समाचार

भिडियोमा जस्तो सेक्सी छैन ः सङ्गम

गते ००:०० मा प्रकाशित

भीमकुमार बाँस्कोटा
पाँचथर, १५ बैशाख ः पाँचथरको लुङ्रूप्पा गाविसमा जन्मेर म्यूजिक साधनका लागि काठमाण्डौलाई कार्यथलो बनाएका संगम लिम्बुले नयाँवर्षको आगमनसँगै बजारमा आएको सेरोफेरो नामक म्युजिक भिडियो एल्वमका ‘मरिन्छ कि बाँचिन्छ’ ‘आपाङ्ग’ ‘राष्ट्रपति’ ‘पोखरा पनि’ र ‘जाँउ साँईली’ लगायतका पाँच म्युजिक भिडियोहरु पत्रकारलाई शुक्रबार दृष्याभोजन गराएका हुन् ।
उनको म्युजिक भिडियोका दृष्यहरू देखेर नेपाली समाजमा हुर्केको जो कसैले पनि सेक्सीको उपमा दिन नहिच्किचाउने पक्का थियो । यतिकैमा निकै सेक्सी भिडियो देखेर एक पत्रकारको “तपाइँ कतिको सेक्सी हुनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तर दिँदै लिम्बुले भने, “म्यूजिक भिडियोमा जस्तो म सेक्सी छैन ।” लिम्बुले पत्रकारहरूसँग कुरा गर्दै आफूले भिडियोमा अभिनय गरेजस्तो नभई नेपाली समाजको वास्तविकतालाई भिडियोले चित्रण गरेको दाबी गरे । ‘मेरो म्यूजिक भिडियोमा नेपाली समाजको वास्तविकता पाइन्छ ।’
आफ्नो साङ्गीतिक यात्रामा कसैलाई पनि गुरू नथापेको बताउने लिम्बुले भिडियोमा आवश्यक पर्ने सम्पूर्ण काम आफैँ गर्ने जानकारी दिए । “म भिडियोमा आवश्यक पर्ने शब्द खोज्ने, सङ्गीत भर्ने, रेकर्ड गर्ने, सुटिङ्ग गर्ने र मोडेल खोज्ने सबै काम आफैँ गर्छु’, उनले भने, “मेरो भिडियो सुटिङ्गमा कसैले निर्देशन गरेको छैन ।”
२०५३ सालदेखि साङ्गीतिक यात्रा प्रारम्भ गरेका लिम्बुले हालसम्ममा ‘एकै नजरमा’, ‘मेन्दी कपालमा’ र ‘मोहनी तिम्रै हो’ लगायतका शब्द सङ्गीत बजारमा आईसकेको जानकारी दिए । एक अर्को प्रसङ्गमा लिम्बुले बिगतका कुराहरू स्मरण गर्दै आफूलाई विवाह भोजमा आयोजना गर्ने साङ्गीतिक कार्यक्रमले यतिको उचाईमा पु¥याएको उल्लेख गरे । “गाँउमा कसैको विवाह हुँदा घरमा बुबा आमाको आँखा छल्दै साङ्गीतिक कार्यक्रममा भाग लिल्थेँ र सधँै प्रथम हुन्थँे’, लिम्बुले भने, “यसले गर्दा मलाई साङ्गीतिक क्षेत्रमा लाग्न थप पे्ररणा मिल्यो ।”


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...