समाचार

मरेमाथि मुड्की नबज्रीयोस्

गते ००:०० मा प्रकाशित

 अवनती उन्नतिको आधार हो । कष्टकार अनुभूति दिने कुराहरूको स्थानमा सुखद परिस्थितिको सृजना गर्नु उन्नति वा विकास हो । कैयन प्राकृतिक वस्तुहरू सृष्टिपर्यन्त स्थिर रहेका छन् । तिनको उपभोगमा आउने विविधताको खोजी प्रकृया विकासको बाटो हो । खोजीले तरिका एवम् विधिहरूको निर्माण गर्छ । दुधमा भएको नौनी निकाल्न, दही बनाउन एउटा लामै विधिलाई कार्यान्वयन गर्नुपर्छ । कसैलाई दुध मनपर्छ, कसैलाई दही, मोही, नौनी, चीज, कुराउनी आदि । तर दुधको आफ्नो गुण छ विधि लागु नभएमा न दही न नौनी केहि पनि बन्दैन । त्यसै राखी छोडेमा फाट्छ । फाटेको दुध कसैले पनि मन पराउ“दैन ।
यति बेला इलाम अस्पतालमा फाटेको दुध सरह भएको छ । ताप्लेजु·, पा“चथर देखिका बिरामीहरूले विश्वसनीय उपचार लिन भिड लाग्ने अस्पतालले अहिले बेहुली अन्माएपछिको आ“गन जस्तो भएको छ । ३ जना डाक्टरको दरबन्दी भएको अस्पताल महिनौसम्म डाक्टरबिहीन छ । मेहे वेगरको दाइ“ गरेको बुझिन्छ अस्पतालमा । सामान्य उपचार लिन आउने बिरामी र नर्मल प्रसुति हुन सक्ने महिलासमेत त्यसै फिरेका र कतिलाई अन्यत्र रेफर गरिएको बुझिन्छ । आखिर निम्न आर्थिक स्तरमा बा“च्ने नागरिकको अस्पताल हो इलाम अस्पताल । घुमाइ फिराइ नेपालमा पार्का खप्न बाध्य पारिने समूह पनि यहि हो ।
यस अवस्थालाई सुधार गर्न अस्पताल विकास समिति सक्रिय हुन पर्ने देखिन्छ । अस्पताल जस्तो सम्वेदनशील संस्थामा भएको लापरवाहीले कसैको भलो हुने देखिन्न । गरीब जनतालाई ध्यानमा राखेर सरकारले निःशुल्क सेवा र औषधी निष्कृय रहन्छ वा दुरूपयोगमा जान्छ । गरीब र सामान्य बिरामी अन्यत्र रेफर गरेपनि जा“दैनन्, बरू रोग पालेर, बढाएर बस्छन् अन्ततः मर्छन् ।
कुनै दिन उत्कर्षमा पुगेको इलाम अस्पतालको यो दुर्गतिको कारण जे पनि हुन सक्ला । भ्रष्टचार, जागिरे वडप्पन, राजनैतिक घुसपैठ वा अन्य कुनै यसको चा“डै निराकरण गरेर अस्पताललाई सेवामूलक बनाउनु जरूरी छ । कहिले काही“ हाकिम र कर्मचारीबीचको मनमोटाव, बौद्धिक र व्यक्तित्वमा आउने हिनताबोधले पनि कार्यालयमा कार्य सञ्चालन गर्न अवरोध उत्पन्न गर्छ । त्यस अवस्थामा सञ्चालक समितिको भूमिका निर्वाह गर्ने विकास समितिले सामञ्जस्य स्थापना गर्नु आवश्यक ठहर्छ । देशको राजनैतिक संक्रमणको नाजायज फाइदा लिनेस“ग निष्पक्षतापूर्वक सावधान रहनु अहिलेको आवश्यकता हो । यसैगरी सेवाबिहिन रहिरहेमा हाम्रा आदर्शवादी सोचहरू धुलोमा मिल्ने छन् र जनताले मरे माथि मुड्की बज्रिएको अनुभव गर्नेछन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...