space for add
space for add

समाचार

८ औं नेफ्टा फिल्म अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुको कतारमा कुम्भमेला लाग्ने

गते ००:०० मा प्रकाशित

८ औं नेफ्टा फिल्म अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुको कतारमा कुम्भमेला लाग्ने

 तिलविक्रम थेवे दोहा कतार

दोहा, २८ असार । नेपाल चलचित्र प्राविधिक संघले शुरुआत गरेको नेपाली चलचित्रको विभिन्न विधामा विभिन्न क्षेत्रका चलचित्रकर्मीहरुलाई प्रदान गरिदै आएको निकै लोकप्रिय नेफ्टा फिल्म अवार्ड यो वर्ष कतारमा आयोजना हुने भएको छ ।
नेपाल चलचित्र प्राविधिक संघले अन्तराष्ट्रिय कलाकार मञ्चको समन्वयमा  आगामी बक्री ईद (इद अल अधा) मा कतारमा आयोजना गर्न लागेको ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ वारे जानकारी दिन नेपाल चलचित्र प्राविधिक संघ र अन्तराष्ट्रिय कलाकार मञ्च कतारले गत जुलाई ११, २०१५ शनिवार संयुक्त रुपमा कतारमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
अन्तराष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष भविन्द्र तामाङ्गकोे सभापतित्व मन्चका महासचिव वविन राईको संचालन रहेको पत्रकार सम्मेलनमा मन्चका उपाध्यक्ष रितकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने मन्चका निवर्तमान उपाध्यक्ष एवं लोकगायिका देविका केसी गुरुङ्गले पनि आफना भनाइहरु राखेकी थिइन् ।
सो पत्रकार सम्मेलनमा नेपाल चलचित्र प्राविधिक संघका तर्फबाट संघका अध्यक्ष मनोज केसीले अन्तराष्ट्रिय कलाकार मञ्च कतारसंग ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ कार्यक्रम गर्ने सहमतिपत्र मञ्चका अक्ष्यक्ष भविन्द्र तामाङ्गलाई हस्तान्तरण गरेका थिए । मञ्चद्धारा कतारमा आयोजना गर्न प्रतिवद्धता जनाएको पत्र संघलाई हस्तान्तरण गरिएको थियो ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले मलेसिया र हङ्गकङ्गमा क्रमशः छैटौं तथा ७औं नेफ्टा फिल्म अवार्ड कार्यक्रम सफलताका साथ आयोजना गर्न सकेको र यो ८औं नेप्टा फिल्म अवार्ड–२०१५ पनि कतारमा सफलताका साथ आयोजना गर्न सकिने आँट आएको बताउदै नेपाली चलचित्रलाई अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न र भुकम्पपछि नेपालमा चलचित्रहरु छायांकन गर्न आउन आनाकानी गरिरहेका विदेशी चलचित्रकर्मीहरुलाई पनि नेपालमा अव सुरक्षित छ आउन सकिन्छ भनेर प्रोत्साहन गर्नपनि यसरी विदेशमा यो कार्यक्रमको आयोजना गरिन थालिएको बताए ।
चलचित्र प्राविधिक संघका महासचिव तिमिल्सिनाले नेपाली चलचित्रको विकास, उन्नती गर्दै अन्तराष्ट्रिय समाजमा समेत नेपाली चलचित्रको प्रभाव छाड्न ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ कार्यक्रमले निकै सहयोग पुरयाउने बताए भने अन्तराष्ट्रिय कलाकार मञ्च कतारका अध्यक्ष भविन्द्र तामाङ्गले मञ्चले यो कार्यक्रम गर्ने मौका पाउनु निकै उत्साहजनक भएको र यो कार्यक्रम सफल पार्न मञ्च लागिपर्ने बताए । कार्यक्रममा हरेक दर्शकको सहज पहुच पुगोस् भनेर टिकट दर ३५ रीयाल राख्ने र कतारमा रहेका कलाकारहरुले पनि ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ मा सम्मानजनक आफ्ना प्रस्तुती पस्कने अवसर पाउने जानकारी तामाङ्गले दिए ।
अन्तराष्ट्रिय कलाकार मञ्च कतारका सल्लाहकार तथा ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ का व्यवस्थापक सागर नेपालले कतारमा आयोजना हुन लागेको यो कार्यक्रम नेपाली समुदायका लागि एक अवसर भएको र भव्यरुपले सम्पन्न हुनेमा आश्वस्त रहन पत्रकारहरुलाई जानकारी दिदै कार्यक्रम सफल पार्न सवैको सहयोगको अपेक्षा गरे ।
पत्रकार सम्मेलनमा विभिन्न मिडीयामा आवद्ध पत्रकारहरु, शुभचिन्तकहरु लगायत अन्तराष्ट्रिय कलाकार मञ्च कतारका सल्लाहकार नरेन्द्र भाट, ८औं नेफ्टा फिल्म अवार्ड–२०१५ का सहयोगी प्रकाश गुरुङ्ग, डिबी सुनाम लगायतको उपस्थिति रहेको थियो ।
८औं नेफ्टा फिल्म अवार्ड–२०१५ का लागि नेपाल चलचित्र प्राविधिक संघद्धारा महानायकको उपनाम र उपाधी पाएका नायक राजेश हमाल, बरिष्ठ अभिनेत्री तथा संघका संरक्षक बसुन्धरा भुषाल, बरिष्ठ अभिनेता नीर शाह, लगायत ८० भन्दा बढी विभिन्न विधाका अन्य चलचित्रकर्मीहरु कतार आउने जानकारी समेत पत्रकार सम्मेलनमा दिइएको थियो ।
 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...