समाचार

अब्यवस्थित बन्दै कन्याम

गते ००:०० मा प्रकाशित

अब्यवस्थित बन्दै कन्याम
इलाम, १९ मङ्सिर (सस)–इलामको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित तथा इलाममै सबैभन्दा बढी पर्यटकको घुइँचो लाग्ने सूर्योदय नगरपालिकास्थित कन्याम चियाबगान क्षेत्र दिनदिनै अब्यवस्थित बन्दै गएको छ । कन्याममा पर्यटकीय स्थल तथा वनभोजस्थलको ब्यवस्थापन हुन नसक्दा दैनिक आउने पर्यटकले सास्ती ब्यहोर्न थालेका छन् ।
 
वनभोज स्थल नहुनु, खानेपानीको अभाव हुनु, सवारीसाधन पार्किङस्थल नहुनु, सार्वजनिक शौचालय नहुनु तथा फोहोर ब्यवस्थापनको काम नहुनुले कन्यामको पर्यटनलाई वाधा पु¥याइरहेको र आउँदा दिनमा पर्यटकको आगमन घट्न सक्ने चिन्ता स्थानीय बासिन्दाले गरेका छन् ।
 बिहीबार स्थानीय बासिन्दाले कन्याममा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिका कार्यालयले ब्यवस्थापन गर्न नसकेको र कन्याम चियाबगान भाडामा लिएर सञ्चालन गरिरहेको त्रिवेणी ग्रुप (संघाइ)ले ब्यवस्थापनमा वाधा गरेको कारण कन्यामको पर्यटकीय भविष्य नै ओझेलमा परेको बताइयो ।
स्थानीय कन्याम पर्यटन विकास समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष काजीमान कागतेले विगत २५÷३० वर्षअघिदेखि पर्यटकीय दृष्टिकोणले अगाडि बढ्दै गएको कन्याम अहिले खच्किन थालेको बताए । 
उनले पूर्वाधार विकास नहुनुका साथै त्यहाँ आइपुगेका पर्यटकबाट उत्पादित फोहोर ब्यवस्थापनमा समेत बिगतमा साविकको कन्याम गाविस कार्यालयमार्पmत गरिँदै आएको ठेक्का प्रक्रियामार्पmतको काममा पनि त्रिवेणी ग्रुपले अवरोध पु¥याएकाले समस्या उत्पन्न भएको बताए । कागतेले विभिन्न स्थानबाट वनभोज आएका टोलीले ल्याउने सवारी साधन पार्किङ गर्न यसअघि कृष्णाश्रम उमाविको प्राङ्गण प्रयोग गरिएपनि अहिले पाइन छाडेको, सार्वजनिक शौचालय नहुँदा बाटबाटै र चियाबारीमा दिशापिसावको थुप्रो लाग्न थालेको, ब्यवस्थापनका लागि नगरपालिकाले ठेक्का लगाउन नसक्दा वनभोज टोलीसहितका पर्यटकीय समूहलाई खानेपानीको अभावले वनभोज कार्यक्रम नै अवरुद्ध हुन थालेको पनि बताए ।
पत्रकार सम्मेलनमा उपस्थित भएका चियाबगानका मजदुर नेताहरुले चियाबारीमा बढ्दै गएको फोहोरको कारण मजदुरले काम गर्न नसक्ने अवस्था रहेको, बगानभित्र फुटेका शिशाका बोतलजस्ता फोहोर बढेपछि मजदुर काम गर्नेक्रममा घाइते हुने गरेको, वनभोज टोली र पर्यटकले चियाका बुट्टा माड्नेजस्ता कार्यले चिया उत्पादनमै ह«ास आइरहेको कारण ब्यवस्थापन जरुरी भएको बताए । चियाबगान श्रमिक संघकी अध्यक्ष नर्वदा निरौलाले तत्काल ब्यवस्थापन नभए बगानभित्र भएको फोहोर मजदुरले बाटोमा थुपारेर बिरोधको कार्यक्रम थाल्नुपर्ने अवस्था आएको