समाचार

नगरमा काङ्ग्रेसको प्रशिक्षण

गते ००:०० मा प्रकाशित

 सन्दकपुर संवाददाता,
इलाम, १६ बैशाख,
नेपाली काङ्ग्रेसले इलाम नगरपालिकामा वडास्तरीय प्रशिक्षण अभियान शनिबार सुरू गरेको छ । शनिबार वडा नं. ६ को तिल्केनीमा एकदिने वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काङ्गे्रसको ऐतिहासिक पृष्ठभूमि, सङ्गठन सुदृढीकरण र नेतृत्व विकास, शान्ति प्रकृया र संविधान निर्माणमा काङ्ग्रेसको भूमिका, स्थानीय निकायमा काङ्ग्रेसको भूमिका र काङ्ग्रेसका भातृ सङ्घ÷संस्थाका बिषयमा सहजीकरण गरिएको थियो । काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव खगेन्द्र देवानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमलाई महासमिति सदस्यद्वय भेषराज आचार्य र केदार थापा, नेपाल ट्रेड युनियन काङ्ग्रेस (स्वतन्त्र) इलामका अक्ष्यक्ष राजेन्द्र शर्मा, नेपाल प्रजातान्त्रिक प्राध्यापक सङ्घका सदस्य रोम आचार्य र जिल्ला सदस्य बिष्णु काफ्लेले सहजीकरण गरेका थिए । कार्यक्रम वडा सभापति भक्तबहादुर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...