space for add
space for add

समाचार

अर्को सहकारी चिया कारखाना खुल्दै

गते ००:०० मा प्रकाशित

राजकुमार दहाल
फिक्कल, १० असोज : सूर्योदय नगरपालिकाको फिक्कल सुदुङस्थित इलामेली चिया उत्पादक सहकारी संस्थाले चिया कारखाना निर्माण थालेको छ । सहकारीले आप्mनै लगानीमा कारखाना निर्माण थालेको हो । करिब ८५ लाखको लगानीमा निमार्ण हुने कारखानाको भवन निर्माण कार्य २० प््रातिशत काम सम्पन्न भएको सहकारीले जनाएको छ ।
चिया किसानहरुले चियापत्तिको उचित मूल्य नपाएको अवस्थामा अग्र्यानिक चिया उत्पादन गर्ने र कृषकको पत्तिको उचित मूल्य उपलब्ध गराउने उद्धेश्यले सहकारी साझेदारी अवधारणा अनुसार कारखाना निर्माण गर्न थालिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुबेदीले जानकारी दिए । कारखाना भवन निमार्णको लागि मात्रै ३५ लाख र मेशीन औजारका लागि ३५ देखि ५० लाख खर्च गरिने तथा आगामी ६ महिनाभित्र निर्माण कार्य र मेशिन औजार खरिद गरि चैतदेखि चिया प्रशोधन थाल्ने लक्ष्य रहेको अध्यक्ष सुबेदीले बताए । 
गत साउन २१ गते स्थानीय बयोबृद्ध समाजसेवीद्वय राधाकृष्ण सुबेदी र शिवकुमार पौडेलले शिलान्यास गरी निर्माण थालिएको भवन सहकारीको नाममा रहेको १० रोपनी जग्गामा निर्माणाधीन छ । अब दुई महिनाभित्र भवन निर्माण सम्पन्न हुने संस्थाका सचिव तोयानाथ सापकोटाले बताए । भवन निमार्णका लागि सहकारी बिभागबाट ६ लाख रुपैयाँ अनुदान सहयोग भएको भने बाँकी रकम संस्थाले लगानी गरेको छ ।
चियामार्फत किसानलाई आत्मनिर्भर बनाउन र निजी कारखानाबाट हुनसक्ने ठगाीबाट जोगाउन सहकारी मार्फत आफुहरु काम गर्न अग्रसर भएको सहकारीका सदस्यहरुको भनाई छ । ४५ जना सेयर सदस्य रहेको सो सहकारीका सदस्यहरु सबै मिलेर कारखाना निर्माणका लागि काम गरिरहेका छन् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...