space for add
space for add

समाचार

सन्दकपुर दैनिकको आठौँ बार्षिक उत्सवको अवसरमा हामीलाई मायाँ गरेर दिनुभएका शुभकामनाहरु

गते ००:०० मा प्रकाशित

सन्दकपुर दैनिकको आठौँ बार्षिक उत्सवको अवसरमा हामीलाई मायाँ गरेर दिनुभएका शुभकामनाहरु

ब्यवसायीक पत्रिका बनोस 

वुद्धविर राई

 
सन्दपकुर दैनिकको आज आठ औँ बार्षिक उत्सव । पूर्वको पहाडी जिल्लामा पहिलो २०६४ साल साउन २८ गते पहिलो पटक सन्दकपुर दैनिकको प्रकाशनको आरम्भ भएको थियो । पहाडी जिल्लाबाट  दैनिक पत्रिका प्रकाशनको चुनौतिले आज आठौँ वर्ष पार गरेको छ । बिचमा केही समय पत्रिका प्रकाशन स्थगित भएपनि हालका निदमा भने यसको खासै अनियमिता छैन । सञ्चार उद्योगले लगानी नपाइरहेको बेलामा जिल्लका पत्रकारहरुले नै लगानी गरेर प्रकाशन गर्दै आएको सन्दपुर दैनिक उदीयमान पत्रकारहरुको लागि पाठशाला पनि बनेको छ । नागरिकलाई सूचना प्रवाह गर्ने कर्तब्य पुरा गर्दा दैनिकले केही पत्रकारहरुलाई रोजगारी पनि दिएको छ । स्थानीय विषयबस्तुलाई प्राथमिकता दिँदै आएको प्रकाशन गृह पूर्वी पहाडी क्षेत्रको पहिलो पत्रिका भएझैँ राज्यले निर्धारण गरेको न्युनतम् पारिश्रमीक कार्यान्वयन गर्ने पत्रिकाको नामले पनि चिनियोस् । सीमित विज्ञापन बजार भएको इलाममा अभावका बीच पत्रिका प्रकाशन गर्नु कम चुनौतिपूर्ण होइन । चुनौतिका बाबजुद पत्रकारिताको धर्मभित्र रहेर दैनिक पत्रिकार गर्ने गर्ने समुहलाई बधाई दिदै निरन्तरता र प्रगतिको शुभकामना ।
नेपाल पत्रकार महासंघ, इलाम शाखा
शुभकामना
धर्म गौतम
सन्दकपुर दैनिक आठौं बर्षमा प्रवेश गरेको थाहापाउँदा खुसी लागेको छ । यस दैनिकको प्रकाशनले इलाम जस्तो सानो ठाउँबाट पनि दैनिक पत्रिका प्रकाशन गर्न सकिन्छ भन्ने सन्देश दिएको थियो । यसैबाट प्रेरित भएर आज थप दुई दैनिक प्रकाशनमा छन् ।
यी प्रकाशनहरुले इलामको समग्र विकासमा योगदान गरेका छन् । केही युवाहरुको प्रत्रकारिताको अभ्यासमा निखार आएको छ । यहाँबाट पत्रकारितामा प्रवेश गरेका केही युवाहरु राजधानीका ठूला प्रकाशनगृहमा समेत जमेका छन् । व्यक्तिगतरुपमा पनि यस कुराले मलाई सन्तोष र प्रशन्नता दिन्छ ।
केही दिन अघि एक युवा पत्रकार मित्र भन्दैथिए, ‘सरको उमेरमा हाम्रो पत्रकारिता कस्तो हुन्छ होला ?’ उनको आशय यति लामो समयसम्म पत्रकारिता गर्न सकिन्न, किनभने यसो मात्रै गरेर जीवन चलाउन सकिँदैन भन्ने रहेछ । हो, इलाममा बसेर व्यावसायिक पत्रकारिता गर्न अत्यन्तै गाह्रो छ । सायद, यसैकारण बेलाबखत पत्रकारहरु आलोच्य पनि हुन्छन् ।
