समाचार

प्याब्सन दिवसमा रसिकलाई सम्मान, गुङरुको एल्बम् विमोचन

गते ००:०० मा प्रकाशित

प्याब्सन दिवसमा रसिकलाई सम्मान,  गुङरुको एल्बम् विमोचन

सन्दकपुर संवाददाता
इलाम २५ पुष–

१४ औं प्याब्सन दिवसको अवसरमा बिहिबार इलाममा स्थानीय कलाकार रगुन गुरुङ्गको प्रथम एकल गीति एल्बम ‘प्रियता’ को विमोचन गरिएको छ । झुल्के घामको न्यानो सलाम भन्छ मेरो इलाम लगायत ७ वटा गीत रहेको एकल एल्बमको वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेस रसिक साथै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्याब्सनका केन्द्रिय महासचिन डिके ढुङ्गानाले संयुक्त रुपमा एल्बमको विमोचन गर्नु भयो । कार्यक्रममा कला र संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वरिष्ठ सङ्गीतकार तथा नाट्य कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रसिकलाई अभिनन्दनका साथ दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको छ । विद्यार्थीहरु भित्र रहेको प्रतिभाहरुको खोजी र प्रबद्र्धन गर्न, सृजना स्रष्टाको सम्मान गर्न एंव कला–संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल(प्याब्सन), जिल्ला कार्य समिति इलामले आफ्नो संगठनको स्थापना बर्षमा विभिन्न कार्यक्रम गरि मनाएको  हो ।
  प्याब्सनले बार्षिक रुपमा आफ्नो स्थापना दिवसकै अवसर पारेर एसएलसी परीक्षामा जिल्लाका निजि विद्यालयमा अध्ययनरत सर्वोउत्कृष्ठ, उत्कृष्ठ अंक ल्याउने छात्रछात्रालाई सम्मान, पुरस्कृत गर्नका साथै बालवालिका भित्र लुकेर रहेका प्रतिभालाई प्रस्फोटन गराउने राम्रो अवसर पनि दिदै आएको छ । सोही अवसरमा २०७० सालको एसएलसी परिक्षामा ऐच्क्षिक तथा अनिवार्य विषयमा सर्वोउत्कृष्ठ अंक ल्याउने जिल्लाका दुई विद्यालयका छात्रछात्रलाई सम्मान गरिएको छ ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...