समाचार

सबैका लागि पर्यटन

गते ००:०० मा प्रकाशित

 विष्णुप्रसाद काफ्ले

पर्यटक हुनका लागि मानिसको उमेरले छेक्दैन अर्थात् पर्यटकको पहिचानमा उसको उमेर हद हुँदैन । यो हामी सबैले देखे जानेको, भोगेको र सुनेकै कुरा हो । सात समुन्द्रपारीबाट आउने पर्यटकहरू असी वर्ष नाघेका बृद्धबृद्धा देखि अधवैशे, युवायुवती र केटाकेटी सबै उमेरका रहेको पाइन्छ । बरू उसको आर्थिक क्षमता, शारीरिक अवस्था, स्वास्थ्य, चाहना, जोश जाँगर र रहरले पर्यटक भएर विश्वका कुना कन्दारा सम्म पु¥याउँछ । उमेरसँगै मानिसको जाति, धर्म, संस्कृति वा पेशाले समेत पर्यटक बनेर देशाटन गर्न रोक्दैन । यसमा कुनै प्रकारको विभेद वा भेदभावसमेत पाइँदैन । पर्यटक भएर आपूm बसे भन्दा अन्यत्र जाने होस् वा देश विदेश घुमघाम गर्र्ने मानिसका सौखका विषय पनि हुन् । आफ्नो जीवनकालमा मेहनत गरेर आर्जन गरेको आम्दानीलाई आफ्नो बासस्थान वा कर्मथलो भन्दा बाहिर गएर विशेष आनन्द र सन्तुष्टिसँग विनिमय गर्ने क्षेत्र हो पर्यटन ।
पर्यटकको पहिचान जस्तै यसको व्यवसाय पनि सबैको लागि समान अवसरको ढोका हो । यसका व्यवसायी जो पनि हुन सक्छन् । पर्यटन एउटा बहुसेवामुलक व्यवसाय अर्थात उद्यम भएकाले यसमा खास कुनै वर्ग, क्षेत्र, लिङ्ग, जाति, पेशा, धर्म, संस्कृति वा उमेरको सिमा समेत रहँदैन । बरू पर्यटकले सरल, सहज र राम्रो सेवाका लागि कसले कति गर्न सक्छ अर्थात् कसले के गर्दा राम्रो हुन्छ भत्रे सम्मको कुरा महत्वपूर्ण हुन सक्छ । अनि पर्यटकका लागि के कस्ता मौलिक र विशेष आकर्षण र सेवाहरू पस्कन सक्छ ? यसको बढी स्थान हुन्छ । पर्यटन एउटा आर्थिक क्रियाकलाप पनि हो । पर्यटकहरूलाई सम्मान र सत्कारपुर्वक आफ्नो सेवा बेचेर कमाउने व्यवसाय पर्यटन हो । एउटा उत्पादनमुलक आर्थिक क्रियाकलापलाई सहज र व्यापक बनाएर लैजान व्ययवसायीमा उद्यमशीलता र लगानी आवश्यक पर्दछ । उद्यमशीलता र लगानीका स्रोत भनेका निजी क्षेत्र र यसका सरोकारवालाहरू हुन् । सामाजिक क्षेत्र, वा नागरिक समाजले यसका लागि अनुकुल वातावरणको सिर्जना गर्ने र प्रवद्र्धनका कार्यमा सहभागिता जनाउने मात्रै हो । सरकारले चाहि पर्यटन उद्योगबाट अरू आर्थिक क्षेत्र सरह राजस्व सङ्कलन गर्ने हुँदा पर्यटन व्यवसायका लागि उपयुक्त नीतिगत तारतम्य मिलाइदिने, शान्ति सुरक्षाको सुुनिश्चितता र खास ठूला पुर्वाधारहरूको व्यवस्था गरिदिने हो ।
