space for add
space for add

समाचार

हरितनगरी कृषि सहकारीको साधारण सभा सम्पन्न

गते ००:०० मा प्रकाशित

हरितनगरी कृषि सहकारीको साधारण सभा सम्पन्न

सन्दकपुर संवाददाता
इलाम, २९ कात्तिक
– उन्चालीस लाख ११ हजार बरावरको आर्थिक आयव्याय सार्वजनिक गर्दै हरित नगरी कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा शुक्रबार इलाम सदरमुकाम स्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको छ । पाँचसय ५२ जना शेयर सदस्य रहेको संस्थाको आर्थिक बर्ष ०७०÷७१ मा दैनिक बचत ३० लाख ५२ हजार २ सय ३७ रुपैयाँ निक्षेप रहेको छ । संस्थाको मासिक बचत ५ लाख २३ हजार ७ सय ९१ रुपैया रहेको छ । शेयर पुँर्जी तर्फ ३ लाख ३५ हजार रहेको संस्थाले प्रस्तुत गरेको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।  
    संस्थाको चालु आर्थिक बर्षमा कुल नाफा २९ हजार ९ सय ४० रुपँैया ३ पैसा रहेको छ भने जम्मा आम्दानी रकम ४ लाख ४५ हजार १ सय ६० रुयैयाँ ३३ पैसा रहेको छ । गत आर्थिक बर्ष २०६९÷७० को कुल कारोवार २७ लाख २१ हजार, ६ सय ३७ रुपैयाँ बरावरको रहेको समेत सभामा प्रस्तुत गरिएको थियो ।
    उक्त संस्थाको उद्घाटन प्रमुख अतिथि रहेकी सुकिलुम्बा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष विष्णुकुमारी दहाल र हरितनगरी कृषि सहकारी संस्थाकी अध्यक्ष पुष्पा खाकीले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । संस्थाका व्यावस्थापक अर्जुन पोखरेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाले हाल सम्म गर्दै आएको प्रगती विवरण, आयव्याय, दैनिक बचत, कुल नाफा, संस्थाको भावी निति, सहरकरी सम्वन्धी निति लगायतका विषयमा प्रस्तुत गरेका थिए । यस्तै संस्थाले छोटो समयमै राम्रो नाफा कमाउन सफल भएकोले आगामी बर्ष सम्ममा एक करोड सम्मको कारोवार गर्ने लेखा समितिकी संयोजक ज्योतिमाला प्रधानले बताइन् । सभामा ३ सय बढी शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...