space for add
space for add

समाचार

आदर्शमा महादेव

गते ००:०० मा प्रकाशित

आदर्शमा महादेव

सन्दकपुर संवाददाता इलाम, २६ पुस–

आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामको दशौँ साधारण सभा तथा चौथो अधिवेशनले महादेव श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा महेश श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा अर्जुन श्रेष्ठ, कृष्ण श्रेष्ठ, ज्ञानबहादुर राई, सिनेट श्रेष्ठ, रेखा श्रेष्ठ, बालकुमारी देवान, प्रविण श्रेष्ठ, सुदिप श्रेष्ठ र चन्द्रकला भक्तराज रहेका छन् ।

साधारणसभाको पहिलो सत्रमा संस्थाका पूर्व अध्यक्ष अर्जुन श्रेष्ठले गत आर्थिक बर्षको र सो को अघिल्लो आर्थिक बर्षको तुलनात्मक प्रतिवेदन पेश गरेका थिए । उनले आगामी दिनमा संस्थाको आफ्नै भवन निर्माण गर्नको लागि रु २१ लाखमा जग्गा खरिद गरि उपलब्धि हासिल गरेको बताए । संस्थाले ६ करोड चौतिस लाख त्रिसठ्ठी हजारको प्राप्ति तथा भुक्तानीको विवरण पेश गरेको छ । संस्थाको साधारण सभाकै अवसरमा उत्कृष्ट ऋणी पुरुष तथा महिला सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो । यसै गरि गत बर्षको प्रवेशिका परिक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्राका अभिभावकहरुलाई पनि प्रशंसा पत्र तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष कमल श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि होमनाथ अधिकारीले शुभकामना मन्तव्य राख्दै संस्थाको सफलताको कामना गरेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...