space for add
space for add

समाचार

खुल्ला पत्र

गते ००:०० मा प्रकाशित

खुल्ला पत्र

 त्रिविक्रम पोखरेल
देश संघीय संविधानको प्रसव वेदनामा छटपटाईरहेको बेला युवामाथिको अपहेलनाको कथा, शिक्षित प्रविधिक समाज रुपान्तरणमा तल्लिन युवा जनशक्तिमाथि गणतान्त्रिक राज्य संयन्त्रको निर्लज्ज प्रहारको कथा, २०७२ साल श्रावण १५ गते इलाम जिल्लामा आधारभूत तहमा कार्यरत धेरै राहत÷अस्थायी शिक्षकको जीवन वेदनाको कथा, अझ यसलाई इलामका सामुदायिक विद्यालय र त्यहाँ अध्ययनरत विधार्थीको जीवनको अर्को नविन अनिश्चितताको डरलाग्दो खडेरी शुरु भएको कथा भन्दा न्यायपूर्ण होला । विकल्पविहिन रुपमा सामुदायिक विद्यालय धानेका (सरोकरवालाहरुको भाषा) राहत, अस्थायी शिक्षक त्यो पनि अधिकांश विज्ञान÷गणित विषयका वर्खास्त गरिनु कतिसम्मको विवेकहीनता हो। जवकी यीनै विषयको सिकाई उपलब्धी ज्यादै न्यून छ। कल्पना गर्नुहोस् ती विधार्थीको भविष्य? बजारमै नभएका शिक्षक तिनीहरुले कहिले पाउने? यो समस्या धेरै  विद्यालयले करिब २ वर्ष अधिबाट भोग्दै आएको यथार्थ हाम्रा अगाडी छलङगै छ। यो खाडल ती अवोध विधार्थीको सिकाईको कुनै चरणमा पुरिने छैन र पूर्न पनि सकिदैन, यसको जवाफ कसले दिने, जिम्मेवारी कसको? सामुदायिक विद्यालयमा न निति निमार्ण गर्नेका छोराछोरी पढ्छन् न नितिनियम कार्यान्वयन गर्नेका नै अनि जिम्मेवारी कसले लिन्छ? गणतान्त्रिक मूलूकको तितो शैक्षिक व्यथा।

 
गणतान्त्रिक मूलूकको शिक्षा वि.सं २०२८ को शिक्षा ऐन र वि. सं २०५७ को शिक्षा नियमावलीको भरमा चलेको छ तर नयाँ नेपालको सपना देखेको स्वाङ् गर्छन् बेपर्वाहरु। विं.सं २०२८ यता देशले गतिलो फडको मार्न नसके पनि ठूला ठूला राजनैतिक परिवर्तनहरु भए, राजनैतिक दस्तावेजहरु तयार भए। तर शिक्षामा खोइ? SLC को नतिजा बिग्रियो शिक्षामा लगानी बालुवामा पानी बगाए जस्तै भयो भनेर टिप्पणी गर्ने, जग बलियो बनाउने काम नगर्ने, भएको जग पनि भत्काएर फाल्ने ! अनि घर बन्दा बन्दै भत्कियो भनेर आलेचना गर्नेहरु खोइ किन बोल्दैनन् बोल्ने बेलामा? अब यो आवाज उठाउने नैतिकता खबरदार ! तपाइ हामी कसैसंग पनि रहेन। शिक्षा सम्बद्धहरुले तालीका लागि प्राविधिक विषयमा जोड दिने भाषण नदिए हुन्छ किनभने अब खबरदारि हुदैछ। शिक्षा क्षेत्रमा ६–७ वर्ष देखि आफ्नो उर्वर समय बलिदान गरिरहेका हामी युवा शिक्षकहरुलाई अध्यापन अनुमतिपत्रको परिक्षमा सामेल नगराईनु श्रावण १ गतेवाट सेवा सुविधाबाट वञ्चित गरिनु तर १५ गतेमात्र सूचित गरिनु जनताको सूचना पाउने मैलिक हकबाट समेत बञ्चित गरिनु गणतान्त्रिक मुलुकको न्याय सायद यहि होला? सेवा प्रवेश गराइँदा ऐन नियमावली हराएका त थिएनन् होला ! युवामा विसङ्गति रोप्ने काम किन हुन्छ? Brain Drainर युवा पलायनको चितकार छाड्दा मात्रै समस्या समाधान हुन्छ र? यस्तै हो भने अब ग्रामिण बस्तीमा मात्र होइन विद्यालयमा पनि युवा हुने छै्रनन्। टायर बाल्ने युवा खोज्न पनि खाडी राष्ट्र, यूरोप, अमेरिका गए हुन्छ।
 
