समाचार

जानकारी नहु“दा सुत्केरी सुविधा लिनबाट बञ्चित

गते ००:०० मा प्रकाशित

रोहितचन्द्र भट्टराई, इलाम, १३ बैशाख ः इलाम नगरपालिका कार्यालयले आवश्यकताअनुसार सूचना प्रचारप्रसार र र जानकारी नदिएका कारण कार्यालयबाट उपलब्ध गराउने भनिएको सुत्केरी सुविधा लिनेको सङ्ख्या न्यून देखिएको छ । एक वर्षमा जन्म दर्ता गराउनेको सङ्ख्या पाँच सयको हाराहारीमा हुने गरेपनि सयजना भन्दा कम मात्र सुविधा लिन आउने गरेको नगरपालिका कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले सुत्केरीको भरण पोषणका लागि भनेर बच्चा जन्मिएको ३५ दिनभित्रमा नियमानुसार जन्मदर्ता गर्न आउने नगरबासी (सुत्केरी) का लागि  सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो । नगरपालिकाले मातृशिशु स्वास्थ्यका लागि भनेर नगरबासीका बच्चाको लागि प्याकेज सुविधा गाईको घिउ १ केजी, सखर वा चिनी १ केजी, फुलालाइन कपडा १ मिटर, ज्वानो आधा केजी तथा अस्पतालको पत्र प्राप्त हुनासाथ र बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गराई जन्मदर्ता पेश भएपश्चात पुनः १ पाकेट बेवी पेक (साबुन, पाउडर, मालिस तेल), १ केजी मिस्री, मेडिकल रिपोर्ट अनुसार ३० ट्याब्लेट आइरन चक्की) उपलब्ध गराउने घोषणा गरेको थियो । सुविधा लिन आउनेले भने पाउँदै गरेको कार्यालयले जनाएको छ ।
 कार्यालयको पञ्जीकरण शाखाका पञ्जिकाधिकारी भानुभक्त भट्टराईका अनुसार गएको वर्ष २०६८ सालमा चारसय ८३ जना र अघिल्लो वर्ष २०६७ सालमा पाँचसय २७ जना बालबालिकाको जन्म दर्ता भएको छ । तर, चालु आर्थिक वर्षको गएका नौ महिनामा अर्थात् २०६८ चैत मसान्तसम्ममा ५९ जनाले मात्र सुत्केरी सुविधा लिएको जिन्सी शाखाका कर्मचारी पदमसिंह थापाले जानकारी दिएका छन् ।
यो तथ्याङ्कलाई हेर्दा सुविधा लिन आउने ११ प्रतिशतको हाराहारीमा मात्रै छन् । यसरी नगरपालिका कार्यालयले उपलब्ध गराउने सुविधा लिन नआउनुको कारण कार्यालयले नगरबासीलाई जानकारी गराउन नसकेको जानकारहरू बताउँछन् । ‘गाउँस्तरसम्म पीछडिएका र गरिब तथा बिपन्नले थाहा पाउने अनि बुझ्ने गरी प्रचारप्रसार र जानकारी गराउनु पर्छ अनि पो सुविधा पाइन्छ भनेर आउँछन् त’ वार्ड नम्बर ४ का दिपेश अधिकारीले भने, ‘इलाम बजार नै सबै नगरपालिका हो भनेजस्तै गरी बजारभरीका मानिसलाई मात्र थाहा दिनेगरी कार्यक्रम हुने गर्छन्, अनि लक्षित वर्ग कसरी आउँछन् ?’
इलाम नगरपालिका कार्यालय अन्तर्गत हरेक वार्डमा टोल विकास संस्था छन् । हरेक वार्डमा महिला स्वास्थ्य स्वयम्सेविका पनि छन् । हरेक वार्डका वार्ड सचिवको रूपमा कार्यालयका कर्मचारीलाई खटाइएको पनि छ । तर वार्डबासीले आपूmले पाउने सुविधा लिने जानकारी भने पाउन नसकेको गुनासो गरेका छन् ।
‘त्यस्तो छ भन्ने कुरा अहिले तपाइँले भन्दा मात्रै थाहा भयो’, इनपा ५ पुवाजुङकी सविना तामाङले भनिन्, ‘हाम्रो गाउँमा यसपाली ३÷४ जना सुत्केरी हुनुभयो, कसैले त्यो सुविधा लिएको थाहा छैन, हामीलाई पाइन्छ भन्ने थाहा भएपो लिन जानु ।’ कतिपय सुत्केरीले पनि आपूmले पाउने सुविधाका बारेमा थाहा नपाएरै लिन नगएको बताएका छन् ।
नगरपालिका कार्यालयमै आएर जन्मदर्ता गर्नेले पनि त्यही कार्यालयको सुविधा लिएका छैनन् । कतिपयले थाहै नपाएर नलिएको र कतिपयले ३५ दिन नाघेपछि जन्मदर्ता गराएका कारण नपाएको बताएका छन् । पञ्जिकाधिकारी भट्टराईले भने, ‘अस्पतालको कागजसहित आएर ३५ दिनभित्र जन्मदर्ता गराएर जन्मदर्ताको फोटोकपीसहित स्टोर शाखामा जानेलाई त्यो सूविधा दिइन्छ । त्यसरी आउनेलाई पाइन्छ भनेर आपूmले पनि जानकारी दिन्छु ।’
सुत्केरी बढी भएपनि सुविधा कमले लिने गरेको र प्रचारप्रसार कम भएकैले त्यस्तो भएको कार्यालयका शाखा अधिकृत रामकुमार शाहले स्वीकार गरेका छन् । उनले भने, ‘आउने जतिलाई दिइएको छ । अभैm कम मात्र आएका छन्, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नका लागि हामी पहल गर्छौँ । सबैले सुविधा पाउने वातावरण बनाउन लाग्छौँ ।’

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...