पर्यटन व्यवसायको सुरूवात गर्न होस् वा सञ्चालन गर्न होस् खास कसैका लागि छेकाबार यसमा छैन । स्रोत, उद्यमशीलता, लागनीको आँट र व्यवसाय प्रतिको समर्पित सकारात्मक दृष्टिकोण भएका सबैलाई पर्यटन व्यवसायले अटाउन सक्छ । तर पर्यटन जस्तो सम्बेदनशील व्यवसाय एकै चोटी कुनै उद्योग खोलेर भटाभट समान उत्पादन गरी बजार पठाएर मुनाफा हात लगाए जस्तो हुँदैन । सधै आफ्नो काबु भित्र पनि हुँदैन यो व्यवसाय । पर्यटन व्यवसायमा उनान्सय राम्रा कार्यलाई एकाध नकारात्मक कार्यले तेजोबध गरीदिन सक्छ । अनि सयौं सत्कार र सम्मानलाई एकाध गल्तीले निमिट्यात्र पारीदिन सक्छ । अनि यस्ता नकारात्मक हल्लाहरू हावा जस्तै क्षण भरमै उडेर जान सक्छन् । यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष लाग्ने वा सरोकार राख्नेले यी कुराहरूलाई हमेशा ग्रहण गरी राख्नु पर्ने हुन्छ ।
पर्यटन व्यवसायका लागि गाँउ या शहरको समेत विभेद हुदो रहेन छ । शहरका आफ्ना विशेषता छन्, सेवा सुविधा र वातावरणहरू छन् । उसरी नै ग्रामीण क्षेत्रका पनि आआफ्नै विशेषता, मौलिकता र सेवा सुविधाहरू हुन्छन् । शहर र गाँउमा आउने पर्यटकका इच्छा आकांक्षा र उद्देश्य पनि फरक फरक रहेका हुन्छन् । व्यवसायिकता होस् वा निर्वाहको माध्यम दुवैमा पर्यटन उत्तिकै अटाउन सक्छ । सामाजिक दृष्टिबाट हेर्ने हो भने पनि बृद्धबृद्धा, अधवैशे, युवायुवती देखि केटाकेटी सबैले पर्यटकीय सेवा सत्कारमा आ–आफ्नो भूमिका दर्शाउन सक्छन् । आखिर पर्यटन भनेको सत्कार र सेवाको ब्यापार न हो । सबैका लागि केहि न केहि गर्न सक्ने क्रियाकलापहरू र संस्कृतिलाई यो व्यवसायले सङ्गालेको हुन्छ । प्रचारप्रसार, यातायात, आदर सत्कार, पथप्रदर्शक, होटल, घरबास (होमस्टे), पेशा व्यवसाय, जीवनशैली, खानपीन, रितिरिवाज, नाचगान, मनोरञ्जन, खेलकुद, भेषभुसा, संस्कृति आदि सबैलाई पर्यटन व्यवसायमा सम्लग्न गराउन सकिन्छ ।
पर्यटन एउटा संस्कृतिको प्रतिविम्ब पनि हो । बाहिरबाट आउने पर्यटकहरूलाई गन्तब्य स्थान, समुदाय वा क्षेत्रको संस्कृतिले मुल प्रभाव पार्ने गर्दछ । प्राकृतिक, भौगोलिक, सामाजिक वा आर्थिक क्रियाकलापहरूलाई असल संस्कृतिका साथ प्रस्तुत गर्न सकियो भने पर्यटकका माझमा सकारात्मक छाप छोड्न सकिन्छ । व्यक्ति, परिवार, समुदाय, समाज, व्यवसायी वा सरोकारवालाको व्यवहार असल पर्यटन संस्कृतिका आधारहरू हुन् । पर्यटक, पर्यटकीय सम्पदा, आकर्षण र उपजहरू अनि पर्यटन व्यवसाय प्रतिको सकारात्मक सोचले असल पर्यटन संस्कृतिको निर्माण गर्न मद्दत गर्दछन् । यसैबाट कुनै ठाँउको पर्यटन प्रवद्र्धन र विकास हुन सक्छ ।