अहिले मुलुक अप्ठेरो मोडमा छ । स्वीकार्नै पर्छ, मुलुकमा प्रभावशाली राजनीतिक नेतृत्वको अभाव देखिन्छ । त्यसकारण राजनीतिले स्थिरताको मार्ग समात्न सकेको छैन । यसकारण पनि हाम्रो संचारजगतमाथि थप जिम्मेवारी छ । हामी आपूm जिम्मेवार बन्नु त पर्छ नै संगसंगै मुलुकको नेतृत्वलाई समेत जिम्मेवार बनाउने गुरुत्तर दायित्व हामीमा छ ।
हामी अरुमाथि औंला ठढ्याउँछौं, त्यो हाम्रो धर्म हो तर त्यसो गर्दा अरुले हामीमाथि खिसी गर्न नसकुन्, यसतर्पm सचेत बन्नै पर्छ । 
सन्दकपुर दैनिकसंग आवद्ध सबै मित्रहरु तथा यसलाई सहयोग गर्ने पाठक एवम् विज्ञापनदाताहरुमा सधन्यवाद बधाइ एवम् शुभकामना व्यक्त गर्दछु ।
शुभकामना
सटेन्द्र जबेगु
इलाम जिल्ला पहाडी जिल्लाहरुमा सुगम मानिए पनि सञ्चारमाध्यमको बजारको हिसाबले दर्गम जस्तै छ । यस्तो अवस्थामा पनि सन्दकपुर दैनिक प्रकाशन भई सात वर्ष पूरा गरेर आठौं वर्षमा प्रवेश गर्नु गर्विलो कुरा हो । विज्ञापन बजारको अभावमा साप्ताहिक पत्रिकाहरु नै मदर्,ै बौरिदै गरिरहेको अवस्थामा इलाममा दैनिक पत्रिका पनि चल्न सक्छ भन्ने मान्यता सन्दुकपुर दैनिकले नै स्थापित गरेको हो । परिणामतः अहिले जिल्लामा तीन वटा दैनिक पत्रिकाहरु प्रकाशनमा आएका छन् । पत्रिका प्रकाशन प्रारम्भ गर्नु ठूलो कुरा होइन, निरन्तरता महत्पूर्ण कुरा हो । अझ योभन्दा पनि नागरिकलाई स्तरीय र विश्वसनीय सूचना प्रवाह गर्नु चुनौतिको विषय हो । सन्दुकपुर दैनिकले निरन्तरता र स्तरीयतालाई कायम गर्दै नागरिकलाई सूसुचित गर्ने दायित्व पूरा गर्दै आएको छ । जिल्लाको पत्रकारिताको विकास, सुशासन र विकासमा सन्दकपुर दैनिक पत्रिकाले पु¥याउँदै आएको योगदान उल्लेखनीय छ । इलामको जेठो दैनिक पत्रिकाले पत्रकारिताको लक्ष्मण रेखाभित्र रहेर नागरिकलाई सूचित गर्ने दायित्व वर्षौ–वर्षसम्म पूरा गर्दै जाओस् शुभकामना । सन्दकपुर दैनिकको प्रकाशनले इलामे पत्रकार र नागरिकहरुले गर्व गर्न सकून । 
पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ, इलाम शाखा
 
सन्दकपुर सम्झँदा
तोयानाथ भट्टराई
हामीसँग साप्ताहिक पत्रिका प्रकाशनको छिपछिपे अनुभव थियो । सन्दकपुर दैनिकको पहिलो अङ्क बजारमा ल्याउनु अघि हाम्रो टिमले प्रसस्त मेहनत गरेको थियो । जिल्ला भरी पत्रिका छर्ने योजना थियो । समाचारमा नयाँपनको प्रयास गर्नुपर्ने थियो । लेखकहरुको खोजी गरेका थियौँ । वितरक, संवाददातादेखि सम्पादकसम्मको काम भ्याउने हाम्रो सानो समूह थियो । कहिले काहिँ लेखाका साथीहरु सम्पादक बन्नुपर्ने कहिले सम्पादक नै वितरक बनेर ग्राहकको घरमा पुग्नुपर्ने अवस्था थियो ।
