space for add
space for add

समाचार

जेष्ठ नागरिक र वर्तमान अवस्था

गते ००:०० मा प्रकाशित

जेष्ठ नागरिक र वर्तमान अवस्था

  युवराज खनाल

जेष्ठ नागरिक जीवनको एउटा महत्वपूर्ण तथा एक जटिल अवस्था हो । उनीहरुको माध्यमबाट समाजका हरेक सामाजिक मूल्य मान्यता र अनुभवहरु पनि नयाँ पुस्तामा सम्प्रेषण भई समाजमा केही मानविय मूल्य मान्यता अवलम्बन गर्न सकिन्छ । मानिस एउटा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । उसले गरेका हरेक पक्षहरु एकदमै मानविय हुनु अत्यन्त आवश्यक छ । मानिस जन्मेपछि एकदिन अवश्य मुत्यु हुन्छ तर त्यसभन्दा पहिले मानिस जन्मेपछि बाल्यावस्था किशोर अवस्था हुँदै हुँदै बृद्धावस्थामा आइपुग्दा एउटा ज्यादै लामो यात्रा पार गरिसकेको हुन्छ । हरेक मानिसले जिउने तरिका भोगाई फरक होला कसैले दुःख कष्ट र संघर्षपूर्ण जिवन जिउँला त कसैले दुःख सयल साथै आनन्दपूर्ण जिवन यापन गर्ला जसमा सबैभन्दा कमजोर अवस्था भनेको बृद्धावस्था हो । यो अवस्था पनि दुई प्रकारको देखिन्छ । एउटा त सक्रिय अवस्था र अर्काे निष्कृय अवस्था यसरी हेर्दा शारीरिक र मानसिकरुपमा पनि अनि कमजोर भईसकेको अवस्था हो । बढ्दो जनसंख्या बृद्धिका कारण बेरोजगारी समस्या दिनदिनै बढिराखेको अवस्था छ । जसका कारण घरपरिवारका छोराछोरी रोजगारीका शिलशिलामा कोही व्यापार गर्न कोही आफ्नो जागिर र कोही बैदेशिक रोजगारीका क्रममा घरबाट टाढा जानुपर्ने हुन्छ । त्यसको कारण पनि जेष्ठ नागरिकहरुले एक्लो महशुस गरेको अवस्था देखिन्छ । हाम्रो समाजमा दिन प्रतिदिन जेष्ठ नागरिकहरुको संख्या बढ्दै गइरहेको छ । यसरी बढ्दै गइरहेको संख्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा वर्तमान समयको चुनौती बन्दै गइराखेको अवस्था छ । उनीहरुलाई माया ममता र उचित हेरचाहको अभावमा कयौँ जेष्ठ नागरिकहरु मन्दिर बृद्धाश्रम जस्ता स्थानमा शरण लिई जिवन जिउन बाध्य भइरहेको अवस्था छ । यसरी कष्टपूर्ण जिवन विताउन बाध्य जेष्ठ नागरिकहरुलाई उचित व्यवस्थापन गरी उनीहरुलाई सहजरुपमा जिवन यापन गर्न सहज वातावरणको सिर्जना गर्नु वर्तमान अवस्थामा महत्वपूर्ण कार्य हो । जसरी देशका पुराना सम्पदाहरु ऐतिहासिक सम्पदा हुन्, त्यस्तै जेष्ठ नागरिकहरु पनि हाम्रो देशका एक ऐतिहासिक धरोहर हुन् । एकातिरबाट हेर्दा अलि शारीरिकरुपमा कमजोरी अवस्था यस उमेरमा आइपुगेछ जेष्ठ नागरिकहरुले कुनै जायज माग राख्नु यहाँ कुनै संवोधन नभएको देखिन्छ । नत उनीहरुले तोडफोड ढुंङ्गामुढा लाठीमुङग्री चक्काजाम गर्न सक्छन् यसरी शान्तिपूर्ण माग राख्ने बल प्रयोग गर्न नसक्ने यस अवस्थाका उनीहरुको माग संवोधन नभएको अवस्था छ ।
