समाचार

बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पढाई हुने

गते ००:०० मा प्रकाशित

बैंगलोरमा एयरलायन्स र एयरपोर्ट कोर्ष पढाई हुने

 बिर्तामोड, ८ भदौ ः उच्च शिक्षा अध्ययन गर्न भारतको बैंगलोर जान चाहने नेपाली विद्यार्थीहरुले अब एयरलायन्स एण्ड एयरपोर्ट म्यानेजमेण्ट सम्बन्धी कोर्ष पनि अध्ययन गर्न पाउने भएका छन् । झापाको बिर्तामोडस्थित क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीले भारत बैंगलोरको हिन्दुस्तान एभिएसन एकाडेमीसँग विद्यार्थी अध्ययन गर्न पठाउने सम्झौता गरेपछि नेपाली विद्यार्थीहरुलाई उक्त अवसर जुरेको क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।

 
प्लस टू उत्तीर्ण गरी हवाई क्षेत्रमा आफ्नो करियर बनाउन चाहने नेपाली विद्यार्थीहरुलाई भारतको बैंगलोरस्थित हिन्दुस्तान एभिएसन एकाडेमीले छात्रबृत्तिसहित भर्ना लिइने कलेजका चेयरम्यान केसी सेम्युलले जानकारी दिए । एजुकेसन, आर्टस, कमर्स संकायमा प्लस टू गरेका नेपाली विद्यार्थीहरुले एयरपोर्ट र एयरलायन्स सम्बन्धी बीबीए वीथ एभिएसन, बीकम वीथ एभिएसन, बीसीए वीथ एभिएसन, एमबीए वीथ एभिएसन, पाइलट ट्रेनिङ, एयर होस्टेज ट्रेनिङ लगायतका विषय पढ्न सक्ने कलेजका बजार प्रतिनिधि प्रवीन जी तम्बीले बताए ।
 
त्यस्तै साइन्स संकायमा प्लस टू गरेका विद्यार्थीहरुले एरोनिटिकल इञ्जीनियरिङ, एरोस्पेस इञ्जीनियरिङ, एयर क्र्याफ्ट मेन्टीनेन्स इञ्जीनियरिङ, अटो मोवाइल इञ्जीनियरिङ, इन्फरमेसन साइन्स एण्ड टेक्नोलोजी लगायतका विषय पढ्न सक्ने कलेजकी एरोस्पेश इञ्जीनियर लिजीक लागाले बताइन् । उक्त विषय अध्ययन पश्चात नेपाली विद्यार्थीहरुले एयर होस्टेज, एयरपोर्ट अपरेशन, एयर ट्राफिक कन्ट्रोल ¥याम्प अपरेसन, टिकटिङ, कार्गो एण्ड ग्राउण्ड हेण्डलिङ लगायतका काममा रोजगार प्राप्त गर्न सक्ने बताइएको छ । उक्त विषयमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले इन्टरनेशनल एयर ट्रान्स्पोर्ट एशोसिएशन (आयटा) र वैंगलोर युनिभर्सिटीले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने र उक्त प्रमाणपत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विश्व बजारमा मान्यता पाउने कलेजका चेयरमेन केसी सेम्युलले बताए । उक्त कलेजमा झापाको बिर्तामोडस्थित क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीले गत वर्षदेखि नै विद्यार्थी पठाउँदै आएको बताइएको छ ।
 
गत वर्ष २५ जना विद्यार्थी पठाएको बताउँदै क्याम्ब्रीजका संस्थापक शिशिर सिंखडाले यस शैक्षिक सत्रको लागि फर्म खुल्ला भएको र नेपाली विद्यार्थीहरुले आगामी माघ महिनासम्म उक्त कलेजमा फर्म भर्न सक्ने बताए ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...