समाचार

इलाममा जति दर्शकको माया अन्त छैन

गते ००:०० मा प्रकाशित

इलाममा जति दर्शकको माया अन्त छैन इलाममा जारी अन्तराष्ट्रिय टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुने भएको छ । फाइनल खेलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब ललितपुर बिच भिडन्त हुने छ । यसै सन्दर्भमा रहेर सन्दकपुर दैनिकका सहकर्मी टीका खतिवडाले दुवै तर्फका प्रशिक्षकसँग गरेको कुराकानी । प्रस्तुत छ त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केशी र थ्रि स्टार क्लवका प्रशिक्षक अन्जन केशीसँगको कुराकानी सार संक्षेप... स्मरण रहोस ः त्रिभुवन आर्मीले रुपन्देही एघार र थ्रिस्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरि फाइनलमा प्रवेश गरेका हुन् । प्रश्न ः विपक्षी टिमलाई कति गोल अन्तरले पाखा लगाउने रणनीति बनाउनु भएको छ ? अन्जन ः खेलमा यति नै गोल भन्न सकिँदैन । जित्ने प्रयास गरेर खेल्ने हो । त्यो पनि फुटबलमा अगाडी नै नतिजा लिन सकिँदैन । हार्छु भनेर मैदानमा आइँदैन । हाम्रो इलाममा खेल्दा कै कुरा गर्ने हो भने पनि पहिलाको भन्दा ज्यादै राम्रो भएको छ । खेलाडीहरुमा मैदानको पनि अभ्यास बढ्दै गएको छ । प्रश्नः लामो समय पछिको प्रतियोगितामा आउनु भएको छ कस्तो लाग्यो आयोजकको व्यवस्थापन ? अन्जनः इलाममा फुटबलको यति धेरै लोकप्रियता रहेछ । यति हुँदाहुँदै किन बिचमा यस्तो प्रतियोगिता हुन सकेन अचम्म लाग्यो । फुटबलमा यतिधेरै माया राख्ने दर्शक त मैले सायदै देखेको पहिलो पटक हो । हुन त मैले सुनेको थिए । इलाम सुन्दर छ, यौटा सानो स्थान भएर पनि दर्शक प्रतिको मोहले चाँहि अत्यन्तै हौसला बढाएको छ । अनि इलामको व्यवस्थापन सानै ठाउँ भएपनि ठुलै प्रतियोगितामा जस्तो भयो । खानेबस्ने सबै राम्रो तर खेल मैदानको सुरक्षाको विषयमा चाहिँ खासै ध्यान दिएको जस्तो पाइएन । प्रतियोगिता सञ्चालन नगरेको लामो समय भएर पनि होला । आशा गरौँ अर्को प्रतियोगितामा यस्तो हुँदैन । प्रश्नः धेरै मैदानमा बल खेली सक्नुभयो, कस्तो छ मैदानको अवस्था ? अन्जनः इलाममा सबैकुरा भएको खेल खेल्नका लागि मैदानकै समस्या हो । हुन त मैदानलाई तिनचार महिना अगाडी देखी माटो लगाउँदै पानी लगाएको थियो भने यस्तो समस्या आउने नै थिएन । आयोजकले यसलाई चाँहि अबका दिनमा सुधार्न सके इलाम यौटा खेल पर्यटकका दृष्टिले पहिलो जिल्लाकै रुपमा आउँछ । प्रश्नः फाइनल जित्ने आधार केलाई लिनु भएको छ ? अन्जनः हामीमा देश तथा विदेशमा खेलेका अनुभवी खेलाडीहरु छन् । अगाडी देखी पछाडी डिफेन्स र गोल किपरलाई उत्तिकै रुपमा लिइन्छ र हामीले पनि सोहि अनुसार सिङ्गो टिमलाई नै जित्ने आधारका रुपमा लिएका छौँ । प्रश्नः हालसम्म यो ०७१ साल भरीमा कतिवटा प्रतियोगितामा विजेता बन्नुभयो ? अन्जनः हामीले थुप्रै प्रतियोगितामा सहभागिता जनायौँ । र नतिजा पनि ठिकै छ । केहिमा पराजय पनि भोगेका छौँ । केहिमा विजेता पनि बनेका छौँ । प्रश्नः अबको फाइनलमा भिड्ने आर्मीसँग कति पटक भिडिसक्नुभयो ? अन्जनः हामीले यति भन्ने नै छैन, थुप्रै पटक परेका छौँ, कहिले पहिलो चरणमा नै त कहिले अन्तिम चरणमा आएर भएपनि । प्रश्नः इलाममा रहँदा आयोजकलाई केहि सुझाव दिन चाहनुहुन्छ ? अन्जनः ठिकै छ, मैदानलाई इलाम र इलामेलीले सोच्नै पर्छ । यत्तिकै राखेर विकास हुँदैन । यसलाई घाँसे मैदानको रुपमा विकास गर्न सके धेरै राम्रो । अनि मैदानको सुरक्षाको समेत राम्रो प्रवन्ध मिलाउन सके इलाम यौटा फुटबल क्षेत्र देश भित्र मात्र हैन विदेशमा नै कहलिन्छ । यहि हो अरु त ठिकै छ । प्रश्नः अन्त्यमा के भन्न चाहनु हुन्छ ? अन्जनः इलाम बच्चा देखि नै सुनेको थिए । खेल्न आउन नपाए पनि प्रशिक्षकको रुपमा भएपनि आइयो अत्यन्तै खुसी लाग्यो । दर्शकको यति धेरै माया पाइयो लाग्छ, अब त इलाममा जति दर्शकको माया अन्त छैन, यो माया निरन्तर होस । धन्यवाद

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...