हाम्रो जस्तो ग्रामीण जीवनशैलीको बाहुल्यता रहेको देशमा ग्रामीण मौलिकता, शैली र रूचिको पर्यटन व्यवसाय सान्दर्भिक र लाभदायक हुन्छ । विकशित र शहरीया पृष्ठभूमिबाट आउने पर्यटकका लागि हाम्रो ग्रामीण जीवनशैली, खानपान, भेषभुसा, संस्कृति, रितिरिवाज, परम्परा, पेशा व्यवसाय प्राकृतिक सम्पदा, भौगोलिक स्वरुप र वातावरण चाखको विषय हुने गर्दछ । ग्रामीण परिवेशबाट आउनेका लागि शहरी विकास, वातावरण, पुर्वाधार, परिवेश, जीवनशैली, खानपान र सरसुविधाहरू प्राथमिकतामा पर्न सक्छन् ।
पर्यटन आर्थिक विकासको एउटा रणनीति भएकाले जनशक्ति उत्पादन, परिचालन, क्षमता विकास, स्रोतव्यवस्थापन, आर्थिक उपार्जन र रोजगारीको सिर्जना जस्ता विकासात्मक प्रतिफल र प्रभावलाई ध्यान दिन आवश्यक हुन्छ । समग्र पर्यटन चक्र ९त्यगचष्कm ऋथअभि० लाई विकासको यस अभियानसँग जोड्न सकेमा मात्रै आर्थिक विकासको एउटा खम्बाका रुपमा पर्यटनलाई स्थापित गर्न सकिन्छ । एउटा पर्यटक आउँदै गर्दा हवाई र स्थल यातायात, भ्रमण सञ्चालक, होटल, पथप्रदर्शक, समुदाय, किसान, ब्यापारी, परिवार र व्यक्ति सबैलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुगीरहेको हुन्छ । बरू यी विभित्र तहका सरोकारवालाहरू वीच लाभको न्यायोचित बाँडफाँड र वितरणको सुनिश्चितता गर्न सक्नु पर्दछ । यस्ता कार्यले हाम्रो जस्तो कम विकशित र ग्रामीण बाहुल्यताको देशमा सहभागितामुलक पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउदछ ।
इलाममा पर्यटनका सैद्धान्तिक छलफल, बहश र सपना नयाँनौला छैनन् । ठोस् नतिजा र परिवर्तनलाई यथार्थमा परिणत नगरे सम्म केहि नहुने रहेछ । अनि परिवर्तनको सुरूवात नयाँ सोच, नयाँ उत्साह र नयाँ थालनीबाटै सम्भव हुन्छ । नयाँ सोच, जोश, जाँगर र कार्यको थालनी गर्न समाजका उत्पादनशील उर्जा युवाहरूको सहभागिता र संलग्नताबाट सहजै सफलता हासिल गर्न सकिन्छ । पर्यटन जस्तो व्यापक र बहुमुखी उद्योगमा पनि युवाको सिर्जनात्मक र उत्साहित साझेदारीबाट समाज, समुदाय र क्षेत्रमा पर्यटकीय संस्कृतिको विकास गर्न सम्भव हुन्छ । अनि सधै परम्परागत आँखाबाट मात्रै र एकाध निर्वाहमुखी नजरबाट हेरिदै आएको ग्रामीण पर्यटनलाई ग्रामीण अािर्थक विकासको नवीन दृष्टिले हेर्ने अवसर प्राप्त हुन्छ ।
पर्यटनका यी र यस्ता अवधारणाहरूको बारेमा स्थानीय ग्रामीण समुदाय र प्रत्यक्ष अप्रत्यक्ष रूपमा पर्यटन व्यवसाय र क्रियाकलापमा सरोकार राख्नेहरूका लागि सचेतना अभिबृद्धि गर्न इलामका केहि युवाहरूको सामाजिक संस्था इलाम युनेस्को क्लवले घरबास अर्थात् होम स्टे ९ज्यmभ क्तबथ० पर्यटन व्यवस्थापन तालिमको आयोजना गरेर इलामको पर्यटन विकासमा युवाहरूको साझेदारी पनि रहेको छ भत्रे