समाचार

कागजको ब्रिकेट इलाममा पनि

गते ००:०० मा प्रकाशित

गणेश घिमिरे

इलाम, २३ जेठ : पछिल्लो समयमा इन्धनको अभाव भोगिरहेको समयमा इलामबासीका लागि कागज नै इन्धनको रूपमा आएको छ । दाउरा, ग्याँस मट्टितेलजस्ता इन्धनको सट्टा अब कागजबाट सहज रूपमा इन्धनको प्रयोग गर्न पाइने भएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी)ले इलाममा कागजको ब्रिकेट कोइला पहिलो पटक भित्र्याएको हो ।

पाल्पा र काठमाडौमा पनि भित्रिसकेको यो प्रविधि अन्तर्गत काम नलागेका कागजसहित काठको धूलो, भूस लगायतबाट ब्रिकेट तयार हुने एनसीडीसीका स्वास्थ्य संयोजक भूपाल खतिवडाले बताए । एउटा ब्रिकेट कोइला ३० मिनेट बल्ने र दाउरा बाल्दा निस्कने धुँवाभन्दा ७० प्रतिशत कम हानिकारक हुने जनाइएको छ । स्वास्थ्यमा यसले प्रत्यक्ष असर नगर्ने खतिवडाको दाबी छ । खतिवडाका अनुसार यो प्रविधि पछ्याए अशक्तले प्रत्यक्ष रोजगारसमेत पाउने बताए ।

यसैगरी ठूलाठूला होटल तथा विभिन्न भट्टीहरूमा यसको प्रयोग गर्न सकिनेछ । यसरी बनाइएका ब्रिकेटबाट सानो परिवारको लागि खाना सजिलै तयार पार्न सकिनेछ । यसका लागि नयाँ कुराहरूको प्रयोग गर्नु नपर्ने कागजको आवश्यकता धेरै पर्नेछ । ब्रिकेट तयार पार्न तीनहजार दुईसय रुपैयाँको प्रेसर मेसिन, एकहजार दुईसय रुपैयाँको फलामको पल्पिङ टुल्स चाहिछ । एनसीडीसीले पहिलो पटक भित्र्याएको उक्त प्रविधिलाई पहिलो चरणमा विद्यार्थीमाझ लाने भएको छ । बिद्यार्थीहरूलाई तालिम दिएर उनीहरूलाई रोजगारीको अवसर दिलाउनु प्रमुख उद्धेश्य राखिएको छ । वातावरण स्वच्छ राख्न केन्द्रले अब इलाम नगरपालिकाको समन्वयमा नगरभित्रका सबै टोल विकास संस्थाका प्रतिनिधिसहित सेना प्रहरीका प्रतिनिधिलाई पनि तालिम दिइ बजार प्रबर्धन गरिने छ  ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...