बताइन् । मजदुर नेता विष्णु भट्टराईले चियाको संरक्षण गर्दै पर्यटन विकासमा जोड दिन मजदुरको पनि सहभागितामा काम गर्नुपर्ने बताएभने अर्का मजदुर नेता रमेश खड्काले सरकारले बगान निजीकरण गर्दा ठगिन पुगेका मजदुर बगानमा काम गर्दा पनि समस्यामा परिरहनुपरेकाले त्यसको ब्यवस्थापनको जिम्मेवारी मजदुरलाई नै दिए हुने बताए । कृष्णाश्रम उमाविका प्रचार्य डम्बरकुमार कटुवालले विद्यालय शान्तिक्षेत्र हुनुपर्ने भन्दै हाल पर्यटकका सवारीसाधन, वनभोज टोलीले बजाउने बाजा, होहल्ला, उनीहरुले गर्ने फोहोर लगायतका कारण विद्यालयले पीडा खप्नु परेको बताए । 
उनले विद्यालयमा घेराबारा नभएकाले कक्षाकोठासम्म वनभोजमा प्रयोग गरिएका खानपिनसहितका फोहोर यत्रतत्र छरिने भएकाले विद्यार्थी ध्वनी प्रदुषणसहित फोहोरबाट पीडित भएको चर्चा गर्दै यसअघि शनिबार मैदानमा पार्किङ गर्न दिनेगरेपनि अहिले विद्यालय ब्यवस्थापन समितिको निर्णयबमोजिम पार्किङ दिन छाडिएको बताए । विद्यालय हातामा घेराबारा लगाउन सके घेराबाराबाहिर खेलमैदानमा पार्किङ गर्न दिन समस्या नहुने प्राचार्य कटुवालले बताए ।
कन्याममा एउटा मात्र सार्वजनिक शौचालय सञ्चालनमा छ । मेची राजमार्गको दुई किलोमिटर भागमा पैmलिएको कन्याममा वरदेखि परसम्म वनभोज टोलीले वनभोज खान प्रयोग गर्छन् । विद्यालयको खेलमैदानबाहेक राजमार्गबाहेक गाडि राख्ने स्थान पनि कतै छैन । वनभोजका लागि समेत चियाबारी भित्रै ससाना खालीठाउँमा बाहेक अन्यत्र ठाउँ छैन । चियाबारीको तल्लो भागमा केही मुहानबाहेक कन्याम क्षेत्रमा एउटा पनि खानेपानीको धारा छैन । यसअघिका वर्षहरुमा साविकको गाविसले ठेक्का दिएर खानेपानी उपलब्ध गराउने, फोहोर ब्यवस्थापन गर्ने, गाडि पार्किङ शुल्क लिएर गर्ने, वनभोज स्थल पनि शुल्क लिएर गराउने गरेको भएपनि यसवर्ष नगरपालिकाले त्यस्तो ठेक्का लगाउन सकेको छैन । ठेक्का लगाउन सूचना निकालेपछि त्रिवेणी ग्रुपले मन्त्रालयसम्म उजुरी गरेर अर्थ मन्त्रालयले भाडामा दिइएको चियाबारीमा जग्गा भाडामा नलगाउने आशयको पत्र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्पmत पठाएपछि ठेक्का लगाउन नसकिएको कार्यकारी अधिकृत गोपाल लिम्बूले बताए । 
हाल राजनीतिक दल, स्थानीय बासिन्दा, त्रिवेणी ग्रुप, मन्त्रालय लगायतका सरोकारवालासँग समन्वय गरेर कन्यामको ब्यवस्थापन गर्न प्रयास भइरहेको बताउँदै लिम्बूले भने, ‘त्रिवेणीले उसले लिएको जग्गामा केही गर्न दिँदैन । केही ऐलानी जग्गा भएपनि नापेर हेर्न सम्म पाइएको छैन । फोहोर ब्यवस्थापनको ठेक्कासम्म लगाउन पाइएन । यसपटक जे भएपनि आगामी वर्षसम्ममा केही गर्न सकिएला ।’
 

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...