त्यसताका हाम्रो समूहमा रहेका साथीहरुलाई सम्झिरहन्छु । व्यवस्थापनका मिरा तिम्सिना, भरत तिम्सिना, भेषराज आचार्य, कम्प्युटरमा युवराज थामी, सुवास, प्रोसेसिङमा अम्बिका सुब्बा लगायतका साथीहरुले पत्रिकामा प्राण भर्नु भएको थियो । हामीले युनिटी काण्डमा ३१ दिन एउटै विषयमा फलो गरेका थियौँ । सन्दकपुरको जमिन व्यक्तिले हडप्न खोज्दा हप्तौँसम्म दवाबमूलक समाचार प्रस्तुत गरेर सन्दकपुर सरोकार समिति बनाउने अवस्थामा पु¥याएका थियौँ । समितिले पछि काम गरेन त्यो बेग्लै कुरा छ । तर, हामीले आफ्नो धर्म पुरा गरेका थियौँ । अहिले सामाजिक सवालमा हाम्रो मिसन कमजोर भएको छ । हामीले गर्नुपर्ने धेरै काम छुटाएका छौँ । जिल्लाकै जेठो पत्रिकाले छुटेका कुरालाई, बिर्सेका कुरालाई सम्झाउने दायित्व मात्र पुरा गर्ने हो भने त्यो सबै भन्दा ठूलो योगदान ठहर्ने छ । पाठक त्यही इमान्दार प्रयासलाई पढ्न चाहन्छन् । अहिले म आफैँ पनि सन्दकपुरको पाठक मात्र हुँ । म त्यही कुरा पढ्न चाहन्छु । आमसञ्चारसँग सामाजिक दायित्वहरु छन् । ती दायीत्व पुरा भएको हेर्ने चाहना छ । जसलाई सन्दकपुरले पुरा गर्न सक्दछ । 
साउन २८, २०६५ मा पहिलो अङ्क बजारमा ल्याउँदा उत्साह थियो । काम गर्ने जाँगर थियो । त्यो जागरलाई ठिक ठाउँमा प्रयोग गर्ने विवेकसहित काम थालेका थियौँ । कार्यकारी सम्पादकको रुपमा काम गर्दा मैले त्यहि धर्म निभाएको थिएँ । शुरमै हामीले भनेका थियौ ‘सन्दकपुर कसैको हुँदैन, तर सबैको हुन्छ ।’ 
सन्दकपुरमा तीस महिना काम गरेँ । यद्यपी यसले पहिलो दिनको सबैको हुने तर कुनै पक्ष विशेषको नहुने धर्मलाई थामेको जस्तो लाग्छ । यहि हो सन्दकपुरको जग । इलामको जेठो दैनिकसँग अब आफ्नो इतिहास जोगाउने कि यसको अस्मिताको व्यापार गर्ने भन्ने चुनौति चुलिएको छ । यसको प्रकाशनमा संलग्न समुहले अब दुईमध्ये एकलाई समात्नै पर्छ । अप्ठ्यारो तर दीगो मार्ग भनेको यसले शुरु गरेको स्वतन्त्र, निश्पक्ष र निर्भिकताको मार्ग नै हो । यस दैनिकसँग सम्लग्न समुहले त्यहि मार्गलाई आत्मसाथ गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । 
सन्दकपुरः अनुभुति साट्ने चौतारी
विष्णुप्रसाद काफ्ले 
