space for add
space for add

समाचार

मेची पहाडमा पहिलो पटक ५ सहकारीबीच एकिकरण

गते ००:०० मा प्रकाशित

मेची पहाडमा पहिलो पटक ५ सहकारीबीच एकिकरण इलाम, ११ असोज सन्दकपुर संवाददाता डिभिजन सहकारी कार्यालय इलामले पहिलो पटक इलाममा रहेका ५ वटा सहकारीको विधिवत रुपमा एकिकरण गरेको छ । इलामकै उत्तरी पुवामझुवा गाविसमा रहेर विभिन्न उद्देश्य लिई संचालनमा रहेका सहकारीहरुबीच एकिकरण गरिएको हो । एकिकरणको लागि संयुक्त रुपमा डिभिजन सहकारी कार्यालय इलाममा सहकारीहरुले आवेदन गरेपछि सहकारी एकिकरण सम्बन्धि कार्यविधि २०७० अनुरुप डिभिजन सहकारी कार्यालय इलामका सहकारी अधिकृत माधवप्रसाद पोखरेलले शुक्रबार एकिकरण दर्ताको प्रमाणपत्र प्रदान गरे । सफल बहुउद्देश्यीय सहकारी संस्थाको नाममा दर्ता भएको सो सहकारी इलाम पाँचथर र ताप्लेजुङकै पहिलो एकिकरण भएको सहकारी भएको छ । पुवामझुवा गाविसमा रहेका पुवामाई बहुउद्देश्यीय सहकारी संस्था, जनहित दुग्ध उत्पादक सहकारी संस्था, सदावहार कृषि सहकारी संस्था, पुवामाई महिला कृषि सहकारी संस्था र सुनुवार गाउँ कृषि सहकारी संस्थाबीच एकिकरण गरिएको हो । एकिकरणपछि नवगठिन सहकारीको चुक्ता पुँजी ४३ लाख ६८ हजार नौ सय रुपैयाँ पुगेको छ । सहकारीको कुल बचत रकम १ करोड ३४ लाख १७ हजार ९ सय ६८ पुगेको छ भने शेयर सदस्यहरुको संख्या नौसय त्रिसठठी पुगेको छ । सहकारी एकिकरण दर्तापछि सहकारी अधिकृत पोखरेलले खुसी व्यक्त गर्दै रामो कामको थालनी भएको प्रतिक्रिया दिए । उनले ‘सहकारी मापदण्ड पुरा गरि उत्कृष्ट सहकारी बन्नको लागि यस्तो प्रकारको एकिकरणले सहयोग गर्ने’ बताए । ठुलाठुला बैंक तथा वित्तीय संस्थाहरुबीच पनि एकिकरण भइरहेको समयमा ग्रामिण क्षेत्रमा रहेका सहकारीहरु एकिकरण भई आफुलाई सक्षम वित्तीय संस्थाको रुपमा चिनाउन एकिकरणले मद्दत हुने पोखरेलले बताए । सहकारी क्षेत्रमा मौलाउदै गएको विकृति यस्तो एकिकरणवाट नियन्त्रण हुने उनको बुझाई रहेकोछ । पुर्वी पहाडी क्षेत्रमा गरिएको पहिलो सहकारी एकिकरणको अन्य ससाना सहकारीहरुले पनि अनुकरण गर्नुपर्नेमा उनले जोड दिए । एकिकरणले सदस्यताको दोहोरोपन, ऋण लगानीमा हुने दोहोरोपन जस्ता समस्या समाधान भएको सफल बहुउद्देश्यीय सहकारी संस्थाका तदर्थ समितिका अध्यक्ष पृथसिह सुनुवारले बताए । सहकारीले दुध संकलन तथा बिक्री गर्ने, लघुवित्तको क्षेत्रमा काम गर्ने तथा सहकारीको आकारलाई विस्तार गर्दै लैजाने तत्कालिन रणनीति रहेको सहकारीका व्यवस्थापक भिम राईले बताए । एकिकरणका लागि सहयोग गर्ने महिला जागरण संघ लगायतका विभिन्न सरोकारवाला संस्थाहरुका कारण पनि एकिकरण सम्भव भएको राईले प्रतिक्रिया दिए । सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ को अधिनमा रहि सहकारी विभागले २०७० सालमा एकिकरण सम्वन्धी कार्यविधि ल्याएपछि सहकारी संस्थाहरुबीच यसरी एकिकरण गर्न संभव भएको हो ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...