समाचार

इलाममा करदाता सेवा कार्यालय स्थापना

गते ००:०० मा प्रकाशित

इलाम, १५ बैशाख ः इलाममा करदाताहरुको सङ्ख्या दिन प्रतिदिन बढदै गएको र इलामका करदाताहरुलाई सहज रुपमा सेवा सुविधा पु¥याउने उद्देश्यले इलामका करदातालाई लक्षित गरी इलाममा बिहीबारदेखि करदाता सेवा कार्यालयको स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय झापाअन्तर्गत इलाममा यसको शाखा कार्यालय खोलिएको हो । एक सय रुपैया कर तिर्नपनि ४÷५ सय रुपैया खर्च गरेर झापाको चन्द«गढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा गएर तिर्नुपर्ने बाध्यताबाट अब इलाममा रहेका करदताहरु मुक्त भएका छन् । इलाम जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर स्थापना गरिएको करदाता कार्यालयले पाँचथर र ताप्लेजुङ जिल्लालाई भने तत्कालका लागि सेवा दिन नसक्ने कार्यालयका नायब सुव्वा प्रभुनारायण मेहेताले बताए । उनका अनुसार ती जिल्लाका करदाताहरु अझैपनि झापा नै जानुपर्ने हुन्छ । इलाममा मात्र करदताको सङख्या २७ सय देखि २९ सय सम्म रहेका छन् । करदताता स्थापनापछि यहाँबाट कर परिक्षण र सम्पत्ति रोक्काका कामबाहेक राजस्व सङ्कलन, प्यान नम्बर बितरण, धरौटी फुकुवा, स्वास्थ्य, शिक्षा, अन्तशुल्क कर लगायतका कर असुल र अन्य कामहरु हुने नायव सुब्बा मेहेताको भनाइ छ । बिहीबारबाट स्थापना भएको उक्त कार्यालयको उदघाटन अर्थराज्यमन्त्री हरिराज खेवा (लिम्बू) र आन्तरिक राजस्व बिभागका उपमहानिर्देशक बिष्णुप्रसाद नेपालले गरेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...