समाचार

बजाजको उद्घाटन कार्यक्रम

गते ००:०० मा प्रकाशित

बजाजको उद्घाटन कार्यक्रम

सन्दकपुर संवाददाता

जेठ ३२, इलाम

बजाज कम्पनीको मोटरसाइकल सोरूम इलामको धोवीधारामा बिहीबार एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । इलामका लागि रमेश पराजुली खेमराज खड्का र जनकराज खड्काको संयुक्त लगानीमा खोलिएको उक्त सोरूमबाट बिहीबारसम्ममा ३२ वटा मोटरसाइकल बिक्री भइसकेको सञ्चालक रमेश पराजुलीले बताए । उक्त सोरूममा बजाज कम्पनीका विभिन्न किसिमका १ लाख ५५ हजार ९ सयदेखि २ लाख ४३ हजार ९ सयसम्मका मोटरसाइकल राखिएको छ । इलाम ७ धोवीधारमा रहेको उक्त सोरूम र सर्भिज सेन्टर अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको सञ्चालक पराजुलीको भनाइ छ । उक्त सोरूम उद्घाटनको अवसरमा सहायक प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, स्थानीय विकास अधिकारी, सुमन घिमिरे, इलाम नगरपालिकाका कार्यकारी अधिकृत अग्नि अधिकारी लगायत विभिन्न संघसस्थाका प्रतिनिधि तथा स्थानीयबासीको उपस्थित रहेको थियो । सो कार्यक्रममा सोरूमबाट मोटरसाइकल खरीद गर्ने ३२ जनालाई एच एच बजाजका कार्यकारी निर्र्देशक शेखर गोल्छाले आर्कषक उपहारसमेत प्रदान गरेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...