space for add
space for add

समाचार

करोड भन्दा माथिका सहकारी संस्थाहरुको यर्थात हिसाब

गते ००:०० मा प्रकाशित

करोड भन्दा माथिका सहकारी संस्थाहरुको यर्थात हिसाब

 इलाम, २७ जेठ । करोड भन्दा माथिका सहकारी संस्थाहरुबाट रकम अनियमितता, हिनामिना जस्ता समस्या देखा पर्न थालेपछि डिभिजन सहकारी कार्यालय इलामले अनुगमन गर्न थालेको छ । शेयर सदस्यहरुले बचत गरेको पैसा पारदर्शि रुपमा नदेखाउने सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालयले धमाधम अनुगमन, निरिक्षण तथा छड्के अनुगम गर्न थालेको हो ।

 
 अनुगमनका क्रममा सहकारी संस्थामा देखा परेका समस्यालाई सच्याउन सुझाव दिइदै आएको कार्यालयले जनाएको छ । त्यस्ता संस्थालाई पटक÷पटक सुधारका लागि पहल गरेपनि अटेर गर्ने संस्थालाई खारिजी देखि सिधै रकम ठगीको आरोप लाग्ने समेत डिभिजन कार्यालयले जनाएको छ । इलाम जिल्लामा करोड भन्दा माथिका संस्थाहरुमा डिभिजन कार्यालयले नियमित अनुगमन तथा छड्के निरिक्षण समेत गरिरहेको जनाइएको छ ।
 
 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...