space for add
space for add

समाचार

सकारात्मक सोचको सेरोफेरो

गते ००:०० मा प्रकाशित

सकारात्मक सोचको सेरोफेरो

विजयराज पौड्याल
वि.स. २०६२÷६३ को जन आन्दोलन पश्चात नेपालमा संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालको अन्तरिम संविधान २०६३ जारि भयो । यतिबेला नेपालको संविधान प्रारम्भीक मस्यौदा २०७२ तयार भै सो उपर निर्णायक छलफल जारि छ ।  अव यो “मस्यौदा” शब्द हटी नयाँ संविधान जारि हुन अझ उपयुक्त वातावरण निर्माणमा नै जोड दिनु पर्दछ जसको पहिलो शर्त हो—सकारात्मक सोच र सोहि अनुरुप व्यवहार ।
संविधान निर्माण पश्चात सोहि वमोजिम हरेक क्षेत्रको मौजुदा ऐन, नियमावली, निर्देशिक, मार्गदर्शन, दिग्दर्शन निर्माण र अनुभवका आधारमा समसामयिक परिमार्जन पनि जरुरि छ । तर यहाँ के देखिएको छ भने कुनै एउटा ऐनवाट कार्य अगाडि वढाइरहेको अवस्थामा अर्को ऐन तर्जुमा गरेर एक आपसमा बझाउने गरिएको छ जस्ले जन विश्वास गुम्दै गएको अवस्था छ । त्यसैगरि, क्षेत्रगत ऐन र कानुनलाई वलियो वनाएर उपलब्धी हासिल गर्नु पर्ने बेलामा सोलाई निस्कृय र तेस्रो ऐन सकृय पार्ने कार्यले जिम्मेवारी निभाउन अप्ठेरो परेको सम्बद्घपक्ष वताउछन् । यो सवै समाजमा भएकै नकारात्मक सोच भएका व्यक्तिहरुको सोचको उपज हो । सकारात्मक सोधखोज नामक पुस्तकका लेखक डा. चण्डी प्रसाद चापागाई भन्छन् “व्यक्ति, संगठन, समाज र राष्ट्र विकासको आवश्यकतालाई टेवा  पु–याउने काममा सकारात्मक सोधखोजको सकल्प र अभ्यास आवश्यक छ” ।
व्यक्ति व्यक्ति मिलेर एक घरपरिवार र  दुइ वा दुइभन्दा वढि घरपरिवार मिलेर संगठन र समाज वन्दछ । हाम्रो समाज  वर्गिय, लैंगिक, जातिय मात्र होइन रंगका हिसावले पनि फरक फरक रहेको पाइएता पनि यहि विविधता बीच समाजमा कुन मानिस कुन वस्तुका कारण सफल र उन्नती गर्न सक्दछ ? यो विषय जति जटिल छ, त्यति नै सहज र सरल पनि छ, यदि सकारात्मक सोचका साथ बोली, व्यवहार अगाडि वढायौ भनें ।
पंक्तिकार एक पटक हाट बजारमा जाँदा एक जना सानीनानीले उतिसंगै रहेका आपmनो बुवालाई विभिन्न थरीका रंग र साइज भएका बेलुन माथि उडिरहेको देखेपछि सोधिन, “बुवा, ति वेलुन के कारणले माथि उडिरहेको छन् ?” । बुवा अलमलमा परे ।  उनी संगै रहेकि उनकि आमाले छोरिको जिज्ञासालाई तत्काल सम्बोधन गर्दै भनिन् “नानि, ति वेलुनहरु त वेलुनको रंग वा साइजका कारण माथि उडेका होइनन्, ति त बेलुन भित्रको वस्तु अर्थात हेलियमले गर्दा माथि उडेका हुन्” । फेरि साथमै रहेको उनको दाजुले थपे,“ होतनि, यो त मानिसमा पनि मिल्दछ, होइन त आमा, मानिस भित्र भएको चिजले मानिस उभो लाग्दछ, नकि कालो वा गोरो, व्राम्हण वा दलित, महिला वा पुरुष, गरिव वा धनि ” । अन्तमा, वुवाले पनि “सोचाइले नै मानिसको उन्नती वा प्रगति भएको हो, सकारात्मक सोच नै मानिसको जीवन खुसि, आनन्दीत र समृद्घि तर्फ उन्मुख हुन्छ” भने ।
उपरोक्त सम्वादले हाम्रो समाजमा पनि ज्यादै महत्व राख्दछ । वास्तवमा नाक, कान, आँखा, हात, खुट्टा वा टाउको हँुदैमा मानिस पुर्ण हँुदैन । उस्लाइ वातावरण, अनुभव र शिक्षा जस्ता तत्वहरुले डो–याएको हुन्छ । घर, विधालय, कार्यस्थल, सन्चार माध्यम, साँस्कृतिक पृष्ठभूमि, परम्परा तथा विश्वास, सामाजिक वातावरण, राजनैतिक वातावरण जस्ता तत्वहरुले सोच निर्माण गर्न अभिप्रेरित गरिरहेका हुन्छन् । यसैगरि, सकारात्मक अनुभवका साथै औपचारिक वा अनौपचारिक शिक्षा जस्ले ज्ञान निर्माण गरि विवेक प्रयोग गर्ने वातावरण निर्माण गर्न सहयोग गर्दछ । यिनै तत्वहरुले सोच निर्माणमा महत्वपुर्ण भूमिका खेल्दछ । सकारात्मक सोच भएका मानिसले समाजका सदस्यहरुलाई विचार वा ध्यान दिन्छ, उ आफनो काममा विश्वस्त हुन्छ, र उ धैर्यवान र नम्र हुन्छ । वास्तवमा सकारात्मक सोच भएको मानिस वाह्रै महिना फल्ने फलफुल हो ।