    राजनैतिक पार्टी, सरकारी कार्यालय तथा गौर सरकारी कार्यालयकै कार्यक्रममा हेर्ने हो भने उनीहरुको खासै प्रतिनिधित्व गराएको देखिदैन । यातायातको कुरामा पनि हेर्ने हो भने जेष्ठ नागरिकलाई गरिने व्यवहार फरक पाइन्छ । एउटा युवालाई गरिने व्यवहार भन्दा उनीहरुलाई गरिने व्यवहार फरक पाइन्छ । कुनै लाइनमा बस्नुपर्दा वा पालो पर्खने अवस्थामा पनि उनीहरुलाई वेवास्था गरिन्छ । यस्ता क्षेत्रमा पहिलो प्राथमिकता उनीहरुलाई दिनु आवश्यक छ । सामाजिक सुरक्षा भत्तालाई हेर्ने हो भने कर्णाली अञ्चलका र दलित जेष्ठ नागरिकहरुलाई ६० बर्षमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिन्छ । अन्य जेष्ठ नागरिकहरुलाई भने ७० बर्षमा मात्र सामाजिक सुरक्षा भत्ता प्रदान गरिन्छ । कर्णाली अञ्चल वासी जेष्ठ नागरिक,  दलित जेष्ठ नागरिक र अन्य जेष्ठ नागरिकलाई समान रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सके अझ राम्रो हुने थियो कि ?
जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ भनेर जेष्ठ नागरिक ऐन २०६३ मा उल्लेख गरिएको छ । छुट सुविधाका सन्दर्भमा सार्वजनिक सवारी साधन सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा जेष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग गर्नु गराउनु सबैको कर्तव्य हुनेछ । नेपाल सरकारले सार्वजनिक सुचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले जेष्ठ नागरिकको लागि कम्तिमा २ वटा सिट सुरक्षित राख्नु पर्नेछ । निजलाई यात्रु भाडादरमा पचास प्रतिशत छुट दिनु पर्नेछ । स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ । खानेपानी विजुली टेलिफोन लगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा जेष्ठ नागरिलाई प्राथमिकता दिनु पर्नेछ भनेर ऐनमा उल्लेख छ ।
तर आज यो ऐनमा भएको कुरा ऐनमा मात्र सिमित जस्तो छ, व्यवहारमा उत्तारिएको छैन । जेष्ठ नागरिकहरुलाई परिचय पत्र यातायातमा छुट र उनीहरुका जायज मागलाई सर्वप्रथम संबोधन गरियोस । जेष्ठ नागरिकलाई सम्मानको नाममा बर्षमा एकचोटी २÷४ जनालाई सम्मान गर्नुभन्दा सबै जेष्ठ नागरिकहरु प्रति समान व्यवहार माया, ममता र सबैले उनीहरुप्रति सकारात्मक सोचको विकास गर्नु सबैभन्दा ठुलो सम्मान हुनेछ । अनि मात्र उनीहरुको मुहारमा मुस्कान  आउनेछ ।
गाउँघर टोल समाजमा कुनैपनि झगडा वा भलाद्मीको आवश्यक प¥यो भने एक जना जेष्ठ नागरिकले बोलेको कुरा सहि हुन्छ । तर सरकारी तथा गैरसरकारी संस्थाहरुमा कुनै समिति बनाउनु प¥यो भने नत जेष्ठ नागरिक प्रतिनिधित्व हुन्छ नत उनीहरुले बोलेकै कुरा लागू हुन्छ । यस्ता निकायहरुमा पनि जेष्ठ नागरिकलाई समेट्न सके अझ राम्रो हुने थियो कि ?
आजको युवा भोलिको जेष्ठ नागरिक हुन, त्यसकारण युवा बर्गले पनि जेष्ठ नागरिक प्रति सचेत रहनु आवश्यक छ । वर्तमान अवस्थामा जेष्ठ नागरिकलाई सम्मान गर्ने उनीहरुलाई राम्रो व्यवहार, समान व्यवहार, हेरचाह गर्ने व्यक्तिलाई चाँहि प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्न सके जेष्ठ नागरिकलाई अझ सहजपूर्ण वातावरण उत्पन्न हुने थियो । त्यसैले सचेत रहौँ, सजग वनौँ जेष्ठ नागरिकलाई सम्मान गरौँ ।
                                                                                                                                   देउमाई नगर पालिका–१

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...