space for add
space for add

समाचार

शैक्षिक गन्तब्य बन्दै पाइथागोरस

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम ९ असोज : फलामे ढोकाको नामले उल्लेख गरिने एसएलसी अर्थात प्रवेशिका परीक्षा दिने विद्यार्थीहरुका लागि उचित गन्तब्य बन्दै गइरहेको छ इलाममा स्थापित पाइथागोरस एजुकेशन फाउण्डेसन । यसै वर्ष अर्थात (२०७०) सालमा नै इलाममा स्थापना भएको यस फाउण्डेसनले स्थापना भएकै वर्ष एसएलसीको पुरक परीक्षाका परीक्षार्थी विद्यार्थीहरुलाई पढाएर सत्प्रतिशत नतिजा हात पार्न सफल भएपछि बिद्यार्थीको राम्रो गन्तब्य बन्दै गएको हो ।
तीन वर्षसम्म परीक्षा दिँदा पनि एसएलसी अनुतीर्ण भएपनि पाइथागोरसमा डेढ महिनाको पढाइ पछि यस वर्ष दिएको परीक्षामा ८० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्न सफल भएकी छिन् इलाम बरबोटे ५ की भुएन बराल । उनी यसपालीको उपलब्धीको श्रेय पाइथागोरसलाई नै दिन्छिन् । भुएनजस्तै लामो समयसम्म पनि परीक्षा दिँदा उतीर्ण हुन नसकेका बिद्यर्थीहरुमाझ पाइथागोरसको अध्ययनले नयाँ जिवनको सुरुवात गराई दिएको बुझाई छ विद्यार्थीहरुको ।
यस वर्षको पुरक परीक्षामा पाइथागोरस इलाममा अध्ययन गरेका ५२ जना विद्यार्थीहरु सामेल भएका थिए । ती सबैजना उत्तीर्ण भएका हुन् । सत् प्रतिशत प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले त्यहाँ पढाउने शिक्षकहरुको समेत जोस र जाँगर बृद्धि गराएको इलाम शाखाका निर्देशक लिला ढकालको भनाइ छ । उनको बुझाइमा कुनै पनि परीक्षामा बिद्यार्थी उत्तिर्ण हुनु विद्यार्थीको मेहनतले मात्र नहुने र शिक्षक समेत लागि पर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘विद्यार्थी पास हुनुमा शिक्षक, विद्यार्थी र अभिभावकको एक साथ सहयोग र मेहनत आवश्यक छ ।’ 
उतीर्णपश्चात विद्यार्थीहरु त खुसी भए नै, उनीहरुका अभिभावक समेत खुसी भएर फोन गर्दा आफुले गरेको मेहनत खेर नगएकै जस्तो अनुभव भएको निर्देशक ढकालको भनाई छ । २०६४ सालमा झापाको विर्तामोडमा स्थापना भएको यो फाउन्डेशन बिद्यार्थीहरुको माग बढेपछि ०६९ सालमा झापाकै दमक हुँदै यसवर्ष इलाममा स्थापना भएको हो ।
झापामा यसवर्ष ८ वटै विषयको तयारी कक्षा लिइरहेका तीनसय बढि बिद्यार्थीहरु सरकारी विद्यालयमा भर्ना हुने र पाइथागोरसमा पढ्ने गरेका छन् । दमकमा पाँचसय वढि र इलाममा एससय पचास विद्यार्थी अध्ययनरत रहेको निर्देशक ढकालले जानकारी दिए । उनीहरु पनि कति त सरकारी विद्यालयमा भर्ना भएर पाइथागोरसमा नै अध्ययन गरिरहेका छन् ।
पाइथागोरसमा दैनिक एक विषयको परीक्षा सञ्चालन हुने गरेको निदेशक ढकालले जनाए । विद्यार्थीलाई सकेसम्म पढाइमा नै ध्यान केन्द्रित गराउने गरेको उनको भनाई छ । हाल इलाम शाखामा ८ जना शिक्षक÷शिक्षिकाले अध्यापन गराइरहेका छन् । उनीहरुलाई पहिलो वर्षकै नतिजाले हौसला वढाएको बताएका छन् । परीक्षा पास गराइयो वा विद्यार्थीले आपैmँ गरे, जे भए पनि पास गराउने कार्यलाई निरन्तरता दिनसके अझ इलामे जनताको माया बटुल्न पाइथागोरसलाई समस्या हुँदैन ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...