समाचार

कर छल्नेलाई कार्वाही गर्न अर्थ राज्यमन्त्रीको निर्देशन

गते ००:०० मा प्रकाशित

 गणेश घिमिरे
इलाम, १५ बैशाख
ः अर्थ राज्यमन्त्री हरिराज खेवा (लिम्बू) ले जेठ १४ भित्रै नयाँ संविधान जारी हुने बताएका छन् । बिहीबार इलाम सदरमुकामस्थित धोविधारामा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै राज्यमन्त्री खेवाले संविधान बन्दैन भन्ने विषयमा दिग्भ्रमित नहुन आग्रह पनि गरे । ‘समयमै संविधान जारी हुने कुरामा ढुक्क हुनुहोस्’, राज्यमन्त्री खेवाले भने, ‘शान्ति प्रकृया टुङ्गिसकेकोले अब समयमै संविधान जारी हुन्छ ।’ उनले प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा नयाँ संविधान जारी हुने पनि दाबी गरे । नयाँ संविधान जारी भएपछि आर्थिक क्रान्ति हुने स्पष्ट पार्दै उनले भने, ‘दश बर्षसम्म राजनीतिक क्रान्ति भयो, अब आर्थिक क्रान्तिको आवश्यकता छ ।’ आर्थिक केन्द्र मानिएको इलामलाई औद्योगिक कृषिको जिल्ला बनाउनुपर्नेमा उनले जोड दिए । राज्यले दशबर्षे बृहतर योजना बनाइरहेको भन्दै खेवाले विदेशी लगानी भित्र्याउन लगानी बोर्ड गठन भईसकेको बताए । त्यसैको एउटा कार्यक्रम लगानी बर्ष २०१२ पनि एक हो । यूवा स्वरोजगारअन्तर्गत यस बर्ष दश हजार युवालाई बिना धितो ऋण प्रवाह गरिएको उनले जानकारी गराए । कृषि विकास बैङ्क, राष्ट्रिय बाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडबाट एक÷एक अर्ब रूपैयाँ लगानी गरिएको खेवाले बताए । त्यस्तै विभिन्न सहकारीमार्फत तीन अर्ब रूपैयाँ रकम यूवाहरूका लागि प्रवाह गरिएको जानकारी दिए । उद्घाटनमा बोल्दै खेवाले राज्यलाई कर तिर्नुपर्छ भन्ने चेतना सबैलाई हुनुपर्ने बताए । कुनैपनि व्यवसायीले कर छल्न खोजे कडा करवाही गर्न अन्तरिक राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन समेत दिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...