space for add
space for add

समाचार

५८ औं राष्ट्रिय सहकारी दिवसमा विभिन्न सहकारी पुरस्कृत

गते ००:०० मा प्रकाशित

५८ औं राष्ट्रिय सहकारी दिवसमा विभिन्न सहकारी पुरस्कृत इलाम, २० चैत । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालय इलामले आफ्नो प्राधिकार क्षेत्र इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । ताप्लेजुङ बजारमा आयोजित कार्यक्रममा विभिन्न प्रारम्भिक सहकारी संस्था, विभिन्न गैससका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरु गरी करिब दुईहजारको संख्यामा उपस्थित भएको भेलाले ताप्लेजुङको कृषि भवनबाट शुरु गरेको ¥याली वीरेन्द्र चोकमा पुगेर कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता ताप्लेजुङ जिल्लाका प्रम्ुख जिल्ला अधिकारी डम्मरुवल्लभ निरौला तथा डिभिजन सहकारी कार्यालय, इलामका सहकारी अधिकृत दुर्गाप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । पुरस्कृत हुने सहकारीहरुमा इलामबाट जागृति वहुउद्देश्यीय सहकारी संस्था इलाम, महिला पशुपति वहुउद्देश्यीय सहकारी संस्था पशुपतिनगर, तालगाउँ दुग्ध उत्पादक सहकारी संस्था सुलुबुङ, नवमी चिया उत्पादक सहकारी संस्था जीतपुर, नारी विकास वहुउद्देश्यीय सहकारी संस्था, इलाम पाँचथरबाट घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्था फाक्तेप, दोरम्बा कृषि संकलन तथा बिक्री केन्द्र सहकारी संस्था अमरपुर, ताप्लेजुङबाट तमोर महिला वहुउद्देश्यीय सहकारी संस्था ताप्लेजुङ, शुभलाभ बचत तथा ऋण सहकारी संस्था ताप्लेजुङ रहेका छन् । त्यस्तै उत्कृष्ट सहकारी संचालक समिति अध्यक्षमा नरेन्द्र राई पाँचथर बचत तथा ऋण जिल्ला सहकारी संघ लि, तिर्थकुमारी चम्सु कञ्चनजंघा महिला वहुउद्देश्यीय सहकारी संस्था ताप्लेजुङ र उत्कृष्ट कर्मचारीमा डिभिजन सहकारीका सहायक सहकारी निरिक्षक उमेश ढकाल पुरस्कृत भएका हुन् । यता इलाममा नेपालमा सहकारी आन्दोलनले ५७ औं वर्ष पार गरेको अवसरमा शुक्रबार सदरमुकाममा ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । ‘आयात प्रतिस्थापना र सामाजिक न्यायका लागी सहकारी’ भन्ने नाराका साथ विभिन्न सहकारी संघसंस्था, सहकारीकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा सहकारी दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारीकर्मीहरुको उपस्थितीमा इलामको ठूलो टुँडीखेलबाट निकालिएको ¥यालीले चोक बजार परिक्रममा गरि जिविसको सभाहलमा आयोजित कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा दुई वटा बेग्ला बेग्लै कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...