समाचार

रेफ्रीको अन्तिम ह्विसेलसम्म आश गरिरहन्छौँ

गते ००:०० मा प्रकाशित

रेफ्रीको अन्तिम ह्विसेलसम्म आश गरिरहन्छौँ इलाममा जारी अन्तराष्ट्रिय टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुने भएको छ । फाइनल खेलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब ललितपुर बिच भिडन्त हुने छ । यसै सन्दर्भमा रहेर सन्दकपुर दैनिकका सहकर्मी टीका खतिवडाले दुवै तर्फका प्रशिक्षकसँग गरेको कुराकानी । प्रस्तुत छ त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केशी र थ्रि स्टार क्लवका प्रशिक्षक अन्जन केशीसँगको कुराकानी सार संक्षेप... स्मरण रहोस ः त्रिभुवन आर्मीले रुपन्देही एघार र थ्रिस्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरि फाइनलमा प्रवेश गरेका हुन् । त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केशी प्रश्नः अब हुने फाइनल खेलमा विपक्षी टिमलाई कति गोल अन्तरले पाखा लगाउनु हुन्छ ? मेघराजः गोल अन्तर र रिजल्ट खेल नसकिए सम्म भन्न सकिँदैन । तर खेल हेरेर दर्शकले अनुमान लगाउन सक्छन् कि खेल कस्ले कति प्रस्तुत ग¥यो, अनि कस्ले जित्छ भनेर । थ्रि स्टार हाल आएर देशकै ठुलो टिम भएको छ । यो हैन कि फेरी आर्मी कमजोर छ । हाम्रा खेलाडीहरुले पछिल्लो समयमा देखाएको खेल हेर्दा अत्यन्तै ठुलो आशा छ कि माइभ्याली गोलकपको उपाधि चुम्न सकिन्छ । प्रश्न ः विपक्षी टिमलाई कतिको मजबुतीको रुपमा लिनुभएको छ ? मेघराजः मैले अघि पनि भने, उहाँहरु देशकै ठुलो र दरिलो टिमको रुपमा चिनिनुहुन्छ । यद्धपि हामीले उहाँहरुसँग एकदमै सिरियस भएर खेल देखाउँने छौँ । हामी अम्पायरको अन्तिम ह्विसेल सम्म आश गरी नै रहन्छौँ । कि जित्छौँ भनेर । प्रश्नः मुख्य खेल जित्ने आधार तपाँइहरुले केलाई लिनुभएको छ ? मेघराजः खेल जित्न खेलाडीहरु सबैको प्रयास उत्तिकै आवश्यक हुन्छ । त्रिभुवन आर्मीको टिम यौटा गाडी हो, गाडीमा ब्रेक, स्ट्रिङ, चालक, पेट्रोल जति महत्वपुर्ण मानिन्छ । हामीले सबै खेलाडीलाई सोहि अनुसार लिएका छौँ । त्यहि भएर पनि आर्मीको टिम पछिल्लो समयमा सक्षम पनि बन्दै गइरहेको छ । प्रश्न ः इलाममा यति ठुलो प्रतियोगिता १७ वर्ष पछाडी हुँदैछ यति लामो ग्याप रहँदा कस्तो लाग्यो ? मेघराज ः त्यहि त यति लामो ग्याप हुनुमा चाँहि अत्यन्तै दुख लाग्यो । यहाँका दर्शको उपस्थितीले पनि यौटा हौसला दिन्छ । साँच्चै भन्ने हो भने यहाँका दर्शक फुटबलमा यतिधेरै भोकाउनु भएको रैछ कि खेल खेलिरहँदा नै उहाँहरुको हौसला र मायाले स्पस्ट पार्छ । फेरी अन्य स्थानमा खेल हेर्न जाँदा पैसा तिर्नुपरेर पनि दर्शक खेल हेर्न जाँदैनन् तर यहाँ पैसा तिरेर पनि यति धेरै दर्शक भित्रिएकोमा अत्यन्तै खुसी लाग्यो । प्रश्नः धेरै क्षेत्र र मैदानमा खेल्नुभयो, इलामको मैदान कस्तो लाग्यो ? मेघराजः अर्को दुख लागेको पक्ष यहाँ पनि हो, इलामेली दर्शकहरुको यतिधेरै माया रहँदारहँदै पनि मैदानलाई खासै ब्यवस्थापन गर्न सकिएको रहेनरहेछ । कुनै पनि यति ठुलो प्रतियोगितामा घाँस बिनाको मैदानमा त खेलेकै थिएन । आशा गरौँ अर्को पटक आउँदा यस्तो अवश्य हुँदैन कि मैदान एकदमै राम्रो हुन्छ । प्रश्नः यहाँहरुले यो ०७१ साल भरीमा कतिवटा उपाधि हात पार्नुभयो ? मेघराजः हामीले यो वर्ष जम्मा छ वटा प्रतियोगितामा भाग लियौ, दुईटामा उपाधि नै चुम्यौ केहिमा फाइनलमा पुगेर अघि बढ्न सकेनौ । प्रश्न ः यौटा हल्ला चल्ने गरेको छ, विभागिय टिम बिच प्रतिष्पर्धा हुँदा झगडा हुन्छ भनेर के हुन्छ यो फाइनलमा ? मेघराज ः हेर्नुहोस यो हुन सक्दैन, झगडा हुने भनेको सानातिना प्रतियोगितामा मात्र हो, खेल अवधिभर हामीले थ्रिस्टारलाई कसरी हराउने र उहाँहरुले पनि हामीलाई कसरी हराउने भन्ने स्वास्थ्य प्रतिस्पर्धा चाहिँ अवस्य नै हुन्छ र इलामका दर्शकलाई यो भ्रम नरहोस कि जुनसुकै खेलमा झगडा नै हुन्छ भनेर र भोली देख्न सक्नुहुनेछ हाम्रो स्वास्थ्य प्रतिस्पर्धा र खेलाडीको खेल कौशलता । प्रश्नः आयोजकको व्यवस्थापन कस्तो छ । मेघराजः हामी त यहाँ नेपाली सेनाको क्याममा नै बसेका छौँ, र भन्छौँ पनि हामीले जतिको सुविधा त बार्सिलोनाले पनि पाउँदैन होला । प्रश्नः अन्त्यमा के भन्न चाहनुहुन्छ ? मेघराज ः इलाम यति सुन्दर जिल्ला भएर पनि यति लामो समयमा यस्ता ठुला प्रतियोगिता हुन्छ । यसलाई वर्षैपिच्छे गरियोस अनि माइभ्याली फुटबल क्लबले निरन्तर खेल सञ्चालन गर्न सकोस । आगामी खेल खेल्न आउँदा यहाँको मैदानका सुधार आओस । धन्यवाद

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...