समाचार

पूर्ण र रामवीर बने बिजेता

गते ००:०० मा प्रकाशित

पूर्ण र रामवीर बने बिजेता

 इलाम, ७ भदौ ः पूर्वाञ्चलब्यापी खुला गायन तथा नृत्य प्रतियोगिता प्रतिभा मञ्च २०७२ को नाम दिएर सञ्चालन गरिएको सांस्कृतिक प्रतियोगिताको शनिबार सम्पन्न फाइनलबाट इलामका दुईजना प्रतिभा बिजेता बनेका छन् । सदरमुकामको गौतमबुद्ध सभागृहमा शनिबार राती सम्पन्न भएको फाइनलबाट गायनतर्पm इलाम बाँझोका पूर्ण लिम्बू र नृत्यतर्पm जितपुरका रामवीर लिम्बू प्रथम भएका हुन् ।

प्रतियोगितामा गायनतर्पm जितपुरका रोशन लिम्बू र नृत्यतर्पm ताप्लेजुङकी रोशनी लिम्बू द्वितीय भए । ताप्लेजुङकै सूर्य लिम्बू गायनतर्पm तृतीय भएका छन् भने पाँचजना प्रतियोगी प्रतिभाले सान्त्वनास्वरुप पुरस्कार प्राप्त गरेका छन् ।
पाँचथरको संगीत साधना कला केन्द्रले आयोजना गरेको प्रतियोगितामा प्रथम बिजेतालाई नगद २० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गर्नुका साथै एउटा गीत संगीत तथा रेकर्डिङ गरिदिने केन्द्रका अध्यक्ष गायक रमेश सुनुवारले बताएका छन् । प्रतियोगिताको फाइनल कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा इलामका गायक तथा संगीतकार प्रकाश बस्नेत, गायक तथा संगीतकार कमलीकान्त भेटुवाल, हाँस्य कलाकार कमल घिमिरे, मोडल नृत्यकार सुस्मा लिम्बू, नृत्य निर्देशक सुवास लिम्बू, गायक दिपेश सुब्बा, संगीतकार सुमन दियाली, गायकहरु रमेश सुनुवार, अप्सन लिम्बू, चिरन लिम्बू र मेचीतारा आदित्य लिम्बूको पनि प्रस्तुति रहेको थियो । सो अवसरमा पुराना कलाकारहरु गायक प्राज्ञ कोमल निरौला, देवी प्रसाद गौतम, नन्दप्रसाद श्रेष्ठ, रमेश श्रेष्ठल, नृत्य निर्देशक रोशन कर्माचार्यगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...