space for add
space for add

समाचार

नेपाली साहित्यको उन्नयन ः वीपीको योगदान्

गते ००:०० मा प्रकाशित

नेपाली साहित्यको उन्नयन ः वीपीको योगदान्

 कोमल निरौला
नेपाली साहित्यको फाँटमा वीपी कोइराला बहुमुखी प्रतिभासम्पन्न हस्थीको रुपमा गनिन्छन् । उनको राजनीतिक सफलताले जति चरम चुलीको मान्यता र उचाई कायम गरेको छ, त्यति नै साहित्यिक उच्चता र उत्कृष्टता स्थापित गर्न उनका कथा, उपन्यास, कविता, निबन्धहरु सफल छन् ।
उनको जन्म वि.सं. १९७१ साल भाद्र २४ गते पिता कृष्णप्रसाद र माता दिब्या कोइरालाको कोखबाट भएको हो । उनी भाइहरुमध्ये माहिला थिए । पिता कृष्णप्रसाद कोइराला उच्च राजनीतिक विचार बोकेका सफल समाजसेवीको रुपमा गनिन्थे । त्यसैकारण उनको पारिवारिक पृष्ठभूमि नै वीपी कोइरालाको सफलताको रहस्य हो ।

 
 
 
जुन समयमा वीपीले साहित्य लेखन शुरु गरे, त्यो अवधि पिता कृष्णप्रसादको निर्वासन समय थियो, भारतमा । तत्कालीन नेपालका निरङ्कुश राणा शासकहरुको विरोध गरेका कारण कृष्णप्रसाद कोइरालालाई निर्वासन (देश निकाला)को भुक्तमान ब्यहोर्नु परेको थियो । आप्mनो सम्पूर्ण परिवारसहित भारतमा गई कष्टकर जीवन बिताइरहेका बेला गरिबीको मार खप्न बाध्य हुनुपरेको थियो । उक्त कुरा वीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।
 
त्यसबेला भारतमा विशेष गरी बनारस, दार्जिलिङ्ग, कलकत्ता जहाँ नेपाली भाषी÷जातिहरुको बसोबास तथा बाहुल्य थियो, नेपाली भाषामा पुस्तक, पत्रिकाहरु प्रकाशन गर्ने कार्य शुरु भइसकेको थियो । दार्जिलिङ्गमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारषमणि प्रधानहरुको समूह नेपाली भाषा साहित्यको उत्थान गर्ने शुभ कार्यमा लागिसकेका थिए । कलकत्तामा अध्ययनरत वीपीले दार्जिलिङ्गमा वकालतका लागि आएका बखत हिन्दी भाषामा कथा कविता लेख्न थालिसकेका उनलाई सूर्यविक्रम ज्ञवालीले नेपाली भाषामा चैँ लेख्न आग्रह गरेको कुरा ‘आत्म बृत्तान्त’मा उल्लेख छ । त्यसपछि वीपीमा नेपाली भाषाप्रति मोह र अपनत्वको भावना जागृत भई अध्ययन र लेखनको जाँगर पलाएको मानिन्छ ।
 
त्यसो त वीपीले त्यो भन्दा अघि नै वनारसबाट प्रकाशन हुने कथाकार प्रेमचन्दद्वारा सम्पादित ‘हंस’ नामक पत्रिकामा आप्mनो पहिलो भनिएको रचना ‘अतिथि’ शीर्षकको लघुकथा छपाइसकेका थिए ।
 
वीपी कोइरालाले नेपाली साहित्य भण्डारमा गहकिला ग्रन्थ रचनाहरु दिएर नेपाली भाषा साहित्यलाई समृद्ध बनाउन सफल भएका छन् । विश्व साहित्यको विशाल मैदानमा नेपाली साहित्यलाई प्रतिस्पर्धी बनाउने कार्य गर्ने देवकोटापछि वीपी कोइराला नै हुन् ।
 
वीपी कोइरालामा हिन्दी भाषा, जो प्रकाशन, लेखन तथा अध्ययनयोग्य ग्रन्थहरुको धनी मानिन्छ, को प्रत्यक्ष प्रभाव परेको देखिन्छ । विश्व साहित्यको प्रतिस्पर्धामा स्तरीयता कायम भइसकेको हिन्दी भाषा जस्तै नेपाली भाषा साहित्यलाई पनि किन स्तरीय बनाउन नसक्ने भन्ने अहम् प्रश्नले शायद वीपीलाई कलम बन्द गरेर बस्न दिएन । भारतीय हिन्दी भाषाका अघिल्लो पुस्ताका प्रसिद्ध समालोचक शान्तिप्रिय द्विवेदी, प्रसिद्ध कवि मैथिलीशरण, प्रसिद्ध कथा÷उपन्यासकार प्रेमचन्द, सुमित्तानन्दन पन्त, प्रसाद, राय किसन दास आदिका लेखनद्वारा वीपी प्रभावित हुनु स्वाभाविकै थियो ।
 
त्यतिमात्र नभएर पश्चिमी लेखक÷चिन्तकहरु– म्याक्सिम गोर्की, भिक्टर ह्यूगो, टाल्सटाय, बनार्ड शा जस्ता विश्वसाहित्यका महारथीहरुका लेखनबाट वीपी प्रत्यक्ष प्रभावित थिए । पौराणिक साहित्यका रुपमा प्रख्यात मानिने महान ग्रन्थ महाभारतको पनि वीपीमा प्रभाव परेको देखिन्छ । उनका मोदि आइन्, हिटलर र यहुदी जस्ता उपन्यास महाभारतको कथाबाट प्रभावित उपज मानिन्छन् । यीनले मिथकीय शैलीको दर्शन तथा पौराणिक साहित्यको प्रतिनिधित्व गर्छन् । त्यस्तै वीपीको प्रसिद्ध उपन्यास ‘सुम्निमा’ले जातीय तथा सांस्कृतिक जीवनशैलीमा किराँत जातिको उसबेलाको समाजको दुरुस्त चित्रण गर्दछ ।
 
वीपीको लेखनमा कथा विधा नै प्रमुख हो । उनका २६ वटा कथाहरुको शुरुवात वि.सं. १९९२ मा बनारसबाट प्रकाशित हुने नेपाली प्रकाशन ‘शारदा’मा ‘चन्द्रवदन’ शीर्षकको कथाबाट भएको मानिन्छ । त्यसपछि क्रमशः विहा, शत्रु, सिपाही आदि कथाहरु नेपाली साहित्य सम्मेलन दार्जिलिङ्गबाट प्रकाशन भएका हुन् । यस प्रकार कथा विधाको भण्डारमा नेपाली समाजको जस्ताको तस्तै चित्रण गर्ने शैलीको अनुशीलन वीपी कोइरालाका कथाहरुले गरेको पाइन्छ ।
 
अझ कहिल्यै बिर्सन नहुने कुरा के हो भने वीपी प्रसिद्ध मनोविश्लेषणवादी लेखक÷चिन्तक सिग्मण्ड फ्रायडको लेखन शैलीबाट प्रत्यक्ष प्रभावित छन् । उनका ‘कर्णेलको घोडा’, ‘सिपाही’ आदि कथाहरुमा अत्यन्तै कुशलतापूर्वक मनोविश्लेषण गरिएको पाइन्छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...