इलामको माटोमा जन्मेर सूचना र लोकतन्त्रको पहरेदार बन्न सफल सन्दकपुर राष्ट्रिय दैनिकले विभिन्न आरोह अवरोहका बीच करिब आठ वर्षको यात्रा पार गरिसकेको छ । पत्रिकाको जन्मसँगै एउटा स्तम्भकारको रुपमा भावनात्मक सम्बन्धको साइनो गाँस्ने मौका पाएँ । सन्दकपुर लेखन यात्रा रमाइलो र अविस्मरणीय रह्यो । यसबीचमा इलाममा पत्रकारिता, पत्रिका, रेडियो लगायतका सञ्चारका धरोहरहरुको विकास उल्लेखनीय रह्यो । पत्रिका र यसका विषयवस्तुहरुको मूल्याङ्कन त प्रवुद्ध पाठक महानुभावहरुबाटै होला । तर एउटा स्तम्भकार पाठकको रुपमा मैले यस दैनिक पत्रिकाले इलामको माटो बोलेको पाएको छु । इलामलाई न्याय गर्नसके जस्तो लाग्छ । यस दैनिकका हरेक सम्पादकीयहरुले जिम्मेवार निकाय र सेवाप्रदायकहरुलाई घच्घच्याउने र खबरदारी गरेर जनताप्रति उत्तरदायी र जवाफदेही भएको छ । मोफसलमा रहेर व्यावसायिक सञ्चारमाध्यमको उदाहरण बनेको छ, सन्दकपुर दैनिक । कुना कन्दराहरुको बोली बोलेको छ । साँच्चै भन्नुपर्दा यस दैनिकले इलाम र आसपासका क्षेत्रहरुको सामाजिक, आर्थिक, राजनितिक र साँस्कृतिक रुपान्तरण र सकारात्मक परिवर्तनका लागि अतुलनीय योगदान गरेको जस्तो लाग्छ । आगामी दिनमा यसले आफ्नोपन र गतिलाई अझै सशक्त र बुलन्द पारोस् सिङ्गो इलामलाई चिनाओस्, ग्रामीण क्षेत्रहरुमा पुगोस् र सन्दकपुर जस्तै उच्च र अटल भइरहोस् धेरै धेरै शुभकामना । 
सन्दकपुरको यात्राका १५० बढी अङ्कहरुमा मैले आफ्ना विचार र टिप्पणीहरु तयारी गर्दा कहिल्यै अल्छी र पट्यार लागेन बरु हरेक आइतबारहरु आउँदा उत्साह र हौसला छाइरह्यो । एकाध विचार र टिप्पणीहरुमा कसैको विमती हुनु, चित्त दुख्नु र आलोचना आउनुलाई ऊर्जाकै रुपमा लिएको छु । लेखनको कार्य अवश्य पनि सजिलो हुँदैन । त्यो पनि आमसञ्चारका माध्यमहरुमा । कहिले चारभञ्ज्याङ्गको उकालो हँुदै छिन्टापु पुगेर लेखियो त कहिले ठुल्दाई गोठमा लेखियो, अनि कहिले भिन्दै तुम्लिङ्ग यात्रामा त कहिले दोबाटे पुगेर । गजुरमुखी, एकातप्पा, सलकपुर, हाँगेथाम, चोयाटार, साकफारा र माङ्मालुङ, महानन्दको गाउँ इरौँटार, माईपोखरी र तालपोखरीकै काखमा बसेर पनि लेखियो । कहिले सन्दकपुरतिर गुराँसको लालिमा लालित्य भरियो त कहिले राजनीतिको युगान्तकारी क्षणमा बसेर लेखियो । कहिले अटेरी सरकारको खबरदारी गर्दै लेखियो कहिले विकासका नव अभियानहरुलाई होस्टेमा हैंसे गर्दै पोखियो । शुरुवाती तिरै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको धारा १६९ पक्षमा विचार र जानकारी (आइएलओ १६८को पक्षमा) यसै दैनिकमा लेखेर संस्कृति र सभ्यताका पर्याय आदिबासी