सबैको ध्यान संघियता र संविधानमा मात्र गएको देखिन्छ जुन हाम्रो देशको दुर्भाग्य हो। स्वास्थ्य क्षेत्रको विकृति हटाउन डा. गोविन्द केसीले पटक पटक उठाएको आवाज कार्यान्वयन गर्न कति लापर्वाह र गतिछाडा छन् सरोकारवाला। देश विकासको अर्को मूख्य आधार शिक्षा पनि यस अवस्थामा पिल्सिएको छ, लुछिएको छ। शिक्षा क्षेत्रमा देशको अग्रेणी जिल्ला, नविन प्रयोग हुने जिल्लाको यो अवस्था छ भने समग्र देशको   शैक्षिक अवस्था कति लथालिङ्ग होला ! संघिय राज्य हुदैमा देश बन्दैन जनता सुखी हुदैनन्। आखिर संघ बन्दा पनि पछि पर्ने हामीनै हो। देशमा पछाडि पारिएकाहरु भनेकै सामूदायिक विद्यालयका विधार्थी, अभिभावक र त्यससंग सम्बन्ध सबै पक्ष हुन्, शैक्षिक पाटोमा पछि पारिएपछि संघिय गणतन्त्रमा पनि पछि पर्ने त हामी नै हो। 
 
पद्दति परिवर्तन हुनुप¥यो,विचार परिवर्तन हुनुप¥यो, विकासले सकरत्मक फड्को मार्ने अवस्था सिर्जना गर्नुप¥यो । युवालाई सकारत्मक परिचालन गर्नुप¥यो न कि मनोेवैज्ञनिक रुपमा प्रहार गरी अपराधि जस्तो व्यवहार गरी उनीहरुलाई लत्याएर पुनः त्यसरीनै कुनै समयमा लत्याउन अर्को युवा खोज्ने दुस्साहस गरियोस् । समस्याको गहीराइसम्म नपुगी यस किसिमको निर्णय कसरी कसको स्वार्थले  के फाईदा लुट्नलाई हुन्छ? अब पनि आम विद्यार्थी, अभिभावक, युवा, शिक्षा प्रेमीहरुले सामुदायिक विद्यालय जोगाई राख्ने कार्यमा लाग्न ढिला गर्ने हो भने गरिबका सन्ततीको स्कूलको परिचय बनाएको सामूदायिक विद्यालय खण्डहर  मात्र बन्ने निश्चित प्रायः छ।
 
अन्त्यमा, प्राविधिक युवा जनशक्ति माथीको अन्याय र शोषणका यस्ता घटनाहरुलाई यसरीनै  नजरन्दाज गरीए र छायाँमा पारिए त्यसको परिमाण के होला? यसको विश्लेषण कसले गर्ने निति  निमार्ण गर्नेले वा कार्यान्वयन गर्नेले ? वर्खास्ती! कति कठोर लाग्ने तर आफ्नो पढाई र निजी जिवनलाई भुलेर अतिरिक्त समयमा समेत निः स्वार्थ सेवा गरे वापत २५–३० वर्षको उमेरमा जिवनकोकुनै पनि मोडमा नभुल्ने तिरस्कारको तक्मा पाएका मेरा आदरणीय सहकर्मी शिक्षक मित्रहरुमा सकारात्मक र रचनात्मक विकल्प मिलोस् र सम्पूर्ण अवोधविधार्थीहरुले समयमा नै सहज रुपमा विज्ञान÷गणित सिक्न पाउन् भन्ने झिनो आशा र शुभकामना सहित !

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...