space for add
space for add

समाचार

फाइनल अडिसन इलाममा

गते ००:०० मा प्रकाशित

फाइनल अडिसन इलाममा

 सन्दकपुर संवाददाता
इलाम २ भदौ । पुर्वाञ्चल व्यापी प्रतिभा मञ्च गायन तथा नृत्य प्रतियोगिता २०७२ को फाइनल अडिसन इलाममा हुने भएको छ । सङ्गीत साधना कला केन्द्रले आयोजना गरेको उक्त प्रतियोगितामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमका प्रतिष्पर्धीले सहभागिता जनाएका छन् । भदौ ५ गते इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृहहलमा हुने फाइनल अडिसनमा उत्कृष्ट सातले प्रतिष्पर्धा गर्ने आयोजक साधना कला केन्द्रका संयोजक रमेश सुनुवारले जानकारी दिए । गएको बैशाख १ गतेबाट सुरु भएको पहिलो प्रतिभा छनौटलाई निरन्तरता दिँदै गायन र नृत्यमा सात–सात जना छनौट भएका हुन् ।
नृत्यमा भन्दा गायनमा झुकाव
पाँच जिल्लामा प्रतिभा छनौटको सुरुमा नृत्यमा २३५ जनाले सहभागिता जनाएका थिए भने गायन तर्फ ४०७ जनाले सहभागिता जनाएको संयोजक सुनुवारले बताए । विशेष गरेर नृत्यमा भन्दा गायनमा बढिले सहभागिता जनाउनाले पनि गायन प्रति युवायुवतीको झुकाव रहेको बुझ्न सकिन्छ ।
दुई कलाकारलाई सम्मान गरिने
सोहि कार्यक्रमको अवसर पारेर इलामका दुई कलाकारलाई सम्मान गरिने भएको छ । इलाममा नै बसेर समग्र कलाकारितामा विशेष योगदान दिएको भन्दै वरिष्ठ नृत्य निर्देशक रोशन कर्माचार्य र स्रष्टा कोमल निरौलालाई सम्मान गरिने भएको हो । उनीहरुलाई दोसल्ला, फुल र अविरले सम्मान गरिने बताइएको छ ।
कार्यक्रममा चर्चित गायकहरु कमलीकान्त भेट्वाल र प्रकाश बस्नेतको विशेष प्रस्तुती रहने रहने आयोजकले जानकारी दिएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...