जनजातिहरुलाई ब्युझाउँने प्रयत्न गरेँ जस्तो लाग्छ । इलाममा फिल्म सुटिङ्ग स्थल फिल्म सिटी बनाउने, पर्यटन विकासमा सञ्चारमाध्यमको प्रयोग रणनीति, इलामका प्राकृतिक पोखरी र सिमसारको संरक्षण गर्ने कुरा, जैविक विविधताका विविध पाटा, इलामका हाटबजारहरुको प्रसङ्ग, अनि इलामभित्रका इलामहरुलाई ब्युझाँउने प्रयत्नहरु मैले सन्दकपुरबाटै गरेँ । इलामको पर्यटन र वातावरण संरक्षणका विषयमा धेरै नै गहिरिने मौका पाएँ । गाउँमै रोजगार गाँउमै धनको लेखन मार्फत युवा उद्यमशीलताका लागि इलामे युवालाई झक्झक्याउने प्रयत्न गरेँ । सफा इलाम अभियान मार्फत हरित इलाममा जोडिन पुगेँ । म जहाँ पुगेँ त्यहि लेखेँ । सन्दकपुरले पाठक माझ पु¥याइरह्यो । 
सन्दकपुरसँगको सहयात्रालाई मैले जीवनको महत्वपूर्ण पाटोकै रुपमा लिएको छु । एउटा स्वतन्त्र जीवनका अनुभुति साट्न सन्दकपुर सबैभन्दा सजिलो चौतारी बनेको छ । सन्दकपुरमा आफ्ना विचार र दृष्टिकोण राख्दा कहिँ कतै बाँधिनु परेन । चिन्तनशिल, अभ्यासशिल, क्रियाशिल र सिर्जनशिल स्वाभावहरुका लागि ऊर्जा बनेको छ । यी स्वाभावहरुबाट परिकल्पनाका लहरहरु आइरहेका छन् । जिम्मेवारीका पर्खालहरुका बीच लेखनको निरन्तर यात्रा सजिलो त अवश्य नै छैन । तर मनलाई पोख्ने मौका यसले पक्कै दिएको छ । इलामका हरेक सञ्चारमाध्यम विकासका साझेदारहरु हुन् भन्ने कुरा सधैँ अविचलित रहेको छ । सन्दकपुर दैनिक यसैको एउटा अभिन्न पाटो हो । समाजको सशक्तीकरण, परिवर्तन र समृद्धिका लागि यीनै ऊर्जाहरुको बिसौनी बन्न सफल सन्दकपुर इलामकै पहिचान र गौरब बन्न सकोस् । फेरी पनि शुभकामना ।
सकारात्मक गतिविधीको प्रोत्सान होस 
विष्णुकुमार कार्की
इलामबाट प्रकाशन भइरहेको सन्दकपुर दैनिक पत्रिका पूर्वी नेपालको पहाडी जिल्लामै पहिलो दैनिकको रुपमा प्रकाशन आरम्भ भएको भन्ने सुन्दा खुशी लागेको छ । म इलाममा आएपछि यो पत्रिका अध्ययन गर्ने अवसर मिलेको हो । यो अवधिमा यस पत्रिकाले प्रकाशन गरेका सामग्रीहरु सबै निष्पक्ष र सत्य भएको महसुस भएका छन् । यदाकदा भाषा र शुद्धाशुद्धीमा कमी कमजोरी नदेखिएका होइनन् । केही सामग्री अन्य सञ्चारमाध्यमबाट साभार पनि गरेको पाइन्छ । साभार गरेका सामग्री कहिलेकाहीँ चाहिँ पाठकले अन्य सञ्चारमाध्यममा हेरिसकेका पनि हुन्छन् । त्यस्तो भएमा नयाँपनको अभाव भएर पाठकको रुची घट्न सक्छ । त्यसैले आगामी दिनमा सकेसम्म पत्रिकामा पस्किने सामग्रीलाई नयाँ रुपमा प्रस्तुत गर्न सकियोस् ।
