space for add
space for add

समाचार

अस्तित्ववाद र शिक्षा

गते ००:०० मा प्रकाशित

अस्तित्ववाद र शिक्षा

गौरीशङ्कर पाण्डे
अस्तित्ववादको शिक्षा सम्बन्धमा कुनै ठोस धारणा पाइँदैन । अस्तित्ववादी दर्शन र दार्शनिकहरूका बीचमा विचारहरूको विश्लेषण गर्दा मानिसको ब्यक्तिगत विकास हुनसक्ने शिक्षा हुनर्ुपर्दछ भन्ने धारणा रहेको मान्न सकिन्छ । अस्तित्ववादले समूहगत कार्य र पर्ूवनिर्धारित कार्यहरूलाई स्वीकार्दैन । ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रता अनुरुपको शिक्षा हुनर्ुपर्दछ भन्ने यस दर्शनको आशय पाइन्छ । अस्तित्ववादीहरू मृत्युलाई अन्तिम मान्दछन् र मृत्युपछि केही छैन वा केही हुँदैन भन्ने धारणा राख्दछन् । अतः मृत्युप्रति सजग र सचेत रहनु भनेको बाँचुञ्जेल राम्रो काम गर्न सकूँ भन्ने हो । त्यसैले शिक्षकले विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्नर्ुपर्छ । शिक्षा अरुको भलाईका लागि हुनर्ुपर्दछ । मानिस सामाजिक प्राणी हो । ऊ समाजमा क्रियाशील रहन्छ । अतः मानवीय सम्बन्ध राम्रो हुन सक्ने, समाजमा राम्रो अन्तरक्रियाशील रहन्छ । अन्तक्रिर्या हुनसक्ने र सँस्कृतिको विकासमा सहयोग पुर्‍याउन सक्ने शिक्षाको अपेक्षा यस दर्शनभित्र रहेको आभास पाइन्छ । मानिसले आफ्नो अस्तित्वको पहिचान गर्न विकास गर्न र सामाजिक विकृतिको विरोध गर्न सक्नर्ुपर्दछ । यसका लागि आध्यात्मिक र नैतिक रुपबाट ब्यक्तिले 'सेल्फ रियलाइजेशन' र 'सेल्फ नलेज'को विकास गर्न सक्नर्ुपर्दछ । अतः आद्यात्मिक र नैतिक रुपबाट 'रियल नलेज' प्राप्तिको शिक्षा यस दर्शनको चाहना देखिन्छ । शिक्षा मानव जीवन र ब्यक्तिगत विकासका लागि हो । यसका लागि 'अब्जेक्टिभिटी'मा आधारित नभई 'सब्जेक्टिभिटी'का माध्यमबाट शिक्षा दिनसक्ने वातावरणको निर्माण यस दर्शनको चाहना मान्न सकिन्छ । विज्ञान, औद्योगिक विकास, बौद्धिकताको आलोचक यस सिद्धान्तले धार्मिक विकासको शिक्षामा जोड दिने आशय राखेको पाइन्छ ।
अस्तित्ववादीहरू परीक्षा प्रयोग, तार्किक क्षमता जस्ता कुनै कुरालाई मान्दैनन् । उनीहरूका भनाईमा ब्यक्तिको भावनालाई ज्ञानले छुन सक्नर्ुपर्दछ । ज्ञान एक क्रियाशील प्राणी हो । अतः आफूले सिकेको कुनै पनि शिक्षा आफ्नो अस्तित्वको खोजीमा लगाउनु पर्दछ । यसले गर्दा ब्यक्तिको ब्यक्तित्वको विकास हुनसक्छ । ब्यक्तिमा अन्तरनिहीत प्रतिभाको प्रष्फूटन हुने गर्दछ । ब्यक्तिले आफ्नो स्वको पहिचान गर्दछ । ब्यक्तिले जब ज्ञान प्राप्त गर्दछ, ब्यक्तित्वको विकास गर्दछ र उसले स्वतन्त्रताको प्राप्ति गर्दछ । शिक्षालाई अस्तित्ववादीहरूले साध्यको रुपमा नभई साधनको रुपमा स्वीकारेको देखिन्छ । किनभने जब ब्यक्तिले ज्ञान प्राप्त गर्दछ । उसले अज्ञानता र पक्षपातको बिरोधमा आवाज उठाउन सक्दछ । जब उसमा अज्ञानता रहँदैन, उसले म को हुँ - मैले के काम गर्नुपर्दछ - जीवन के हो - मृत्यु के हो - ब्रहृमाण्ड के हो - अस्तित्व के हो - जस्ता गहनतम् सवालहरूको समाधान गर्न सक्दछ । अतः शिक्षा 'म'को पहिचानका लागि हुनर्ुपर्दछ भन्ने यस दर्शनको आशय देखिन्छ ।
