समाचार

आज हरिबोधिनी एकादशी, माइपोखरीमा भव्य मेला

गते ००:०० मा प्रकाशित

आज हरिबोधिनी  एकादशी, माइपोखरीमा भव्य मेला

सन्दकपुर सम्बादाता
माइपोखरी १७ कात्तिक .-इलाम)–

इलाम । हरिबोधिनी एकादशी, वर्षा पर्न चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्न पर्वको रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरुमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विस्वास गरिन्छ ।
यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने विश्वास गरिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिमा सम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्म पञ्चकभरि भगवान विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विस्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । आजकै दिन देशका विभिन्न जलाशय र नदिमा समेत भक्तजनहरुको नुहाउन भिड लाग्ने गरेको छ । इलामको माइपोखरीमा परापुर्वकालदेखि नै मेला समेत लाग्ने गरेको छ । द्धन्दकालमा हराउन लागेको एकादशी मेला पुन व्यतिन थालेको स्थानीयले बताएका छन् । यस्तै बराहक्षेत्र अर्जुनधारा समेतका तीर्थस्थलमा भक्तजनको घुइचो लाग्ने गरेको छ ।
चार महिनाअघि अर्थात  आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । भोलिपल्ट र्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णु  प्रियाको रुपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...