सन्देश दिएको छ । प्रतिकात्मक रूपमा इलामका पर्यटकीय सम्भावनाका दृष्टिले उर्बर मानिएका माइमझुवा र सिद्धिथुम्का गाविसमा एक दिवशीय तालिमहरू सम्पत्र भइरहँदा विषयवस्तुमा मात्रै होइन समग्र पर्यटन प्रवद्र्धन र विकास प्रतिको स्थानीय धारणाहरू समेत अभिलेखिकृत भएका छन् । ति स्थानहरूमा भएका छोटाछरिता अन्तरक्रियाहरूबाट हामीले अबका दिनमा सहभागितामूलक दिगो सामुदायिक पर्यटनको विकास गर्न सक्छौं भत्रे शुभ सङ्केत मिलेको छ ।
प्रत्येक दिन सयौंको सङ्ख्यामा युवाहरू विदेशिएर सिङ्गो गाँउ नै रित्तो हुने अवस्था आइरहेको सन्दर्भमा पर्यटन प्रवद्र्धनका लागि युवाहरू सुरू गरेको होम स्टे पर्यटन विकासको अभियान सबै युवाहरूका लागि अनुकरण र अनुरशरण गर्न योग्य रहेको छ । इलाम युनेस्को क्लवले आयोजना गरेका ति तालिमहरूमा युवायुवतीको उल्लेख्य उपस्थितिमा थिएन अब युवाहरूले यस क्षेत्रमा केहि गर्नु पर्दछ भत्रे उत्साह पनि उत्तिकै थियो । पर्यटनमा यातायात, भ्रमण सञ्चालन, पथ प्रदर्शन, होटल, स्थानीय मौलिकताको पर्यटकीय प्रयोग, पदयात्रा सञ्चालन, पर्यटक केन्द्रीत स्थानीय उत्पादनहरूको प्रवद्र्धन आदिका क्षेत्रमा युवाको सम्लग्नताले स्वरोजगार र आयआर्जन दुवै हात लाग्न सक्छ । युनेस्को क्लवको पर्यटन प्रवद्र्धनको यो अभियानमा जिल्लाका पर्यटकीय गन्तब्यहरूको प्रवद्र्धनात्मक सामग्री उत्पादन, प्रचारप्रसार, भ्रमण र पदयात्राका प्याकेजहरू निर्माण, बजारीकरण, नमुना पर्यटकीय गाँउको थालनी, स्थानीय पयटनकेन्द्रित मौलक उत्पादन, स्थानीय भेषभुसा, रितिरिवाज र संस्कृतिको प्रवद्र्धनका कामहरू थप गर्न सके सिङ्गो पर्यटन उद्योगलाई माथि उकास्न सकिन्छ ।
राम्रो सुरूवात् नै सकारात्मक उपलब्धीको कडी हो । तर पर्यटन विकासमा सुरूवात भएको युवा साझेदारी र सहभागितालाई नतिजामुखी बनाउन पर्यटन व्यवसायप्रति युवाको सचेतना, क्षमता विकास, उद्यमशीलता अभिबृद्धि, व्यवसायिक योजना, लगानीको वातावरण निर्माण एवम् सबै क्षेत्रको हौसला, सहयोग र साथको खाँचो रहेको छ । परम्परा र परिवर्तनको दोशाधमा उभिएको इलामको पर्यटन उद्योगलाई युवाको सहभागिता र जोशजाँगरले पक्कै पनि नयाँ उचाईमा पु¥याउन मद्दत गर्ने छ । भनाईमा भन्दा गराईमा विश्वास गर्ने उमेर समूह युवा नै हो । युवाले गरेर देखाएपछि समाजका सबै वर्गलाई क्रमशः यसैको पछि लाग्न एउटा उत्साह थपिने निश्चित छ । आखिर पर्यटन सबैका लागि अवसरको ढोका हो । इलाम युनेस्कको क्लवको यो सिर्जनात्मक अभियान सफलताको शुभकामना ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...