक्रममा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी, सहकारीमा वित्तिय गतिविधि र सहकारीमा महिला उद्यमशिलताबारे कार्यपत्रहरु प्रस्तुत हुने संघका अध्यक्ष नरेन्द्रनाथ भट्टर्राईले जानकारी दिए । चैत १० गते सम्पन्न संघको बैठकले उक्त निर्ण्र्ाागरेको हो । सो बैठकले संघको हरेक वाषिर्क साधारण सभामा विमोचन गरिने गरी खोज तथा अनुसन्धानमूलक स्मारिका प्रकाशन गर्ने निर्ण्र्ाापनि गरेको छ । उक्त बैठकमा सहकारी डिभिजन कार्यालयका प्रमुख लालबहादुर श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि कविता सुव्वा, दूग्ध उत्पादक जिल्ला सहकारी संघका सचिव श्री पर्शुराम घिमिरे, शताव्दी बचत तथा ऋण सहकारी संघका प्रतिनिधि रविन्द्र श्रेष्ठ, चिया जिल्ला सहकारी संघका प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक इलामका प्रबन्धक उपेन्द्र दाहाल र जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...