समाचार

युनियनले कालो पट्टी बाँधेर परीक्षामा भाग लिने

गते ००:०० मा प्रकाशित

 सन्दकपुर संवाददाता
इलाम, १६ बैशाख
ः नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन इलामले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी कक्षा ११ र १२ को परीक्षामा असहयोग गर्ने जनाएको छ । युनियनले आइतबारदेखि हुने परीक्षा अवधिभर इलामका ३४ वटा सामुदायिक उच्च माविका सातवटा परीक्षाकेन्द्र अगाडि बिरोध सम्बन्धी नारा लेखिएका कालो ब्यानर राख्ने र प्रत्येक उमावि शिक्षकले परीक्षाअवधिभर हातमा कालो पट्टी बाँधेर मात्र परीक्षामा भाग लिने जनाएको छ ।
युनियनले यसअघिदेखि नै १५ सूत्रीय माग राखेर आन्दोलन गर्दै आएको थियो । युनियनको केन्द्रीय समितिले तय गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रमअनुसार परीक्षामा असहयोग गर्ने जनाइएको हो ।
युनियनका जिल्ला अध्यक्ष बेदप्रसाद काफ्ले र सचिव हिमालय कुरूङ्बाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामुदायिक उमाविलाई आर्थिक दायित्वसहित स्थायी सम्बन्धन दिइनुपर्ने, विषयगत शिक्षक दरबन्दी स्वीकृत गरिनुपर्ने, आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गरिनुपर्ने, प्रक्रियागत ढङ्गले स्थायी गरिनुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा बहुप्राविधिक उमावि स्थापना गरिनुपर्ने, उच्च माध्यमिक शिक्षालाई निःशुल्क गरिनुपर्ने लगायतका १५ वटा मागहरू उल्लेख गरिएका छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...