आज यस पत्रिकाको आठौँ वार्षिकोत्सवको अवसरमा यस पत्रिकालाई निरन्तर प्रकाशन र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । आगामी दिनमा यस पत्रिकाले नेपालमा भइरहेको अहिलेको सङ्क्रमणकालीन अवस्थालाई शान्तिमा रुपान्तरण गरी शान्तिलाई संस्थागत बनाउन भूमिका खेल्ने गरी सामग्री पस्कियोस् । सँगसँगै नकारात्मक गविधिधीलाई बढावा दिने र अशान्ति पैmलिने कुराहरुलाई निस्कृय गरोस् र स्थानीय स्तरमा हुने गरेका सकारात्मक गतिविधीहरुलाई प्रोत्साहन गर्दै विकास निर्माण र प्रगतिका लागि पहल गर्न सकोस् भन्ने कामना गर्दछु । 
प्रमुख जिल्ला अधिकारी
सकारात्मक गतिविधीको प्रोत्सान होस 
मदन कोइराला
सञ्चारले निकै ठूलो फड्को मारिसकेको अहिलेको समयमा छापा अनि विद्युतीय सञ्चारमाध्यमको आवश्यकता र महत्व धेरै नै छ । सञ्चारबिनाको बर्तमान समय कस्तो होला भन्ने कल्पना गर्न कठिन छ । सञ्चारकै माध्यमबाट नै हामीले विश्वलाई एकै ठाउँमा नियाल्न सकिरहेका छौँ । यस्तो अवस्थामा इलामलाई केन्द्र बनाएर प्रकाशन आरम्भ भएको सन्दकपुर दैनिकले आठौँ वर्ष प्रवेश गरेकोमा यो पत्रिकाले आगामी दिनमा विश्वको सञ्चार क्षेत्रको भूमिकालाई स्थानीय स्तरमा समेट्न सकोस् । मेरो देखाइमा यो पत्रिका निष्पक्ष र सकारात्मक नै रहेको छ । यसले समेटेका समाचारमूलक सामग्रीले इलामसहित क्षेत्रीय स्तरमा सकारात्मक विकासको पहल गरेको देखिन्छ । त्यस्ता सामग्रीले निरन्तरता पाउन् । भोलीका दिनमा विकासको पाटोलाई अझ सुदृढ र सक्रिय बनाउन सन्दकपुर दैनिक पत्रिकाले खेल्ने भूमिका पक्कै अहम् हुनेछ । अन्य पत्रिपत्रिका र एफएमहरु पनि सञ्चालन भइरहेको र ती सञ्चारमाध्यमले समेत सकारात्मक भूमिका खेलिरहेको अवस्थामा सञ्चार क्षेत्रबाट दीगो शान्ति निर्माणमा निकै भूमिका खेल्न सक्छन् । त्यो समूहमा यो पत्रिकाले पनि सकारात्मक बाटो नछोडोस् । पत्रकारको क्षमता अभिबृद्धिसँगै पत्रिकाको गुणस्तरमा पनि ध्यान दिन सकोस् । हालसम्म जिल्ला विकास समितिसँग इलामका सन्दकपुर दैनिकसहितका सञ्चारमाध्यमहरुले सहकार्य गरेर धेरै विकासका गतिविधिहरुबारे जिल्लाबासीलाई सुसूचित गर्ने प्रयत्न भइरहेको छ । त्यसले आगामी दिनमा पनि निरन्तरता पाउने नै छ भन्ने ठानेको छु । जिल्लामा विकाससम्बन्धी आवश्यकतालाई पनि उजागर गर्दै सम्बन्धित सरोकारवाला पक्षहरुको ध्यान केन्द्रीत गर्न सकोस् भन्ने समेत शुभकामना ब्यक्त गर्दछु ।
स्थानीय विकास अधिकारी, इलाम
 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...