यु क्यान सेल अर्थात विक्रीको क्षमता नामक पुस्तकका लेखक शिव खेरा भन्छन् “सकारात्मक सोचले नै सफलता निर्धारण गर्छ, विक्रि व्यावसायीको धारणाभन्दा बढी उसको प्रवृत्तिमा निर्भर रहन्छ” । सकारात्मक सोचवाट मानिसलाई खुसि रहन, शक्ति संचय गर्न, आनन्दीत हुन र विषय वस्तुको निष्पक्ष मनन गर्न मदत गर्दछ अर्थात मानिसको उत्पादकत्व वढदछ । सकारात्मक सोच भएका मानिस महान हुन्छन् । यस्ता सोच भएका मानिसको निर्णय गर्ने तरिक नै फरक हुन्छ । उस्ले हरेक मानिसमा भएको सकारात्मक पक्षको सोध खोज गर्दछ । अर्थात ति व्यक्तिले अन्य व्यक्तिमा रहेको सकारात्मक गुणहरुलाई मार्न दिंदैन । यहाँ सफलताको मुल कारण खोजिन्छ  र समाजमा सफलताको विस्तार गर्ने तर्फ लाग्दछ । अर्को तर्फ, नकारात्मक सोचका कारण मानिस तितोपनमा वाचेका हुन्छन् । साथै, यस प्रकारका मानिस सधै वर्वराउने, अरुलाई कुदृष्टीले मात्र हेर्ने, असन्तुष्ठि र उदेश्यहीन जीवनका साथै सधैं उच्च दवावमा वाचेको अवस्था रहन्छ । नकारात्मक सोचका कारण उच्च अध्ययन गरि माथिल्लो पदमा पुगे पनि त्यस्ता मानिस आफुमात्र उधोगतिमा जाने होइन, आफनै संगठन, संघ र समाजलाई पनि नराम्रो स्थीतिमा पु–याउछ ।
सन् २००९ नोभेम्बर १६ देखि १९ सम्म काठमाण्डौंमा चौथो विश्व प्रसंशनीय खोज पद्घती सम्मेलन संयोजन गरिसकेको इम्याजिन नेपालले सन् २०१४ जनवरी ८ देखि १०सम्म पोखरामा नेपालकै प्रथम प्रशंसनीय खोज पद्घती राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । प्रशंसनीय खोज पद्घतीका ज्ञाता आर. सि. लामिछानेद्वारा सहजिकरण गरिएको सम्मेलनमा राष्ट्रका युवा नेताहरु रवीन्द्र अधिकारि, रेखा शर्मा र चन्द्र भण्डारि लगायत १५० भन्दा वढि सहभागिहरुको उपस्थिति रहेको थियो । सो सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणि पौड्यालले आफनो मन्तव्यमा “यदि हामीले समाजमा सकारात्मक परिवर्तन ल्याएर समाज विकासको वाटोमा अघि वढने हो भने एक अर्कामा भएका सकारात्मक कुराको प्रशंसा गर्नुपर्दछ, जसवाट उर्जा प्राप्त हुन्छ र देखा परेका समस्या समाधान गर्न मदत पु–याउदछ” भन्नु भएको सहभागि तथा कार्यपत्र प्रस्तोता मध्येका एक यसै पंत्तिकारलाई अझै स्मरण छ । सोहि सोचको एक उदाहरण हो  पौड्यालको वाग्मति सफाई अभियनमा संलग्नता ।
सकारात्मक सोच भएका निर्णायक वा नेतृत्ववाट हुने निर्णय केवल निर्णयमात्र हुदैन, त्यो निर्णय न्यायिक निर्णय हुन्छ, जस्को सकारात्मक असर पर्न जान्छ । यसवाट समाज परिवर्तनमा होमिएका शसक्त जनशक्ती सकारात्मक सोचका साथ राष्ट्र निर्माणको मुलप्रवाह तर्फ नै लाग्दछन् । समाजमा विविध चरित्र भएका मानिसहरुको बीचमा सकारात्मक सोच भएका मानिसले आफनो सकारात्मक कार्य देखाउने वेला वा अवसर पनि यहि हो भनेर निष्कर्समा पुग्नु उतम हुन्छ । यो एउटा अवसर हो र यो त्यो वेला पहिचान हुन्छ, जुनवेला छोडिन्छ ।
लिलाबल्लभ शर्मा पौडेल आफनो मन नामक कृतिमा  भन्नुहुन्छ “सकारात्मक मनले गरेका कार्यले व्यक्ति सदैव सफल र सुखको अनुभव गर्दछ भने नकारात्मक सोचका साथ कार्यहरुको परिणाम सदैव असफलता र दुःखका कारण हुन भनि बुझनु पर्दछ” । यतिबेला नेपालमा नयाँ संविधान निर्माणको कसरत भैरहेको अवस्थामा त झन सकारात्मक सोचका साथ मुलुकको हित र जनताको समृद्घिका लागि नेतृत्व वर्गले आफना गतिविधिहरु अगाडि वढाउनु पर्ने वेला आएको छ । साथै, समाजमा नकारात्मक सोचका मानिसका कारण हुने निर्णयहरुले सोको असर अर्को व्यक्तिलाइ पर्न गएको पनि पाइन्छ, जुन सत्य कलान्तरमा उजागर भएरै छाडछ ।  तसर्थ, नेपाली समाजमा सकारात्मक सोचको अझ विस्तार गर्न हामिहरु सवैले व्यक्तिगत र सामुहिक रुपमा प्रयास गर्दै आजैदेखि व्यवहारमा ल्याउनु पर्ने देखिन्छ ।
         सह–सदस्य, नेपाल वातावरण पत्रकार समुह
 (bijayarajpaudyal@hotmail.com)

 





 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...