space for add
space for add

समाचार

आर्थिक पारदर्शिताका लागिर् इ-प्रविधि

गते ००:०० मा प्रकाशित

इलाम, २२ साउन : इलाम जिल्लाको आर्थिक अवस्था कस्तो छ, भनेर अब सबै नागरिकले सहज रुपमा जानकारी लिन पाइने भएको छ । आर्थिक शुशासनको प्रबाह र नागरिकलाई सूचना लिन बञ्चित नहोस् भनेर जिल्लाका सबै सरकारी कार्यालयको लेखामाथि नियन्त्रण राख्ने र जिल्लाको आयब्ययको ढुकुटीको रुपमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले कम्प्यूटराइज्ड प्रविधिबाट कार्यविधी र्सार्वजनिक गर्न थालेको छ । 
टीएलसी सिस्टम नाम दिइएको उक्त प्रविधिमार्फत कोलेनिका पुग्ने जोकोही सेवाग्राहीले कार्यालयको प्रतिक्षा कक्षमा बसेर जिल्लाको सबैखाले लेखाबारे जानकारी राख्न पाउने प्रमुख कोष तथा लेखा नियन्त्रक भेषप्रसाद भर्ुर्तेलले बताए । 'जिल्लास्थित कुन सरकारी कार्यालयको आयब्ययको अवस्था कस्तो छ । कुन कार्यालयले कति राजस्व उठाउँदैछन् र कति खर्च गर्दैछन् भन्नेबारे यहाँ आएका सेवाग्राहीले हामीबाट सेवा लिँदानलिँदा थाहा पाइसक्नेछन्', उनले भने ।
श्ाुक्रबार बिहान महालेखा नियन्त्रक राजेन्द्र नेपालले उक्त प्रविधिको उद्घाटन गरेका हुन् । कार्यविधि र्सार्वजनिक प्रणाली शुभारम्भ समारोहमा प्रमुख अतिथि रहेका महालेखा नियन्त्रक नेपालले इलाममा शुरु गरिएको यो प्रविधि अन्य जिल्लालाई पनि विकास गर्न उत्प्रेरित गरिने बताए । 
कार्यक्रममा समारोहको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, उपमहालेखा नियन्त्रक नेत्र सुबेदी, स्थानीय विकास अधिकारी मदन कोइराला, पेफा कार्यान्वयन इकाइका नागरिक समाज प्रतिनिधी सदस्य धर्म गौतम र नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष रोहित चन्द्र भट्टर्राईले शुभकामना मन्तब्य राख्दै यो प्रविधिले पारदर्शितामा सहयोग पुग्ने बताए ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...