यस दर्शनको केन्द्रबिन्दु मानिस हो । त्यसैले शिक्षा ब्यक्तिकेन्द्रित हुनर्ुपर्दछ । पर्ूवनिर्धारित कुराहरू समावेश गरिनु हुँदैन । ब्यक्तिका आवश्यकता र उसका इच्छा अनुसारका विषयहरू प्ाठ्यक्रममा समावेश गरी पाठ्यक्रम विद्यार्थीकेन्द्रीत बनाइनु पर्दछ । पर्ूवनिर्धारित कुराहरूको विरोधको विश्लेषण गर्दा पाठ्यक्रम विद्यार्थीनिर्मित हुनर्ुपर्दछ भन्ने आशय यस दर्शनको रहेको मान्न सकिन्छ । किनभने यस दर्शनले भनेअनुसार मूल्य र मान्यता ब्यक्तिका सूचीमा भर पर्दछ । अतः आफ्ना मूल्यहरूको, रुचीहरूको र आवश्यकताहरूको छनौट गर्न विद्यार्थी स्वयम्ले मौका पाउनु पर्दछ । यस दर्शनअनुसार आफ्ना लागि स्वीकार हुने मूल्य र मान्यताहरूको छनौट गर्न ब्यक्तिले पाउँदैन भन्ने त्यस हिक्षाको कुनै अर्थ रहँदैन ।
अस्तित्ववादले मउत्यु, जीवनको नैराश्य डर, भय, त्रास आदि पक्षहरूलाई पनि मानिसका लागि महत्वपर्ूण्ा दान्दछ । त्यसैले यस्ता संवेगहरू जसले सिकारुलाई स्वीकार्यमा क्रियाशील बन्न प्रेरित गर्न सकून् त्यस्ता कुराहरू पाठ्यक्रममा समावेश हुनुपर्ने कुराहरूको मान्यता राखेको मान्न सकिन्छ ।
यस दर्शनले विश्वब्यापी शिक्षाको विरोध गर्दछ । शिक्षा सबैलाई समान रुपमा दिनर्ुपर्दछ भन्ने कुराको विरोध गर्दै ब्यक्ति ब्यक्ति अनुसार शिक्षा दिने कुरामा जोड दिन्छ । मानिसका स्वाभावहरू, रुचीहरू आवश्यकताहरू र प्रतिभाहरू Kmरक फरक हुनसक्छन् । त्यसैले शिक्षण विधीपनि ब्यक्तिवादी रुपमा फरक फरक हुनसक्छन् । समूहगत कार्यले ब्यक्तिगत क्षमता र विशेषतालाई वास्ता गर्दैन । त्यसैले सामूहिक शिक्षा दिने हो भने ब्यक्तिका फाइदाका लागि हुनर्ुपर्दछ । शिक्षा प्राप्त गर्ने शिकारुलाई घरको वातावरण र विद्यालयको वातावरण दुवै स्वतन्त्र हुनर्ुपर्दछ भन्ने यस दर्शनको आशय पाइन्छ ।
समाजमा मानिसले आफ्नो स्वको अस्तित्वको मान्यता पाउन सकेको छैन । यसबेला उसले अरुका विश्वासहरू मात्र चेतन वा अवचेतनबाट सिकिरहेको छ । मानिसको आत्मा यस किसिमबाट 'रिस्युटस्' र 'अन स्टेबल' बनेको छ कि उसले शान्ति प्राप्त गर्न सकेको छैन । त्यसैले यो शान्तिको अचम्मको खोजीको दर्शन हो कि यसले सम्पर्ूण्ा पद्दतिहरूद्वारा निर्मित एकदलीयपनाबाट दबिएको ब्यक्तिको सेल्फ को जागरण गराउन चाहेको छ । यसले पुराना दर्शन र विश्वासलाई लुप्त गरी नयाँ विश्वासको जागरण गराउन चाहन्छ ।
इसप्रकार शैक्षिक दृष्टिकोणबाट भन्नुपर्दा यस दर्शनले शिक्षाद्वारा पर्ूण्ा मानवको विकास गराउन चाहन्छ । मानिस स्वतन्त्र हुन पाउनु पर्दछ र उसले स्वतन्त्र रुपबाट 'सेल्फ रियलाइजिङ' र 'बिइङ' को प्राप्तिको शिक्षा पाउनु पर्दछ । यसप्रकार स्वतन्त्र बनी सेल्फ को विकास गर्नसक्ने शिक्षाबाट मानिस समाजका लागि मूल्यवान ब्यक्ति बन्न सक्तछ । अतः मानिसलाई उसको लक्ष्य प्राप्तिमा चेतनायुक्त बनाउनु शिक्षाको प्रमुख लक्ष्य रहेको हो । (लेखक ताप्लेजुङ खेवाङका स्थायी बासिन्दा हुनुहुन्छ ।)


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...